काठमाडौं। पछिल्लो समय नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमाथि गम्भीर प्रश्न उठेको छ। सरकार सञ्चालन सहजीकरण संयन्त्रमा रहेका नेपाली कांग्रेसका महामन्त्री गगन थापासमेत प्रधानमन्त्री ओलीमाथि खनिन थालेसँगै सरकारको आयुमाथि प्रश्न उठ्न सुरु भएको हो।
यसैबीच, प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सार्वजनिक मञ्चबाट प्रधानमन्त्री ओली नेतृत्वको सरकार बजेट अगाडि फेरिने बताउँदै आएका छन्।
बिहीबार सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठकमा प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवा थाइल्याण्ड जानुअघि आफूलाई फोन गरेको बताएका थिए।
बैठकमा उनले देउवा फर्केपछि सरकारले नयाँ गति लिने संकेत गरेका थिए। यसअघि उनले पटक-पटक सरकार परिवर्तन हुने अभिव्यक्ति दिँदै आएका थिए।
असन्तुष्ट कांग्रेस
सत्तामा सहभागी ठूलो दल कांग्रेसभित्रै सरकारको काम कारबाहीलाई लिएर असन्तुष्ट बढ्न थालेको छ। पार्टी सभापतिदेखि महामन्त्रीसम्म ओली नेतृत्वको सरकारले काम गर्न नसकेको भन्दै आक्रोशित बन्दै आएका छन्।
त्यसयता, प्रायः जसो कार्यक्रममा महामन्त्री थापाले सरकारको चर्को आलोचना गर्दै आएका छन्। लोकतन्त्र दिवसमा आयोजित कार्यक्रममा महामन्त्री थापाले आफूहरु सत्तामा बसिरहनु नपर्ने बताए।
सरकारले विद्युत प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेसँगै कांग्रेस महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्मा प्रधानमन्त्री ओलीमाथि खनिएका थिए। यस क्रममा उनीहरुले कार्यकाल सकिन लागेका कुलमानलाई हटाएर प्रधानमन्त्रीले जनभावनाविरुद्ध काम गरेको बताएका थिए।
त्यसयता, प्रायः जसो कार्यक्रममा महामन्त्री थापाले सरकारको चर्को आलोचना गर्दै आएका छन्। लोकतन्त्र दिवसमा आयोजित कार्यक्रममा महामन्त्री थापाले आफूहरु सत्तामा बसिरहनु नपर्ने बताए।
‘आज हामी बाध्यतामा छौँ। सरकारमा हामी एक्लै छैनौँ। हामीले कम्परमाइज गरेका छौँ। तर आधारभूत कुराहरुमा हामी कम्परमाइज गर्दैनौँ। हामीले भन्न सक्नुपर्छ, पर्यो भने यस्तो सरकारबाट बाहिर जान्छौँ। सरकार सबैभन्दा ठूलो कुरा होइन,’ उनले भने।
यस्तै, उनले बेचैन भएको नेपाली समाजलाई आश्वास्त पार्ने जिम्मेवारी राष्ट्रिय शक्तिको भएको बताउँदै त्यसलाई सम्हाल्ने जिम्मेवारी कांग्रेसको रहेको बताएका थिए। ‘हामीले सम्हाल्नु पर्छ। उत्तेजनामा आएर पनि हुँदैन। भड्काउबाजी कुरा गरेर पनि हुँदैन,’ उनले भने, ‘हामीले नैरासयताको कथा भनेर पनि हुँदैन। हामीले सामना गर्नुपर्छ। संवाद गर्नुपर्छ। हामीले आश्वस्त पार्नुपर्छ। भरोसा दिनुपर्छ।’
यसअघि उनले प्रधानमन्त्रीको शयन कक्षसम्म विचौलिया पुग्ने गरेको आरोप लगाएका थिए। नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त हुने नसकेपछि उनले विचौलियका कारण गभर्नर नियुक्त हुन नसकेको बताएका थिए। उनले प्रधानमन्त्री जोसुकै भए पनि विचौलियाले प्रधानमन्त्रीको शयन कक्षसम्म पहुँच बनाउने गरेको बताएका हुन्।
‘हाम्रो इकोनोमी (अर्थतन्त्र)मा अहिले समस्या भएको भनेको बिचौलियाको कारणले हो। म यो प्रधानमन्त्री, त्यो प्रधानमन्त्री भन्दिनँ। बिचौलियाहरुका्े पहुँच प्रधानमन्त्रीको बेड रुमसम्म हुने भयो। नेतृत्वको बेड रुमसम्म हुने भयो,’ उनले भने।
यद्यपि, एमाले नेता महेश बस्नेतले राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि २० करोडको डिल गरेको प्रमाण फेला परेपछि तामाङलाई सरकारले बर्खास्त गरेको दाबी गरेका छन्।
यता, सरकारले विगत २३ दिनदेखि आन्दोलनरत शिक्षकको माग सुनुवाइ गर्न सकेको छैन। काठमाडौंमा केन्द्रित शिक्षकहरुको आन्दोलनका कारण नयाँ शैक्षिक सत्र अस्तव्यस्त बनेको छ। कक्षा १२ को परीक्षा स्थगित हुन पुगेको छ। तर, सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री ओलीले सुनुवाइ गर्नुको साटो आन्दोलन आवश्यक नभएको प्रतिक्रिया दिएसँगै सत्ता गठबन्धन गम्भिर रुपमा लिइएको छ।
यसैबीच, प्रधानमन्त्री ओलीले ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम)लाई बर्खास्त गरेका छन्। कांग्रेसको देउवा गुटमा तामाङ आफ्नै पार्टीका ऊर्जामन्त्री दीपक खड्कासँग वादविवाद गर्दै आएका थिए। उनीहरुबीच कुलमानको विषयमा विवाद हुँदै आएपछि प्रधानमन्त्रीले उनलाई बर्खास्त गरेका हुन्।
यद्यपि, एमाले नेता महेश बस्नेतले राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि २० करोडको डिल गरेको प्रमाण फेला परेपछि तामाङलाई सरकारले बर्खास्त गरेको दाबी गरेका छन्।
फेसबुकमा स्टाटस लेख्दै बस्नेतले सो दाबी गरेका हुन्। विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक घिसिङसँग मिलेर अर्बौंको ठेक्कामा मिलेमतो र अनियमितता गरेको आरोप पनि बस्नेतले लगाएका छन्।
ढुक्क प्रधानमन्त्री ओली
प्रधानमन्त्री ओलीले बारम्बार सरकारको चिन्ता नगर्न आग्रह गर्दैै आएका छन्। दुई ठूला दलहरु मिलेर बनेको सरकारले राम्रो काम गरेको भन्दै उनले गठबनधन नभत्किने बताउँदै आएका हुन्।
यसै क्रममा उनले बिहीबार पार्टीले आयोजना गरेको ४० वर्षमुनीको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै सरकारले राम्रो काम गरेको दाबी गरेका हुन्। सम्बोधन उनले आगामी चुनावमा ध्यान दिन आग्रह गरेका थिए।
‘हरेक दिन सरकार जान्छ-जान्छ भन्छ। लोकतन्त्रमा पाँच वर्षसम्म एयटा सरकार हुन्छ। तानाशाहमा जस्तो २० वर्ष, ४० वर्ष, १०० वर्षसम्म जाँदैन। यो सरकार कांग्रेस-एमालेबाट बनेको हो। यसले राम्रो काम गरिरहेको छ। सरकारको चिन्ता गर्ने होइन,’ उनले भने।
आफूलाई प्रधानमन्त्री बनाएको कांग्रेसभित्र सरकारको आलोचना भए पनि पार्टी सभापति देउवासँग छलफल गरिरहेका ओली आफ्नो सरकार टिक्नेमा ढुक्क भएका हुन्।