एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरना भाइरस तिब्रगतिमा फैलिएपछि राष्ट्रिय सङ्कटकाल घोषणा गरेका छन । राष्ट्रपति ट्रम्पले कोरना भाइरस विरुद्ध लड्न ५० अर्ब डलरको संघीय सहयोग ल्याउने बताएका छन ।
राष्ट्रपति ट्रम्पले रोज गार्डेनमा आयोजना गरिएको पत्रकार सम्मेलनमा यस्तो घोषणा गरेको इकोनोमिक्स टाइम्सले अनलाइन संस्करणमा उल्लेख गरेको छ ।
कोरनाविरुद्ध लड्नका लागि संघीय सरकारलाई शक्ति आवश्यक भएकाले आपतकाल घोषणा गरिएको उनले स्पष्टपारेका छन । उनले अमेरिकाका सबै राज्यहरुलाई आपतकालिन केन्द्र स्थापना गर्न अनुरोध समेत गरेका छन ।
यो कदमले स्वास्थ्यसेवामा विद्यमान प्रावधानलाई खुकुलो पारिदिएको छ। यसबाट चाँडो परीक्षणको गति बढ्नेछ।कोरोनाभाइरस सङ्क्रमणको परीक्षण उपलब्ध गराउन विफल भएको भनेर ट्रम्प प्रशासनको व्यापक आलोचना भएको थियो।
दवाव चुलिएपछि राष्ट्रपति ट्रम्पले आपतकालको घोषणा गरेका हुन । यस्तै सन २००० मा तत्कालिन राष्ट्रपति विल क्लिन्टनले पनि वेस्ट निल भाइरसका विरुद्ध लड्नका लागि राष्ट्रिय सङ्कटकाल घोषणा गरेका थिए ।
कोरना विरुद्ध लड्नका लागि पुर्ण शक्ति आवश्यक भएकाले आपतकाल घोषणा गरिएको राष्ट्रपति ट्रम्पले स्पष्टपारेका छन । कोरना विरुद्ध जुध्न अमेरिकाभित्रका लागि ५० अर्ब डलर सहयोग योजना ल्याएको उनले जानकारी दिएका छन ।
संघीय सरकारले निजी क्षेत्रसंगको साझेदारीमा कोरना परीक्षण गर्ने किटको उत्पादन बढाउने र अमेरिकाभरी नै पुर्याउने उनले बताएका छन ।
५० लाख कोरना भाइरस परीक्षण किट भए पनि त्यसले नपुग्ने देखिएपछि निजी क्षेत्रको सहयोग खोजेको ट्रम्पले स्पष्टपारेका छन ।
अमेरिकामा १ हजार ७०१ जनामा कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि भइसकेको छ भने ४० जनाको कोभिड१९ कै कारण मृत्यु भएको सरकारी तथ्याङ्कले देखाउँछ।
अमेरिकाका विभिन्न राज्यले सङ्क्रमणको दर नियन्त्रण गर्न विभिन्न उपाय अवलम्बन गरेका छन्। त्यहाँ ठूला भेला र खेलकुदका कार्यक्रममा प्रतिबन्ध लगाउनेदेखि विद्यालय बन्द गर्नेसम्मका निर्णय गरिएको छ।