यसै वर्षको सुरुदेखि हालसम्म कायम कोरोना भाइरसको संक्रमणले विश्व अर्थतन्त्रका साथै वित्त बजारमा सबैभन्दा ठूलो संकट पैदा गर्ने विश्लेषकहरुले प्रक्षेपण गरेका छन् ।
चीनको उहान प्रान्तमा सबभन्दा पहिला पत्ता लागेको यस प्रकोपबाट विश्वका १ सय १० राष्ट्रका १ लाख १० हजारभन्दा बढी मानिस संक्रमित हुँदा चार हजारभन्दा बढीले ज्यान गुमाइसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
सबैभन्दा बढी संक्रमित भएको चीनमा मात्रै यस रोगका कारण ८० हजारभन्दा बढी मानिस ग्रसित छन् भने अन्य दसौ“ लाखको जीवन प्रभावित बनेको छ । भाइरसको थप संक्रमणलाई रोक्न कैयाैँ सहरलाई पूर्णरुपमा बन्द गर्ने, मानिसको आवागमन रोक्ने र व्यापारका क्रियाकलाप स्थगित राख्ने चिनिया“ सरकारको घोषणाले विश्वको सबैभन्दा दोस्रो ठूलो अर्थतन्त्रको रुपमा स्थापित उसको अर्थतन्त्र ओरालो लाग्दा सोको प्रभावबाट समग्र संसारकै अर्थतन्त्र अछुतो नरहने विश्लेषकले प्रक्षेपण गरेका छन् ।
विश्व अर्थतन्त्रमा हाल देखा परेको अनिश्चिततालाई थप जटिल गराउने गरी कोरोना भाइरसको विश्वव्यापी संक्रमणको गति अझ तीव्र भइरहँदा इटाली, इरान र दक्षिण कोरियामा सात हजारभन्दा बढी बिरामीको पहिचान भइसकेको छ । अर्कातर्फ फ्रान्स, जर्मनी र स्पेनजस्ता यूरोपेली राष्ट्रमा पनि हालसम्म एक हजारभन्दा बढी कोरोना भाइरसका बिरामीको पहिचान भइसकेको छ ।
‘आर्थिक दृष्टिकोणबाट कुरा गर्दा कोरोना भाइरसका बिरामीको संख्याभन्दा पनि यस प्रकोपलाई नियन्त्रणमा राख्न चालिएका कदमबाट अर्थतन्त्रमा परेको अवरोध अझ बढी चिन्ताको विषय हो’, बेन मे, अक्सफोर्ड इकोनोमिक्सका ग्लोबल म्याक्रो रिसर्चका प्रमुखले यस साता गरेको टिप्पणी हो, यो ।
भाइरसको संक्रमण रोक्न असंगत ढंगबाट कदम चालिए अझै त्रास फैलने र विश्वव्यापी अर्थतन्त्र थप कमजोर हुने उनले जनाए । त्यसो त, विश्व अर्थतन्त्रमा कोरोना भाइरसले पार्ने प्रभावसम्बन्धी त्रासले स्टक बजारको भाउ र बन्डको प्रतिफलमा गिरावट आउँदा विश्वभरको वित्त बजारलाई थिलथिलो बनाएको छ ।
एजेन्सीका अनुसार कोरोना भाइरसले हालसम्म विश्व अर्थतन्त्रमा निम्त्याएको ६ वटा निराशाजनक परिसूचक निम्न छन्
आर्थिक वृद्धिको प्रक्षेपणमा नकारात्मक परिवर्तन
भाइरस प्रकोपले विश्वका प्रमुख बैंक तथा वित्तीय संस्थाहरुलाई यस वर्षको विश्वको अर्थतन्त्रको वृद्धिको प्रक्षेपणलाई न्यून गर्न बाध्य गराएको छ । यसै प्रवृत्तिलाई पछ्याउँदै पछिल्लो समय अर्गनाइजेसन फर इकोनोमिक को–अपरेसन एन्ड डेभलपमेन्ट (ओईसीडी) ले प्रकाशित गरेको मार्च महिनाको प्रतिवेदनमा लगभग हरेक राष्ट्रको आर्थिक वृद्धिको आकलनलाई न्यून देखाएको छ ।
उसले आफ्नो प्रतिवेदनमा अन्य राष्ट्रको भन्दा चीनको कुल गार्हस्थ उत्पादन सबभन्दा कम हुने पुनः आकलन गरेको छ । आफ्नो अघिल्लो ५.७ प्रतिशतको चीनको जीडीपी वृद्धिको प्रक्षेपणलाई ओईसीडीले जम्मा ४.९ प्रतिशतमा झारेको हो ।
यसैगरी २०२० मा विश्वको अर्थतन्त्र २.९ ले बढ्ने अपेक्षा राखेको ओईसीडीले हाल आएर सो वृद्धि २.४ प्रतिशतमा मात्रै सीमित रहने जनाएको छ ।
उत्पादनमूलक गतिविधिमा मन्दी
संसारभरि अझ विशेषगरी चीनको उत्पादनमूलक क्रियाकलापमा कोरोना भाइरसको प्रभाव र अवरोध अझ टड्कारो देखिएको छ ।
द केजिन मार्किट म्यानुफ्याक्चरिङ म्यानेजर्स् इन्डेक्स नामक निजी कम्पनीको सर्वेक्षणअनुसार चीनका कारखानाहरुको गतिविधि हालसम्मकै सबभन्दा कम अर्थात् ४०.३ बिन्दुमा संकुचित भएको हो । उत्पादनको गतिविधि ५० बिन्दुभन्दा तल झरेको अवस्थामा संकुचन भएको मानिन्छ ।
चीनको उत्पादन चक्रको प्रवाहमा आएको अवरोधले एसिया प्यासिफिक क्षेत्रका भियतनाम, सिंगापुर र दक्षिण कोरियालगायत ऊसँग घनिष्ठ आर्थिक सम्बन्धमा रहेका राष्ट्रहरुको अर्थतन्त्र पनि प्रभावित हुने जनाइएको छ ।
अर्कातर्फ चीनमा अवस्थित कारखाना कहिलेदेखि पुनः सञ्चालनमा आउ“छन् भन्ने विषयमा अनिश्चितता कायमै रह“दा यस राष्ट्रलाई उत्पादनको मुख्यालय बनाएका विश्वका प्रख्यात कम्पनी जस्तै, एप्पल तथा अन्य कम्पनीका उत्पादनको विश्वव्यापी आपूर्ति चक्र खलबलिनुका साथै उत्पादनमूलक गतिविधि नै प्रभावित हुने अर्थशास्त्रीहरुले दाबी गरेका छन् ।
सेवा क्षेत्रको संकुचन
असंख्य चिनिया“ घरभित्र बस्न बाध्य भई उनीहरुले गर्ने खर्चको अनुपातमा आएको कमीका कारण रिटेल स्टोर, रेस्टु“रा तथा हवाई सेवाको व्यापारमा कमी आउ“दा समग्र सेवा क्षेत्र संकुचित हुन पुगेको हो ।
करिब १५ वर्षअघि सर्वेक्षणको सुरुआत हुँदा ५० बिन्दुमा रहेको चीनका लागि द केजिन मार्किट सर्भिसेज पीएमआई गत फेब्रुअरीमा २६.५ मा झरेको हो । यस १५ वर्षमा सेवा क्षेत्र ५० बिन्दुबाट तल झरेको यो नै पहिलो पटक हो ।
कोरोना भाइरसका कारण सेवा क्षेत्रले शिथिलता झेलेको चीन नै एक मात्र राष्ट्र भने होइन । विश्वको सबैभन्दा ठूलो उपभोक्ता बजार मानिने अमेरिकाको सेवा क्षेत्रमा पनि फेबु्रअरी महिनामा मन्दी छाएको थियो ।
‘कोरोना भाइरसले विश्वको अर्थतन्त्रमा छाएको अनिश्चितताको कारण उपभोक्ताले विभिन्न सेवाको माग कम गरेकाले यस्तो अवस्थाको सिर्जना भएको हो,’ द केजिन मार्किट सर्भिसेजले आफ्नो मासिक प्रतिवेदनमा भनेको छ ।
कच्चा तेलको मूल्यमा गिरावट
संसारभरको व्यापारको गतिविधिमा कमी आएसँगै तेलको माग न्यून हुँदा कच्चा तेलको मूल्यमा कैयौ“ वर्षयताकै सबभन्दा बढी गिरावट आएको हो ।
कच्चा तेल उत्पादक राष्ट्रहरुको समूह ओपेक (ओपीईसी) र उसका अन्य मित्रराष्ट्रहरुबीच कच्चा तेलको उत्पादन कटौती गर्ने विषयमा सहमति हुन नसक्दा यो समस्या झनै चुलिएको छ । सिंगापुरको डीबीएस बैंकका विश्लेषकहरुले भाइरसका कारण घट्न गएको तेलको माग तर आपूर्तिमा अपेक्षित वृद्धि तेल बजारका लागि दोहोरो संकट हुन पुगेको जनाएका छन् ।
कोरोना भाइरसको उद्गम थलो मानिएको चीनलाई संसारको सबैभन्दा ठूलो कच्चा तेल आपूर्तिकर्ता मानिन्छ । ‘इटाली र युरोपको अन्य भागमा कोरोना भाइरसको फैलावट अझ चिन्ताजनक विषय हो भने यसले ओईसीडी राष्ट्रहरुमा कच्चा तेलको मागमा अझ कमी ल्याउन सक्नेछ’, डीबीएसका विश्लेषकहरुले आफ्नो प्रतिवेदनमा उल्लेख गरेका छन् ।
अस्तव्यस्त स्टक मार्केट
विश्व अर्थतन्त्रमा कोरोना भाइरस प्रभावको त्रासका कारण स्टक मार्केटका लगानीकर्ताको मनोबल गिर्दा विश्वका प्रमुख स्टक बजारमा स्टकको भाउ ओरालो लागिरहेको छ ।
फिच सोलुसन्स्का कन्ट्री रिस्क एन्ड ग्लोबल स्ट्राटेजी प्रमुख सेडरिक सिहाबले तीन कारणले विश्वका स्टक मार्केट लगानीकर्ताहरुको मनोबल गिराएको हुन सक्ने बताए ।
‘कोरोना भाइरसले तीनवटा चरणमार्फत लगानीकर्ताहरुको मनोबल गिराएको हुन सक्छ । पहिलो– चीनको बजारमा आएको सुस्तता, स्थानीय (विभिन्न राष्ट्रहरुको) बजारमा आएको सुस्तता र वित्तीय बजारमा पैदा भएको दबाब,’ सिहाबको भनाइलाई सीएनबीसीले उद्धृत गरेको छ ।
–यन नी लीकाे लेख सीएनबीसीबाट