काठमाडाैं। नेपालमा आइफोनको आधिकारिक बिक्रेता जोय स्टोर र सूर्यज्योति लाइफ इन्सुरेन्सबीच सम्झौता भएको छ। नेपालमा आइफोन निर्माता कम्पनी एप्पलका उत्पादन खरिद बिक्री सम्बन्धमा दुई संस्थाबीच सम्झौता भएको हो।
उक्त सम्झौतामा जोय स्टोरका प्रवन्ध निर्देशक गुरुदत्त शर्मा र सूर्यज्योति लाइफ इन्सुरेन्सका प्रमुख व्यापार सञ्चालन अधिकृत राजिव गर्बचार्यले एक कार्यक्रम गरी सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्।
सम्झौताअनुसार नेपालमा आइफोनको आधिकारिक बिक्रेता जोय स्टोरबाट एप्पलका समान खरिदमा सूर्यज्योति लाइफ इन्सुरेन्सका कर्मचारी तथा ग्राहकहरुले छुट तथा एप्पलका उत्पादनमा ४० प्रतिशत डाउनपेमेन्टमा जिरो प्रतिशत ब्याँजदरमा नविल बैंकमार्फत सरल किस्ताबन्दी सुविधा समेत लिन सक्नेछन्।
जोय स्टोरकाअनुसार उक्त छुट एप्पलका उप्पादनहरुमा सूर्यज्योति लाइफ इन्सुरेन्सका कर्मचारी एवम् सेवाग्राहीहरुलाई अधिकतम २० प्रतिशत सम्म छुट पाउनेछन्।
सूर्यज्योति लाइफ इन्सुरेन्सका कर्मचारी एवम् सेवाग्राहीहरुलाई सरलरुपमा किस्ताबन्दी र सुलभ मूल्यमा एप्पलका उप्पादन उपलब्ध गराउनका लागि उक्त सम्झौता गरिएको जोय स्टोरका प्रवन्ध निर्देशक गुरुदत्त शर्माले जानकारी दिए।
उनका अनुसार उक्त छुट तथा किस्ताबन्दीका लागि कर्मचारी तथा कम्पनीका ग्राहकहरुले इन्सुरेन्स गरेको प्रमाण पुग्ने कागजपत्र देखाउनु पर्नेछ। सोही आधारमा जोय स्टोरले छुट तथा एप्पलका उत्पादनमा ४० प्रतिशत डाउनपेमेन्ट गरी नविल बैंकमार्फत एप्पलका सामान उपलब्ध गराउनेछ।
जोय स्टोर नेपालमा एप्पलका उप्पादनहरु बिक्री गर्ने आधिकारिक बिक्रेता हो। जसले काठमाडाैंकाे ताम्राका कम्प्लेक्स र पोखराको महेन्द्रपुलबाट आधिकारिक रुपमा आईफोन लगायत एप्पलका उत्पादनहरु बिक्री गर्दै आएको छ। जोय स्टोरका प्रवन्ध निर्देशक शर्मा ताम्राकार मोबाईल व्यवसायी संघका अध्यक्ष समेत हुन्।
नेपाली उपभोक्ताहरुलाई एप्पलका जेनुयन उप्पादनहरु उपलब्ध गराउने उद्देश्य अनुसार आफुले आधिकारिक बिक्रेताको रुपमा काम गर्दै आएको समेत उनले जानकारी दिए। जोय स्टोरले एप्पलका उप्पादनहरु आइफोन, म्याकबुक, एप्पल बाच, एयरपड, हेडफोन र अन्य एसेसोरिजहरु बिक्री गर्दै आएको छ। जोय स्टोरले बिक्री गर्दै आइरहेको एप्पलका मोबाईलहरुमा २ वर्षको वारेन्टी, २ वर्षको इन्सुरेन्स, म्याकबुकमा २ वर्षको वारेन्टी र एयरपडमा समेत २ वर्षको वारेन्टीको सुविधा दिइरहेको प्रवन्ध सञ्चालन शर्माले जानकारी दिए।