काठमाडौं । कृषि तथा पशुपन्छि बिकास मन्त्री घनश्याम भुुसालले नेपालमा कृषि क्षेत्रको विकास र सुधारका लागी पाँच नीतिगत आधारहरु घोषणा गरेका छन् । बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री भुसालले कृषि उत्पादन सामाग्रीमा अनुदानदेखी न्युनतम बचतको ग्यारेन्टीसम्मका योजना अगाडी सारेका हुन् ।
उनले पहिलो आधार उत्पादन सामग्रीमा अनुदान दिइने बताए ‘हामीले दिँदै आएको व्यक्तिगत प्रतिस्पर्धात्मक अनुदानका सट्टामा सबैले पाउने गरी बीउ, नश्ल, मल, सिँचाई, बिजुलीजस्ता उत्पादनका मुख्य सामग्रीहरुमा अनुदान केन्द्रित र सुलभ बनाइने छ’ उनले भने ।
मन्त्री भुसालले सबै किसानको घर दैलोमा प्रविधि सेवा र टेवा पुर्याउने नीति लिएका छन् । स्थानीय तहमा करिब आठ हजार कृषि तथा पशु सेवा तर्फका प्रविधिक जनशक्तिको दरबन्दी रहेकोमा स्थानीय तहसँग समन्वय गरी रिक्त रहेका करिब ६ हजार दरबन्दी नियुक्त गर्ने मन्त्रालयको तयारी छ ।
त्यसैगरी किसानलाई सस्तो सुलभ ऋणको प्रत्याभुति दिने मन्त्री भुसालले बताएका छन् । सस्तो व्यादरको ऋणमा बास्तविक किसानको पहँुच ग्यारेन्टी नभएको अहिलेको अवस्थालाई अन्त्य गर्दै हरेक किसानलाई ५ प्रतिशत नबढ्ने गरी सस्तो व्याजमा कर्जा दिइने उनको भनाई छ ।
बाली तथा पशुपन्छी बीमा तर्फ मन्त्री भुसालले बिमा कार्यक्रमलाई सहज र सबै किसानको पहुँचमा पुर्याउने ग्यारेण्टी गरिने जानकारी दिए । प्राकृतिक प्रकोप र अन्य भवितव्यबाट कृषि बालीमा हुने नोक्सानीबाट किसानलाई सुरक्षित गर्ने योजन छ ।
त्यसैगरी न्युनतम बचतको ग्यारेण्टीमा किसानले उतपादन गर्ने मुख्य बालीको लागत मुल्याङ्कन बचतको ग्यारेण्टी हुने गरी न्यसनतम समर्थन मुल्य तोक्न योजना छ ।