कोरोना भाइरसको महामारीबाट अहिले विश्व आक्रान्त बनेको छ । विश्वका शक्तिशाली मुलुकले पनि कोरोना भाइरस नियन्त्रण गर्न सकेका छैन । दिन दिनै मृत्युदरले नयाँ नयाँ रेकर्ड बनाइरहेको छ ।
चीनको बुहान सहरबाट सुरु भएको कोरोना भाइरस मध्यपूर्वका देश हुँदै दक्षिण एसियाली मुलुक, युरोप र अमेरिकासम्म तीब्र गतिमा फैलिएको छ । कोरोना भाइरसलाई रोक्न वा नियन्त्रण गर्न विश्वका विभिन्न देशहरुमा ‘लकडाउन’ गरिएको छ ।
त्यसैगरी नेपालले पनि कोरोना भाइरसलाई नियन्त्रण गर्न वा रोक्न आफ्नो मुलुकलाई विगत १२ दिनदेखि लकडाउन गरेको छ । दैनिक उपोभोग्य वस्तु उत्पादन र खाद्य उद्योग तथा अत्यावश्यक सेवा सुचारु गर्न दिने निर्णय गर्दै लकडाउन गरिएको हो।
दैनिक उपभोग्य वस्तुअन्तर्गत विभिन्न १७ ओटा सामग्री छन् । त्यसैभित्र पर्छ दूध पनि । अत्यावश्यक भित्र परेको दूध पनि किसानले बजार नपाएपछि दुहुँदै गाईलाई नै खुवाउँदै आएका छन् । बजारमा दूधको माग ह्वातै घटेको बहाना देखाउँदै डेरी उद्योगहरुले दूध किन्न छाडेपछि किसानले दूध गाईलाई खुवाउनुको अर्को विकल्प भएन ।
अहिले देशभरका किसानले दैनिक ३ लाख लिटर दूध दोहोएर गाईलाई खुवाउने र छिमेकलाई बाँड्ने गरेका छन् । छिमेकी मुलुक भारतमा पनि २१ दिन लकडाउन गरिएको छ । तर, त्यहाँका किसानले दूध गाईलाई खुवाउनु परेको छैन । किनभने, त्यहाँका डेरी उद्योगले किसानबाट दूध किनेर पाउडर बनाइरहेका छन् । तर, नेपालका पाउडर प्लान्ट बन्द छन्, चलेका पनि पूर्ण क्षमतामा छैनन् ।
अत्यावश्यक भित्र परेको दूध पनि किसानले बजार नपाएपछि दुहुँदै गाईलाई नै खुवाउँदै आएका छन् । बजारमा दूधको माग ह्वातै घटेको बहाना देखाउँदै डेरी उद्योगहरुले दूध किन्न छाडेपछि किसानले दूध गाईलाई खुवाउनुको अर्को विकल्प भएन ।
दूध उत्पादन बढी भएका बेला पाउडर बनाएर राख्ने र दूध कम उत्पादन हुने सिजनमा सोही पाउडरलाई दूधमा मिसाएर गरेर बेच्ने विश्वव्यापी प्रचलन हो । अहिले दूध उत्पादन कम हुने सिजन हो । अन्य वर्षमा अहिले दूधको हाहाकार हुने समय हो । तर, अहिले कोरोनाको सन्त्रासपछि दूधको माग ह्वातै घटेको र डेरी उद्योगीले पनि दूध किन्न छाडेकाले जति उत्पादन भएको छ, त्यो पनि बढी देखिएको हो ।
सरकारी स्वामित्वमा दुग्ध विकास संस्थानले आफ्नो क्षमता अनुसार दूध पाश्चोराइजेसन गरिरहेको छ । तर, सुजल डेरीले पूर्ण क्षमतामा उद्योग चलाएको छैन भने चितवन मिल्क अहिले पूर्ण रुपमा बन्द छ ।
दुई ठूला पाउडर प्लान्ट पूर्ण नचल्ने बित्तिकै किसानले दूध सडकमा फ्याक्नु, गाईलाई खुवाउनु र छिमेकीलाई बाड्नुको विकल्प छैन । अहिले किसानले त्यही गरिरहेका छन् । यसले गर्दा किसानहरु मारमा परेका छन ।
एकातिर किसानको दूधको मूल्य छैन् भने अर्कोतिर गाईलाई खुवाउने दाना किन्न समेत पैसा अभाव भएको छ । अधिंकाश किसानले बैङ्क वा सहकारीबाट ऋण लिएर गाई पालन गरेका छन् । सहकारी वा बैङ्कको ब्याज तिर्न नसकेर किसानले आत्महत्या गर्नुपर्ने अवस्था आउँछ ।
कुनै समय भारतमा ठूलो संख्यामा किसानले आत्महत्या गरेका थिए । उनीहरुले पनि यस्तै समस्याबाट पार पाउन नसकेकाले यस्तो भएको थियो । अहिले नेपालका दुग्ध किसानको पनि हालत त्यस्तै छ ।
पाउडर प्लान्ट तत्काल चलाउनु पर्छ
मुलुकलाई कोरोना संक्रमणबाट जोगाउन सरकारले लकडाउन गरेको छ । त्यसलाई हामी दुग्ध किसानले पनि स्वागत गरेको छौं । त्यही भएर हामीले आफ्ना गाईलाई दाना वा चोकर खुवाएका छैनौ । अहिले परालको भरमा गाईलाई राखेको छौं । चोकर वा दाना खुवाउने बित्तिकै दूध धेर आउने र त्यो दूध व्यवस्थापन गर्न नसकिने निश्कर्ष निकालेका हौं ।
यदि चोकर वा दाना खुवाउने हो भने अहिले ५ देखि ६ लाख लिटर दूध उत्पादन हुन्छ । तर, हामीले त्यसो गरेका छैनौ । अहिले पराल खुवाएर आएको दूध मात्रै हो । त्यो दूध खपतका लागि सरकारले तत्काल पाउडर प्लान्टलाई पूर्ण क्षमतामा चलाउन निर्देशन दिनुपर्यो । यदि पाउडर प्लान्ट चलाउने हो भने अहिलको समस्या तत्काल हल हुन्छ ।
किसानको दूधको मूल्य छैन् भने अर्कोतिर गाईलाई खुवाउने दाना किन्न समेत पैसा अभाव भएको छ । अधिंकाश किसानले बैङ्क वा सहकारीबाट ऋण लिएर गाई पालन गरेका छन् । सहकारी वा बैङ्कको ब्याज तिर्न नसकेर किसानले आत्महत्या गर्नुपर्ने अवस्था आउँछ ।
मुलुकभित्र रहेको तीन ओटा पाउडर प्लान्टले दैनिक ३ लाख १० हजार लिटर दूध प्रशोधन गर्न सक्छन् । अहिले दैनिक दूधको उत्पादन ३ लाख लिटर मात्रै हो । यसको अर्थ पाउडर प्लान्ट सञ्चालकले पूर्ण क्षमता पाउडर प्लान्ट चलाउने बित्तिकै अहिलेको हाम्रो समस्या समाधान हुन्छ ।
किसानलाई प्रतिलिटर २८ रुपैयाँ दिनुपर्छ
अहिले किसान आफैले दूध उत्पादनमा आधा कटौती गरेका छन । यदि गर्दा पनि अहिले दैनिक रुपमा तीन लाख लिटर दूध उत्पादन भइरहेको छ । सरकारले पाउडर प्लान्ट चलाउनका लागि निर्देशन नदिने हो भने किसानको हातमै पर्ने गरि प्रतिलिटर२८ रुपैयाँका दरले सरकारले राहत दिनुपर्छ ।
(देवकोटा केन्द्रीय दुग्ध सहकारी संघका अध्यक्ष हुन)