काठमाडौं । विश्वभर कोरोनाको कारण अन्तर्राष्ट्रिय स्तरमा व्यान्डवीथ खपत उच्च देखिएपछि नेपालमा पनि त्यसको प्रत्यक्ष रुपमा असर परेको छ । पछिल्लो एक हप्ता कोरनाको सन्त्रास तथा संक्रमणको जोखिमका कारण सबै घरमै बस्ने तथा अफिसको काम घरबाटै हुन थालेपछि इन्टरनेटको गुणस्तरमा गिरावटसँगै इन्टरनेट सेवा अवरुद्ध हुने संकेत देखिएको हो ।
सेवाप्रदायका अनुसार नेपालमा इन्टरनेटका खपत अवभाविक रुपमा वृद्धि भएको छ । यहि रेसियोमा इन्टरनेट खपत बढ्दै जाने हो भने इन्टरनेट सेवामा ट्राफिक बृद्धि भई सेवा अवरुद्ध हुन सक्ने सेवाप्रदायक कम्पनीहरुको भनाई छ । नेपाल सरकारले आज बिहानबाट एक साताका लागि लक डाउन गरेसँगै सेवाप्रदायकलाई इन्टरनेट सेवाको वितरणमा अझ समस्या पर्ने देखिएको आइस्पानको एक अधिकारीले बताए ।
उनका अनुसार नेपालीहरु सूचना मुलक कन्टेन्ट भन्दापनि मनोरञ्जनात्मक प्रयोजनाको लागी इन्टरनेट चलाइरहेकाले अब झन् समस्या निम्तिन सक्ने बताए । पछिल्लो एक हप्तामा मात्र इन्टरनेटको प्रयोग पहिलाको भन्दा चार गुणाले बढेको छ ।
प्राय मानिस यतिवेला घरमै हुने भएकारले अनलाइन गेम, ठूला ठूला अनलाइन एप खेल्ने प्रवृति चलिरहेको छ । जसको कारण अब एक हप्ता झन इन्टरनेटको स्पिडमा गिरावट आउँने ती अधिकारीको भनाई छ ।
पछिल्ला दिनहरुमा इन्टरनेटको गुणस्तर कम भएको भन्दै सेवाप्रदायकसँग ग्राहकको उजुरीको चाङ् लाग्ने गरेको इन्टरनेट सेवाप्रदायक संघ नेपालका ती अधिकारीले बताए ।
प्राधिकरणका निर्देशक आनन्दराज खनालले देश पुरै इन्टरनेट मा झुन्डिएकाले गति स्लो भएको बताउँछन । उनले सेवाप्रदायकहरुको क्षमता कम भएकाले समस्या बुझिदिन आग्रह समेत गरेका छन ।
नेपाल दूरसञ्चार प्राधिकरण र इन्टरनेट सेवाप्रदायक संघले ग्राहकले अहिलेको परिप्रेक्षमा इन्टरनेट सेवालाई सहिप्रयोजनको लागीमात्र चलाउने अनुरोध गरिसेका छन् । आवश्यक बाहेकका एप्लिकेसन सञ्चालनले नेटवर्क ट्राफिक कन्जेन्सन हुन गई सेवा नै अवरुद्ध हुनसक्ने भएको हुँदा प्राथमिकताका आवश्यक एप्लिकेसन मात्र प्रयोग गर्न ग्राहकलाई आग्रह गरेको नेपाल दूसञ्चार प्राधिकरणका प्रवक्त मिनप्रसाद अर्यालले बताए ।‘
एक हप्ता सबै ग्राहक घरघर मै हुन्छन, अनावश्यक कन्टेन्टमा बढी झुमिन्छन र बढी नेटवर्क ट्राफिक भएर सेवा अवरुद्ध हुने समस्या आउँछ’ अर्यालले भने ‘त्यसकारण समस्या आउँन नदिनलाई ग्राहकलाई यो सूचना पुग्न जरुरी छ’ ।
यसरी गर्नुस् इन्टरनेटको सहि प्रयोग
- ठूला ठूला बढी इन्टरनेट खपत हुने फाइल, एप्लिकेसन कन्टेन्ट सकेसम्म नखोल्ने, खोल्नुपनै परेमा आवश्यक परेको समयमा मात्र प्रयोग गर्ने,
- घरबाट बाहिर निस्कदा अर्थात विना काममा इन्टरनेट बन्द गरेर जाने तथा आफु बस्ने घरमा इन्टरनेट सियरिङ् छ भने इन्टरनेट नदिने ।
- सकेसम्म धेरै डिभाइसहरुमा इन्टरनेट वाइफाइ कनेक्ट नगर्ने ,
- अत्यधिक खपत हुने खालका एप, अनलाइन गेम, भिडियो सामाग्री तथा अनावश्यक वेबसाइटहरुको प्रयोग नगर्ने