मुम्बइ, एजेन्सी । भारत सरकारले समस्याग्रस्त यस बैंकको सुधार योजनालाई स्वीकृत गरेको छ । केन्द्रीय मन्त्रिपरिषद बैठकले रिजर्व बैंक अफ इन्डिया (आरबीआई) ले प्रस्ताव गरेको सुधारको योजनालाई स्वीकृत गरेको दी इकोनोमिक्स टाइम्सले जनाएको छ ।
केन्द्रीय बैंक आरबीआईले स्टेट बैंक अफ इन्डिया (एसीबआई) का अतिरित्त निजी बैंक र लगानीकर्ता सम्मिलित योजना ल्याएको छ ।
जसअनुसार एसबीआईको नेतृत्वमा एचडीएफसी लिमिटेड, आईसीआईआई बैंक, एक्सिस बैंक, कोटाक महेन्द्रा बैंकका साथै व्यक्तिगत लगानीकर्ता राधाकृष्ण दमानी, सेयर लगानीकर्ता राकेश झुनझुनवाला र अजिम प्रेमजी ट्रस्टले यस बैंकमा लगानी गर्ने भएका छन ।
समस्याग्रस्त यस बैंकको व्यवस्थापन एसबीआईले लियो, प्रतिसेयर १० भारुमा ४९ प्रतिशत स्वामित्व खरिद गर्ने
लगानीकर्ताले यस बैंकको सुधारका लागि थप १ खर्ब २० अर्ब भारु अर्थात १२ हजार करोड लगानी गर्ने भएका छन । यस भारतमा निजी क्षेत्रको चौथो वाणिज्य बैंक हो । यस बैंकको नेतृत्वकर्ता एसबीआईले मात्र ७२ अर्ब ५० करोड भारु लगानी गर्ने जानकारी दिएको छ ।
यस्तै एचडीएफ र आईसीआईआईले २० अर्ब, एक्सिसले ६ अर्ब भारु लगानी गर्ने भएका छन । आरबीआईको योजनाअनुसार एसबीआईको ३ वर्षसम्म न्युनतम २६ प्रतिशत स्वामित्व रहने छ ।
पारिवारिक झगडाले भारतको चौथो ठूलो निजी बैंक कसरी टाट पल्टियो रु, ४०० को सेयर घटेर १८ भारू
नयाँ लगानीकर्ताको ३ वर्षसम्म लगानी ‘होल्ड’ हुने भएको छ । मन्त्रिपरिषद बैंठकपछि वित्तमन्त्री निर्मला सीतारमनले १३ अर्ब भारुको सेयर निष्कासन गर्ने योजना रहेको सुनाइन । आरबीआईले चाहेमा नयाँ लगानीकर्ता भित्राउन सक्ने उनीले स्पष्ट पारिन ।
नयाँ लगानीकर्ताको प्रवेशपछि यस बैंकका निक्षेपकर्ताको पैसाको सुरक्षा, वित्तीय स्थायित्व र सम्पुर्ण बैंकिङ्ग क्षेत्रमा स्थिरता आउने उनले बताइन ।
यस बैंकको अधिकृत पुँजी ६२ अर्बबाट बढाएर १ खर्ब १० अर्ब भारु पुर्याइएको छ । नयाँ लगानी संरचनाअनुसार एसबीआईको ४५ प्रतिशत, एचडीएफ र आईसीआईसीआईको ६/६ र एक्सिसको ४ प्रतिशतसम्म स्वामित्व हुने छ ।
यस्तै कोटाक, दामिन, झुनझुनवाला र अजिम प्रेमजीको ५ अर्ब भारु लगानी हुने छ । यस बैंकमा ४ ओटा प्रत्येकको ३/३ प्रतिशत स्वामित्व हुने इकोनोक्सि टाइम्सले जनाएको छ ।
यो एसबीआईको योजनाअनुसार लगानी जुटाइएको र यस बैैंकको नयाँ सञ्चालक समिति बनेपछि थप इक्विटी फण्ड जुटाइने भएको छ । सरकारले यस बैंकको नयाँ अध्यक्ष चयन गर्ने छ । प्रमुख कार्यकारी अधिकृत (सीईओ) सहित बोर्डमा ८ जना हुने छन ।
एसबीआईकाअनुसार तह १ मा बण्डहोल्डरले १ खर्ब ७० अर्ब भारुको नयाँ इक्विटी हुने छ । यस बैंकमाथिको प्रतिवन्ध आगामी बुधबार अर्थात मार्च १८ मा हट्ने भएको छ ।