काठमाडौं। नेपाली आतिथ्य उद्योगमा नेतृत्व विकासको दिशामा ऐतिहासिक कदम चाल्दै, रामदा एन्कोर काठमाडौं र अमेरिका मुख्यालय भएको अन्तर्राष्ट्रिय नेतृत्व विकास संस्था इम्प्याक्ट येसबीच आज औपचारिक सहकार्य सम्पन्न भएको छ।
उच्चस्तरीय सेवा अनुभव, कर्मचारी सशक्तीकरण र अन्तर्राष्ट्रिय स्तरको नेतृत्व मापदण्ड स्थापनालाई केन्द्रमा राखेर गरिएको यो सहकार्यले नेपाली हस्पिटालिटी क्षेत्रलाई दीर्घकालीन परिवर्तनतर्फ अग्रसर गराउने विश्वास लिइएको छ।
सम्झौताअनुसार, इम्प्याक्ट येसले मनोविज्ञानमा आधारित व्यवहारिक तालिम, नेतृत्व सक्षमता विकास र अतिथि केन्द्रित कार्यशैलीका अन्तर्राष्ट्रिय विधिहरू रामदा एन्कोर काठमाडौँमा कार्यान्वयनमा ल्याउने छ।
रामा एन्कोर काठमाडौंका प्रबन्ध निर्देशक महेश फुयालले भने, 'हामीलाई थाहा छ कि आतिथ्य सेवाको मुटु मानव सम्बन्ध हो। नेतृत्व विकासमा गरिएको यो लगानीले हाम्रो टोलीलाई अझ प्रेरित, सक्षम र जिम्मेवार बनाउने छ।'
जर्मनीका सह-संस्थापक किम बाडेनले थपे, 'प्रभावकारी नेतृत्व सम्बन्धमा आधारित हुन्छ। यो सहकार्यमार्फत हामी रामदा एन्कोरको आतिथ्य दर्शनलाई अझ मजबुत बनाउने छौँ।'
इम्प्याक्ट येसले श्रीलंका र संयुक्त अरब इमिरेट्सतर्फ विस्तारको योजना बनाएको छ। नेपालमा प्रयोगमा ल्याइने नेतृत्व कार्यक्रमहरू पाक्टोमिक्स (एक अद्वितीय व्यवहारिक मूल्यांकन विधि) र एलईएम फेमवर्क (नेतृत्व, उद्यमशीलता, मार्केटिङ) मा आधारित रहने छन्।