काठमाडौं । हरक देशका यूवा पुस्ता बाइक राइड गर्दै विश्व भ्रमण गर्ने चाहना राख्छन् । बाइकबाट नै ठूला पहाड छिचोल्दै अग्ला हिमाल नजिकबाट अनुभव गर्ने इच्छा कस्को नहोला र ? तर, यसका इच्छा वा चाहना मात्रैले पुग्दैन, ठूला हिम्मत र दरिलो आत्मबल आवश्यक पर्छ ।
साथिभाईसँगको यात्रा सदैब रोमाञ्चक र रमाइलो त हुन्छ नै तर, एकल यात्राको अनुभुति कस्तो होला ? यस्तै अनौठो अनुभव र कल्पनामा रम्ने सपना बोकेर तीन देशको एकल बाइक राइडमा निस्किएका यात्री हुन् ‘मोहम्मद सलिम’।
कुवेतमा काम गर्दै आएका भारत उल्लाहका २९ बर्षिय सलिमले एक यस्तै रोमाञ्चक यात्रा पुरा गरेर छुट्टै इतिहास मात्रै बनाएनन् धेरै युवाहरुको सपना पनि पुरा गरेका छन् । रोयल इन्फिल्ड ३५० क्लासिक बाइक राइड गरेर उनले ३९ दिनमा नेपाल, भारत र भुटानका एक सय भन्दा बढी सहरहरु एक्लै भ्रमण गरेका छन् ।
यात्रा अवधिभर १२ हजार ६ सय ३५ किलोमिटर बाइक राइड गर्दा भोगेका पहाडको कठिनाइ कच्ची सडक, तराइ तथा मरुभुमीका समतल सहजयात्रा लगायतका रमाइलो अनुभव आफ्नो जिन्दगीभरको अभुतपुर्व यादका रुपमा रहने उनको भनाई छ ।
मंगोलुरु बुल्स मोटरसाइकल क्लबका सदस्य समेत रहेका सलिमको यात्रा भारतको कडारीबाट जनवरी ८ मा सुरु भएर नेपाल, भुटान हुदै पुनः भारतकै विभिन्न सहर घुम्दै फेब्रुअरी १५ मा सकिएको थियो ।
‘यो यात्रा मेरो जिवनको लागि एक सम्झनलायक क्षण हो । मैले २९ दिनको मोटरसाइकल यात्रामा कहिले गलत बाटोको समस्या भोग्नुपरेन, तर बाइकको मेन्टिनेन्स, रिपेयर्सलगायतको समस्या भोग्दै यात्रा गरे’ उनले भने ‘उत्तर भारतीयले दक्षिण भारतियलाई गरेको उच्च सम्मानले मेरो एकल यात्राको महशुस गराएन’ । समग्रमा सलिमले ३९ दिन मध्ये प्रत्यक दिन ५ सय देखि ८ सय किलोमिटर यात्रा गरेका थिए ।
विना योजना आफ्नो यात्रा सफलतापुर्वक सम्पन्न गरेका सलिमको चाहना भने सधै नेपाल घुम्ने नै थियो । उनका सुरुको यात्रा मंगलुरुबाट हैदराबाट, नागपूर, वारणासी थियो । नेपाल–भारतको सिमामा नेपाल प्रवेशका लागी सबै औपचारीकता पुरागरेपछि उनी तीन दिन चितवनमा आएर बसे ।
चितवन बसाइपछि पोखरा हुँदै जोमसोम सम्म पुगे । यो यात्रा अवधमिा केहि क्षेत्रमा दुई पाग्रे सवारी चलाउन निक्कै कठिन भएपनि यात्रा रोमान्चक नै भएको उनको भनाई छ । सो क्षेत्रको दुई दिन यात्रामा भने सय किलोमिटरमात्र बाइक राइड गरेको उनले बताए । त्यो समय बुलेटर्स मोटरको ब्रदरहुडमा पनि भाग लिएका उनले नेपालबाट गान्तोक तर्फतको यात्रा जारी राखे ।
गान्तोकबाट सलिम जाइगोन तर्फ यात्रा गर्नुुअघि आवश्यक प्रक्रिया पुर्याएर भुटानको पारो टाकस्थानको रुपमा चिनिने टाइगरको नेस्ट मठमा पुगे । भारत फर्किनु अघि सलिमले भुटानका मुख्य मुख्य पर्यटकिय गन्तब्य र त्यहाँको स्थानिय परिकारको स्वाद लिन समेत भ्याए । त्यसपछि मंगुलुरु फकिनु अघि बेलागाबी र हुब्बुलु अन्कोला पनि भ्रमण गर्न भ्याए ।
यसरी विभिन्न सडक, बाइक, र अन्जान ठाउँको विभिन्न समस्यासँग जुद्दै तीन देशको लामो यात्रालाई टुङ्ग्याए । सलिमले यो यात्रालाई एउटा मिठो सम्झानाको रुपमा लिएका छन् ।
दी टाइम्स अफ इन्डियाबाट