काठमाडौं । नियामक निकाय निकम्मा भएकै कारण ग्यास विक्रेताहरुले उपभोक्ताबाट खुलेआम रुपमा लुटिरहदा समेत कार्वाही हुन सकेको छैन ।
एक उद्योगको सिलिण्डर अर्को उद्योगको सिलिण्डरसँग साट्दा १ हजार रुपैयाँसम्म उपभोक्ताबाट लिइरहेपनि नेपाल आयल निगम मुकर्दशक भएर बसेको छ । त्यति मात्र हैन, अनुगमण गर्ने सरकारी निकाय वाणिज्य, आपुर्ति तथा उपभोक्ता संरक्षण विभाग पनि निरिह बनेको छ ।
नियमत, ग्यास विक्रेताले सिलिण्डल साट्दा थप पैसा लिन पाइदैन । तर, वर्षौ देखी ग्यास सिलिण्डर साट्दा उपभोक्ताहरुबाट पैसा लिइरहदा समेत नियामक निकाय मौन हुदा समस्या भएको उपभोक्ताबादीहरुको गुनासो छ ।
उपभोक्ता अधिकार अनुसन्धान मंचका अध्यक्ष माधव तिमल्सिनाले कार्वाही गर्ने निकायनै निकम्मा हुदा विक्रेताले लुट मच्चाइरहेको बताउछन । ‘धेरै पहिला देखी सिलिण्डर साट्दा थप पैसा लिने काम बन्द गराउनु पर्छ भन्ने आवाज उठाउदै आएका छौं’ अध्यक्ष तिम्लसिनाले भने ‘तर, कार्यान्वन गर्ने निकाय मौन हुदा समस्या भएको छ ’ ।
निगमका प्रवक्ता विरेन्द्र गोइतले ग्यास सटहीमा उपभोक्ताबाट थप पैसा लिने काम गैरकानुनी भएको बताए । तर,उनले दोषीलाई के र कस्तो कार्वाही गर्ने भन्ने विषयमा खुलाएनन् । ग्यास निगमकै मातहतमा रहन्छ । आफु मातहतमा रहेको ग्यास सिलिण्डरबाट उपभोक्ताहरु बर्षौ देखी लुटिदा समेत निगम अनविज्ञ जस्तै देखिएको छ । निगमसँग ग्यास सिलिण्डर साट्दा थप पैसा लिनेहरुलाई कस्तो कार्वाही गर्ने भन्ने समेत कुनै नियम कानुन बनेको छैन । यसैको फाइदा उठाउदै विक्रेताहरुले उपभोक्ताबाट थप पैसा लिइरहेको छ ।
वाणिज्य, आपुर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्र सुवेदीले सिलिण्डर साट्दा उपभोक्ताहरुबाट थप पैसा लिएको प्रमाण पाउन नसकेकै कारण कार्वाही गर्न गाह्रो भएको बताए । प्रमाण पाउने वित्तिकै कार्वाहीको लागि आफुहरु तयार रहेको उनले बताए ।
ग्यास विक्रेता महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र थापाले सिलिण्डर साट्दा लिने गरेको थप पैसा नलिने बताए । उपभोक्ताबाट लिदै आएको थप पैसा लिने काम रोक्न तयार रहेको उनको भनाई छ । तर,अहिलेसम्म महासंघले आधिकारीक रुपमा आफ्ना विक्रेताहरुलाई थप शुल्क नलिने विषयमा कुनै सर्कुलर जारी गरेको छैन । जसका कारण अहिलेपनि बजारमा सिलिण्डर साट्दा थप पैसा उपभोक्ताबाट लिदै आएका छन् ।
याे पनि पढ्नुहाेस्
अनुहार हेरेर सिलिन्डर सटहीको शुल्क असुल्छन् विक्रेता
ग्यास बिक्रेताको खुलेआम लुट, नियामक निकाय माैन