काठमाडौं । कोरोना भाइरसका कारण रोजीरोटी गुमाएका मजदुरको लगत संकलन सुरु गरिएको छ । आइतबार बसेको मन्त्रीपरिषद् बैठकले स्थानीय तहले दैनिक ज्यालादारी, मजदुर तथा अपाङ्कलाई सरकारले राहत दिने निर्णय गरेपछि स्थानीय तहले त्यस्ता व्यक्तिको लगत संकलन थालिएको हो ।
कतिपय स्थानीय तहले राहत वितरण नै सुरु गरिसकेका छन्, भने कतिपय स्थानीय तहले त्यस्ता व्यक्तिको विवरण खोजिरहेका छन् । ललितपुर महानगरपालिका मेयर चिरीबाबु महर्जनले दुई तिन दिनमा सम्पूर्ण मजदुर, ज्यालादारी, अपाङ्ग भएका व्यक्तिको विवरण संकलन गरिसक्ने र त्यसपछि राहत वितरण सुरु गर्ने बताए । ‘अहिले नै के राहत दिने भन्ने टुङ्गो लागेको छैन्,’ उनले भने, ‘पहिला तथ्यांक संकलन गर्छौ, त्यसपछि राहत वितरण हुन्छ ।’
त्यसैगरी, पोखरा, वीरगन्जलगायतका क्षेत्रमा पनि राहत वितरणको काम पनि सुरु भएको छ । काठमाडौं महानगरपालिकाले पनि राहत वितरण सुरु गरेको छ ।
दैनिक ज्यालादारी र रोजगारी गुमाएकालाई १५ किलो राहत वितरण गरिँदै, राज्यमन्त्री दुगडको नेतृत्वमा खटियो टीम
मुलुक लकडाउन भए पछि दैनिक ज्यालादारी, मजदूरलगायतको रोजीरोटी गुमेको थियो । उनीहरु भोकभोकै हुन थाले पनि सरकारले निर्णय गरेर त्यस्ता व्यक्तिलाई राहत दिने बताएको थियो । अहिले स्थानीय तहले उनीहरुलाई राहत दिन पनि थालिसकेका छन् ।
मुलुक लकडाउनमा परे पछि दैनिक ज्यालादारी र रोजगारी गुमाएका श्रमिक सबै भन्दा बढी संकटमा परेका छन् । उनीहरु दिउसो कमाएर बेलुका खाने वर्ग हुन् । ती वर्ग अप्ठयारोमा परेका छन् ।