नेपालका अधिकांश मारवाडी व्यवसायीको सुरुआती व्यवसाय ‘फुडग्रेन’ हो । खाद्यान्नको व्यापारलाई फराकिलो दायरा बनाएर अधिकांश मारवाडी व्यवसायीले थुप्रै उद्योग–व्यवसाय अगाडि बढाएका छन् । सामान्यतया अग्रवाल भन्नेबित्तिकै मारवाडी समाजसँग बढी परिचित थर हो । मारवाडी समुदायको व्यवसायमा पुस्ता हस्तान्तरण पनि हुँदै गएको छ ।
बाबु बाजेले गरेको खाद्यान्न व्यापारलाई अघि नबढाएर पृथक व्यवसायमा रमाएका व्यवसायी हुन्, ओमप्रकाश अग्रवाल । उनले नेपालको नेपाली चलचित्र र गीतसंगीतलाई डिजिटल प्लेटफर्ममार्फत व्यवसाय गर्दै आइरहेका छन् । नेपाली चलचित्रको डिजिटल राइट्स खरिद गर्दै युट्युब र अन्य डिजिटल प्लेटफर्ममा राख्ने नेपालकै ठूलो कम्पनी ओएसआर डिजिटल प्रालि अग्रवालले नै सञ्चालन गर्छन् ।
पारिवारिक पृष्ठभूमिभन्दा बाहिरको व्यवसाय सुरु गरेका ओमप्रकाशको सुरुआती चरण भने त्यति सुखमय हुन सकेन । गाउँमा छ“दा आमाबुबासँगै धान/चामल बिक्री गर्दै आएका ओमप्रकाश बेलाबेला झापाको दमकमा आउजाउ पनि गरिरहन्थे ।
धान मिल भएकाले पनि चामल बेच्न उनी दमकमा दैनिकजसो आउजाउ गर्थे । त्यो बेला उनले नेपाली चलचित्रका पोस्टर देख्थे र राजेश हमाल, भुवन केसी, शिव श्रेष्ठ, निखिल उप्रेतीहरुको फोटो हेरेर मनमनै सोच्थे– उनीहरुलाई भेट्न पाए हुन्थ्यो । तर, अहिले नेपालका चलचित्र निर्देशक, निर्माता तथा कलाकार अधिकांश उनैलाई भेट्न आउँछन् ।
भारतसँग सीमा जोडिएको जिल्ला भएकाले पनि हुन सक्छ, त्यहाँ नेपालीसँगै भारतीय फिल्मका पनि पोस्टर देखिन्थे । तर, उनको मानसपटलमा भने नेपाली चलचित्रकै पोस्टर घुमिरहन्थे । त्यत्तिकैमा उनलाई एक दिन पारिवारिक व्यवसाय छाडेर काठमाडौ“ जाने सोच आयो । २०५७ साल असोज १९ मा कामकै लागि काठमाडौ“मा आएको दिन अहिले पनि सम्झिन्छन्, उनी ।
अग्रवाल काठमाडौँ पहिला पनि आएका थिए । तर, काम गर्नकै लागि भनेर पहिलो पटक आएको हुँदा उनलाई केही असहज भएको थियो । छिमेकी दाइ सुरुदेखि नै काठमाडौँमा साइकलको टायर पन्चर टाल्ने पसल गर्थे । उनले केही समय त्यही काम गरे । पछि अब यतिले मात्र हुँदैन, आफ्नै केही गर्नुपर्छ भन्ने सोच राखेर व्यवसाय गर्ने तयारीमा लागे । गाउँमा भएको मिल बेचेको केही पैसा आफै“सँग भएकाले व्यवसाय गर्ने आँट उनमा थियो ।
नयाँ ठाउँ, नयाँ मान्छे भएकाले सुरुमै चलचित्र निर्माताले उनलाई पत्याउन सकेनन् । चलचित्र निर्मातालाई प्रभावमा पार्नकै लागि उनले महँगोमा फिल्म खरिद गरे । उनले सबैभन्दा पहिला निर्मल शर्माको फिल्म ‘अंगरक्षक’ लिएका थिए । सो फिल्मलाई ३ लाख १ हजार तिरेका थिए ।
व्यवसाय गर्ने ठाउँ खोज्दै जाँदा उनले विशालबजारको सटर नम्बर २२३ भाडामा लिए । सुरुमा उनले त्यहाँ बच्चाहरुका लागि भिडियो गेम बेच्न थाले । विस्तारै व्यवसाय बढिरहेका बेला एकजना दाइले नेपाली चलचित्रको सिडी बिक्री गर्न सुझाव दिए । उनका दाइले सुरुदेखि नै चलचित्रको सिडी बेच्दै आएका थिए । दाइको सुझावकै कारण अहिले उनको परिचय फेरिएको छ, दैनिकी बदलिएको छ ।
उनलाई सुरुमा नेपाली सिडी पाउन मुस्किल पर्यो । नयाँ ठाउँ, नयाँ मान्छे भएकाले सुरुमै चलचित्र निर्माताले उनलाई पत्याउन सकेनन् । चलचित्र निर्मातालाई प्रभावमा पार्नकै लागि उनले महँगोमा फिल्म खरिद गरे । उनले सबैभन्दा पहिला निर्मल शर्माको फिल्म ‘अंगरक्षक’ लिएका थिए । सो फिल्मलाई ३ लाख १ हजार तिरेका थिए ।
‘सुरुमा मलाई काम गर्न साह्रै समस्या भयो,’ अग्रवाले भने, ‘नया“ पसल भएका कारण धेरै फिल्मकर्मीले विश्वास गर्ने वातावरण पनि थिएन । सोही कारण अरुले ३ लाखमा किनेको फिल्मलाई मैले ५ लाखसम्म तिर्नु परेको थियो ।’ संघर्ष र व्यवसाय पनि बुझ्दै जाँदा धेरैले विश्वास गर्न थालेपछि सहज भएको उनी बताउँछन् ।
अग्रवालको पहिला ओम साई डिजिटल रेकर्डस् कम्पनी थियो । डिजिटल प्रविधिमार्फत काम गर्दा भने उनलाई लगानीका लागि केही समस्या भयो । लगानी बढाउन पर्याप्त कमाइ नभएपछि ०६२/६३ तिर घरबाट करिब १ करोड रुपैयाँ ल्याएर लगानी बढाए । त्यसबेलासम्म सिडी र भिसिडीको व्यापार खस्किन थालिसकेको थियो ।
काठमाडौ“को प्रतिस्पर्धी बजारमा स्थापित हुनकै लागि उनले बाबुआमाले आफ्नो भागमा दिएको दमकको घरजग्गासमेत बेचे । अहिले दमकमा उनको नाममा केही पनि सम्पत्ति छैन ।
अग्रवाल भन्छन्, ‘मेरो घरबारी भनेकै ओएसआर डिजिटल प्रालि हो । जबकि त्यो बेला काठमाडौ“मा ४० लाखमा राम्रो ठाउँमा १ रोपनी जग्गा पाइन्थ्यो । पैसा कमाउनु थियो भने त जग्गामा लगानी गरेको भए अहिले अर्बपति भइन्थ्यो होला । तर, म आफ्नो लक्ष्य र चाहना पूरा गर्न लागिरहेँ ।’
सिडी–भिसिडीका बेला धेरै चोरी (पाइरेसी) हुन्थ्यो । एउटा सिडीको १२५ रुपैयाँसम्ममा बिक्री भए पनि त्यहाँबाट अरुले १ हजारभन्दा बढी सिडी बनाएर बेच्थे । पाइरेसी भएको थाहा पाएपछि चलचित्र विकास बोर्डस“गको समन्वयमा छापा हान्न पनि गए, उनीहरु । तर, त्यहाँ पाइरेसी गर्नेहरुको पारिवारिक अवस्था हेर्दा उनी आफैँ भावुक हुन्थे ।
एकजनाको कमाइले धेरैलाई पाल्नुपर्ने अवस्था देखेपछि क्षतिपूर्ति लिनेभन्दा उल्टै प्रहरीलाई मुद्दा नचलाउन आग्रह गर्थे । पछि उनले पाइरेसीको विषयमा प्रहरीमा उजुरी नै हाल्न छाडे । अग्रवाल सोच्थे, परिवार त अरुको पनि पाल्नु परेको छ । त्यसपछि उनीहरुले फिल्म नै कम किन्न थाले ।
डिजिटल प्रविधिमा गएपछि पनि फिल्म चोरी हुने घटना कम नभएको अग्रवालको भनाइ छ । अहिले पनि आप्mना ३ वटा फिल्म चोरी भएको दुःखेसो पोख्छन्, अग्रवाल । युट्युबमा फिल्म नहाल्ने उनको सोच छ । अग्रवाल भन्छन्, युट्युबमा फिल्म हालेपछि त्यसको आयु सकियो बरु पेपर भ्युमा मात्र हालौँ, जहाँ मान्छेले २/३ रुपैयाँ तिरेर फिल्म हेर्न सकून् । धेरै पैसा नलिने गरी फिल्म देखाउने उनको चाहना छ ।
स्वदेश एवं विदेशमा रहेका नेपालीले सहज र सरल रुपले फिल्म हेर्न पाऊन् भन्ने उनको मनसाय छ । युट्युबमा फिल्म हालेपछि ४०/५० लाखले हेर्दा उनको हातमा ३/४ लाख रुपैयाँ पर्छ । तर, फिल्म किन्दा धेरै मह“गो रकम तिरेका हुन्छन् ।
एउटा फिल्म २५ देखि ३० लाख रुपैयाँमा किन्नुपर्छ । निर्माताले फिल्मको स्क्रिप्ट तयार पार्दा नै खरिद गर्नुपर्छ । त्यो बेला आधा पैसा तिरेर पछि बा“की पैसा भुक्तानी गर्नुपर्छ । नत्र, सीधै फिल्म पाउन मुस्किल हुन्छ । एउटा फिल्म बन्न तीनदेखि ६ महिना लाग्छ र उनीहरुको हातमा फिल्म चलेको ६ महिनापछि मात्र आउ“छ ।
डिजिटल प्लेटर्फमका लागि १ वर्षअघि नै फिल्ममा लगानी गर्नुपर्छ । त्यो बेलासम्मको साँवाब्याजको हिसाब केही हुन्न । सम्झौताअनुसार फिल्म रिलिज भएको ३ महिनापछि पाउने हो, तर ६/७ महिना बितिसकेपछि मात्र अधिकांश फिल्मको मूल कपी पाइने गरेको उनको भनाइ छ । अधिकांश पैसा पनि सुरुमै दिइसकेको हुन्छ । निर्माताहरुले भने पनि आफ्नो समस्या हल भएपछि अरुको समस्यालाई नहेर्ने प्रवृत्ति बढी छ । यस्तो हु“दा चित्त दुख्ने गरेको सुनाउ“छन्, अग्रवाल ।
एउटा फिल्मका लागि न्यूनतम ५० हजारदेखि अधिकतम ४० लाख रुपैयाँसम्म तिरेको उनको भनाइ छ । अहिलेसम्म उनको कम्पनीले ३ सय ५० जति फिल्म लिइसकेको छ । अग्रवालको मुख्य प्राथमिकता फिल्म नै भएकाले अरु गीत राख्दैनन् ।
त्यो बेलासम्मको खर्चको हिसाब हेर्ने हो भने यो पेसा निकै चुनौतीपूर्ण छ । सुरुदेखिको पेसा छाडन् पनि नसकिने भएकाले हरेक चुनौती सामना गर्दै काम गरिरहेको अग्रवाल बताउ“छन् । अहिले प्रत्येक फिल्ममा ८/१० लाख रुपैयाँ घाटा हुने गरेको र केहीमा ५/७ लाख रुपैयाँ नाफा हुने गरेको अग्रवालको भनाइ छ । ‘हेर्दा राम्रो कमाइ गरेको होला भन्ने लाग्छ तर हामी घाटामै छौ“ । लगानी बढाइरहेका छौ“’, अग्रवाल भन्छन् ।
एउटा फिल्मका लागि न्यूनतम ५० हजारदेखि अधिकतम ४० लाख रुपैयाँसम्म तिरेको उनको भनाइ छ । अहिलेसम्म उनको कम्पनीले ३ सय ५० जति फिल्म लिइसकेको छ । अग्रवालको मुख्य प्राथमिकता फिल्म नै भएकाले अरु गीत राख्दैनन् ।
अहिले डिजिटल प्लेटफर्ममार्फत नेपाली चलचित्रको व्यापार गर्ने कम्पनीमा ओएसआर डिजिटल अग्रणी स्थानमा छ । त्यसबाहेक म्युजिक नेपाल, हाइलाइट्स नेपाल, बूढासुब्बा छन् । प्रतिस्पर्धी बजारमा अरु कम्पनी खुले पनि स्थापितका रुपमा यिनीहरुलाई लिन सकिन्छ । म्युजिक भिडियोका कम्पनी धेरै भए पनि नेपाली चलचित्र बेच्ने भने कमै रहेको अग्रवालको दाबी छ ।
यति नै लगानी लाग्छ भन्ने यकिन नहुने र थोरै लगानी गर्दा ढिलो र सुस्त हुन्छ । धेरै लगानी गर्दा छिटो चल्ने अनुभव सुनाउँछन्, उनी । निर्माताहरुले पनि नाफा–घाटाको हिसाब हेरेर आवश्यक परेको ठाउँमा सहयोग गर्ने वातावरण बन्न आवश्यक रहेको उनको भनाइ छ । अहिले उनी बिहान ८ देखि बेलुका ८ बजेसम्म काममा खटिरहन्छन् । यही मिहिनेत र परिश्रमका कारण डिजिटिल प्लेटफर्ममा राम्रो बजार हिस्सा ओगटिरहेका छन् ।
दुःखी देख्न नचाहने अग्रवाल
आफ्नो व्यवसायबाट नाफा मात्र खोज्न नचाहने अग्रवालले कमाइबाट आएको केही रकम समाज सेवामा पनि लगाएका छन् । कही“–कतै कसैलाई दुःख परेको थाहा पाउनेबित्तिकै सकेको सहयोग गर्न पुग्छन् । कहिले गुह्येश्वरीलगायत क्षेत्रमा रहेका मन्दिरमा गएर बिरामीलाई खाना खुवाउ“छन् भने सामाजिक सन्जालमा कोही बिरामी भएर अलपत्र परेको समाचार देख्नेबित्तिकै सक्दो सहयोग गर्छन् ।
साथीभाइलाई परेको दुःख आफ्नैजस्तो सम्झेर अग्रवाल सेवा गर्छन् । आप्mनी आमाले भनेको कुरा सम्झदै उनी भन्छन्, ‘काठमाडौ“मा बसेर पैसा कमाएर मात्र हुँदैन । त्यही किसिमको इज्जत र सम्मान कमाउन पनि सक्नुपर्छ ।’
अग्रवाल मात्र नभई उनका बुबा पनि दमकमा समाज सेवामा अग्रसर छन् । उनी र उनको परिवारले अहिलेसम्म १७१ भन्दा बढी कल ट्युवबेल राखिसकेका छन् । सार्वजनिक स्थल र दुःख परेका घरमा उनका बुबाले सेवा गर्दै आएका छन् ।
अग्रवाल दुःखी बिरामीलाई सेवा गर्ने उद्देश्यले ओएसआर फाउन्डेसन बनाउने तयारीमा छन् । यसको उद्देश्य भनेकै पैसा नभएका कारण कुनै व्यक्तिले अकालमा ज्यान नगुमाऊन् नै भन्ने हो ।
क्यापिटल बिजनेश म्यागजिनबाट