काठमाडौं । अहिले विश्वभर कोरोना भाइरसको प्रभाव बढेको छ । छिमेकी मुलुक चीनमा त्यसको प्रभाव कम हुदैछ भने भारतमा बढ्दो छ । भारतमा बढ्दो प्रभावका कारण केहि विदेशीहरुलाई केहि समय प्रवेशमा प्रतिबन्ध लगाइसकेको छ ।
विभिन्न मुलुकले हवाई उडान नै बन्द गरेर संक्रमणबाट बच्न विभिन्न उपायहरु अपनाइरहेको छ । यस्तो बेला नेपालले पनि केहि तयारी गरिरहेको छ । अहिले भाइरसको प्रभाव नेपालमा नदेखिएपनि त्रास बढेको छ । जसको कारण बजारमा खाद्य सामाग्रीको अभाव हुन थालेको छ भने कालोबजारीले चरम सिमा नाघ्न थालेको छ ।
सर्वसाधारणले साविकको भन्दा धेरै सामाग्रीहरु खरिद गर्न थालेकोले अभाव देखिएको हो । यस्तो समस्या अहिले मात्र परेको हैन । विभिन्न समयमा यस्ता त्रासहरु काठमाडौंलगायत मुलुकका विभिन्न भागमा परिरहन्छ । यस्तै समयलाई भनेर भाटभटेनी सुपरमार्केटले पर्याप्त खाद्यान्नहरु स्टकमा राखेका छौ । नेपाली जनतालाई आवश्यक खाद्यन्न सामाग्रीहरु निरन्तर उपलब्ध गराउँन सक्छौ ।
भुकम्पको बेला पनि हामीले मुल्य नबढाई सामाग्री विक्रि गरेका थियौं । बजारलाई कन्ट्रोल गर्न तयार छौं । हामीलाई मौकाको फाइदा उठाउनु छैन । लामो समयसम्म व्यापार गर्नुछ । लामो समय देखीनै व्यापार गर्दै आएका हौं । सबैलाई बाच्ने र पुग्ने गरी हामी सामान दिन तयार छौं ।
सर्वसाधारणमा पनि हताहस बढि देखिएको छ । हल्लाको पछि लागेर उपभोक्ताहरुले चर्को मुल्य तिरेर सामान खरिद गरिरहेका छन् । त्यसैले त्यो हल्लाको पछि नलागौं । जति सामान चाहिए पनि दिन हामी तयार छौं । यो अल्पविकसित मुलुकमा हल्ला बढि, काम थोरै गर्ने प्रचलन छ । यसको असर आम उपभोक्तामा परिरहेको छ ।
अनावश्यक होल्ड गर्नु पर्दैन । दैनिक उपभोग्य सामाग्रीहरु अरु बेलाको जस्तै खरिद गरी लैजान आग्रह गर्दछु । अहिले हल्ला बढि भएकोले पनि सर्वसाधारणमा त्रास बढेको देखिन्छ । हामीसँग एउटा स्टोरमा ५÷७ ओटा स्टोर चल्न सक्ने गरी सामान स्टक हुन्छ । त्यसैगरी अहिले नै सामान आयातमा कुनै देशले रोक लगाएको पनि छैन ।
हामीले आवश्यक सामाग्रीहरु निर्वाध रुपमा ल्याइरहेका छौं । नाकाबन्दी जस्तो त अहिले हैन । त्यसैले कोहि आत्तिनु पर्दैन । तपाईहरु कोहि आत्तिनु पर्दैन, भाटभटेनीले साथ दिन्छ ।
द्वन्द्वकालमा तत्कालीन माओवादीले नौवीसेमा नाकाबन्दी गर्दा मलाई विविसिले लण्डनबाट फोन गरेर तपाईसँग सामान कति स्टक छ, काठमाडौंलाई कसरी बचाउनु हुन्छ भनेर प्रश्न गरेको थिए । त्यो बेला मैले मसँग पर्याप्त सामाग्री छ, आत्तिनु पर्दैन भनेको थिए । अहिले पनि अवस्था उहिँ छ । अहिले भाटभटेको उपत्यकामा सहित १८ ओटा शाखा सञ्चालनमा छ ।