काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनलले १८औं वार्षिकोत्सव अवसर विभिन्न सामाजिक क्रियाकलाप गरी मनाएको छ।
बैंकले घरबारविहीन र मानसिक सन्तुलन गुमाएर सडकमा आश्रित करिब १९०० व्यक्तिलाई चैत २० गतेदेखि वैशाख ६ गतेसम्म १८ दिन भोजन उपलब्ध गराइएको बताएको छ।
बैंकले वैशाख ७ मा परेको वार्षिकोत्सव अवसरमा भोटुःइन्दिरा समाज कल्याण संस्थासँगको सहकार्यमा जोरपाटी, चाबहिल, बौद्ध, मैतीदेवी, सेतोपुल, पुरानो बानेश्वर, भीमसेनगोला, बत्तीसपुतली, सिनामंगल, गौशालालगायतका स्थानमा नदी किनार, सडक छेउमा र पुलमुनि बस्ने घरबारविहीन मानिसलाई भोजन वितरण गरेको हो।
बैंकले वार्षिकोत्सव अवसरमा चैत २ गतेदेखि वैशाख ५ गतेसम्म ७ वटै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको बताएको छ। यी स्वास्थ्य शिविरबाट करिब १७०७ बिरामीले लाभ लिएका छन्।
हाल बैंकले २०० शाखा, १६८ एटिएम, ३ विस्तारित काउन्टर र ७४ वटा शाखारहित इकाइबाट बैंकिङ सेवा दिँदै आएको छ।