काठमाडौं । यातायात व्यवस्था विभागले पाटन उच्च अदालतको आदेशलाई लत्याउँदै ‘राइड सेयरिङ बिजनेश’ गरिरहेका टुटल, पठाओ बन्द गर्ने निर्देशन दिएको छ । उच्च अदालत पाटनले टुटल पठाओलाइ नरोकी कानून बनाएर नियमन गर्न सरकारलाई माघ २९ गते आदेश दिएको थियो ।
तर, विभागले अदालतकाे आदेश बाहिर गएर टुटल पठाओ बन्द गर्न र बन्द नगरे कारवाही गर्ने चेतावनी सहितको सूचना मंगलबार जारी गरेको छ । त्यसपछि ट्याक्सी व्यवसायीहरू उक्त सेवा बन्द गर्न मन्त्रीसँग लविङ् सूरु गरिसकेका छन् । ट्याक्सी व्यवसायी संघले टुटल र पठाओ अवैधानिक रहेको भन्दै आएका छन् ।
मंगलबार ट्याक्सी व्यवसायीले टुटल पठाओ बन्द गर्न आन्दोलन नै गरेका थिए । ट्याक्सी व्यवसायीले तत्काल टुटल र पठाओ बन्द गर्न यातायात व्यवस्था विभाग अघि घेराउ गर्दै केही माग राखेका थिए ।
विभागल मंगलबार जारी गरेको सूचनामा भनिएको छ ‘ विभिन्न प्रयोजनको लागि दर्ता भएका सवारीहरुले आफुखुसि भाडा तोकि यातायात व्यवस्था ऐनको उल्लङ्घन गरी निजि सवारी भाडामा प्रयोग गरिएको पाइएमा कारवाहि सहित अनुगमन गरिने छ’ ।
तर, पाटन उच्च अदालतको आदेशमा टुटल पठाओ रोक्नु आम जन सरोकारको बिषय भएकाे तथा यो बिषय समयमै यथा सम्भव कानुन निर्माण गर्नु गराउँन नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभागलाई आदेश दिएको छ ।
टुटलका संस्थापक शिक्षित भट्टले अदालतको आदेश पत्र सहित नआइसकेको भएपनि नियम बनाएर नियामन गर्न आदेश दिएको बताए । ‘मेरो जानकारीमा सरकारलाई नरोक्नु र कानुन बनाएरै टुटल पठावलाई नियामन गर्नु भनर आदेश जारी भएको थियो’ उनले भने तर, पुन विभागले सेवा सञ्चालन नगर्न रोक्न सूचना जारी गरेको छ’ ।
ट्याक्सी व्यवसायी भने निजि सवारी भाडामा प्रयोग गर्न रोक लागाउनुपर्ने भन्दै लामो समय देखि लागिपरेका छन् । अदालतमा ट्याक्सी व्यवसायीले यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी महाशाखा र टुटल र पठाओलाई विपक्षि बनाएर दायर गरेको रिटमा पाटन उच्च आदालतले टुटल पठावकै पक्षमा आदेश जारी गरेपछि हाल मन्त्रीसँग लविङ् सुरु गरेका छन् ।
उच्च अदालतमा टुटल पठाओकाे मुद्दा हेरिरहेका एक कानुन व्यवसायीले आदेशमा टुटल– पठाओ रोक्न नभनेको र नियम बनाएर नियामन गरी सञ्चालन गर्न दिनु भनिरहेकाे अवस्थमा यातायात विभागले बन्द गर्न र चेतावनी दिन नमिल्ने बताए ।
निजि प्रयोजनको सवारीसाधन भाडामा यात्रु ओसारपसार गर्न नपाउँने माग राख्दै आएका ट्याक्सी व्यवसायीले मंगलबार साझ यातायात व्यवस्था विभागमा टुटल पठाओ बन्द गराउन गर्नुपर्ने भन्दै बसेका थिए । त्यस लगर्त विभागले पनि सञ्चालन नगर्न र गरेमा कारवाहि गर्ने चतावनी सहितके सूचना जारी गरेको थियो । आज ३ बजे भौतिक पूर्वाधार मन्त्री बसन्तकुमार नेम्वाङ्सँग उपत्यका ट्याक्सी व्यवसायी छलफल गर्दैछन् ।
उपत्यका ट्याक्सी व्यवसायी संघका एक सदस्यले मन्त्रीसँग छलफल गर्न एजेण्डा तयार गरिरहेको बताए । उनका अनुसार निजि प्रयोजनको गाडी भाडामा सञ्चालन गर्दा ट्याक्सी व्यवसायीको रोजिरोटि खोस्ने भएपछि यो सेवा बन्द गराउन मन्त्रीसँग आग्रह गर्ने भएका हो । ‘यातायात ऐन अनुसार निजि सवारी भाडामा प्रयोग रोक नगरेसम्म आन्दोलन जारी रहन छ’ ।