काठमाडौं। इन्स्टाग्रामले हालै ‘एडिट्स’ नामक नयाँ भिडियो सम्पादन एप सार्वजनिक गरेको छ। ‘एडिट्स’ नामक एप विशेष रूपमा सामग्री सिर्जनाकर्ताका लागि डिजाइन गरिएको हो।
जसले टिकटकको लोकप्रिय एप क्यापकटसँग प्रतिस्पर्धा गर्ने लक्ष्य राखेको छ। यसले इन्स्टाग्रामको मौलिक एपमा उपलब्ध नभएका उन्नत सम्पादन सुविधाहरू प्रदान गर्दछ।
‘एडिट्स’ एप हाल आइओएस र एण्ड्रोइड दुवै प्लेटफर्ममा उपलब्ध छ। यस एपको विकास र सार्वजनिकरण क्यापकट र टिकटकलाई अमेरिकी एप स्टोरहरूबाट अस्थायी रूपमा हटाइएको समयमा गरिएको थियो, जसले मेटाको प्रतिस्पर्धात्मक रणनीति दर्शाएको छ।
इन्स्टाग्रामका प्रमुख एडम मोसेरीका अनुसार, ‘एडिट्स’ एप क्यापकटसँग मिल्दोजुल्दो देखिए पनि यो एप पेशेवर सिर्जनाकर्तालाई लक्षित गर्दै फरक र विस्तृत सिर्जनात्मक उपकरण प्रदान गरिने उनको भनाइ छ। भविष्यमा यसमा कीफ्रेम्स, थप एआई उपकरण र सहकार्यात्मक सम्पादन जस्ता सुविधाहरू थपिने योजना बनाएको छ।
यो एप कन्टेन्ट क्रियटरहरूलाई लक्षित गर्दै यो एप डिजाइन गरिएको हो। यसमा प्रोजेक्ट म्यानेजमेन्ट, नोट तथा आइडिया ट्य्राकिङका साथै भिडिओको पर्फर्मेन्स सम्बन्धी डेटा हेर्ने लगायतका सुविधाहरू छन्। नियमित इन्स्टाग्राम एपमा नभएका एड्भान्स एडिटिङ टुलहरू पनि यसमा छन्।
उदाहरणका लागि स्टिल अर्थात् स्थिर फोटोबाट बनाइएका एआई एनिमेसन, ग्रीन स्क्रिन रिप्लेसमेन्ट, ब्याकग्राउन्डबाट सब्जेक्ट छुट्याउन मिल्ने जस्ता सुविधाहरू यसमा छन्। एडिट्सका धेरै एडिटिङ सुविधाहरू क्यापकटसँग मिल्दाजुल्दा रहेका छन्।