काठमाडौं। वाणिज्य बैंकहरूले सेयरधनीलाई औसत साढे १० प्रतिशत लाभांश वितरण गर्न सक्ने देखिएको छ। चालु आर्थिक वर्षको चैत मसान्तमा वितरण योग्य नाफा सकारात्मक रहेका वाणिज्य बैंकहरुले मुनाफाबाट न्यूनतम ०.९४ प्रतिशतदेखि ३४.०९ प्रतिशतसम्म लाभांश वितरण गर्न सक्ने वित्तीय विवरण प्रकाशित गरेका हुन्।
चालु वर्षको तेस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण सबै वाणिज्य बैंकहरुले प्रकाशित गरिसकेका छन्। जसअनुसार उक्त अवधिमा १४ वटा वाणिज्य बैंकले ७ करोडदेखि ३ अर्ब ६७ करोड ८७ लाख रुपैयाँसम्म वितरण योग्य नाफा कमाएका छन्। यी बैंकहरुले उक्त अवधिमा आर्जित मुनाफाबाट औसतमा १०.५३ प्रतिशत लाभांश वितरण गर्न सक्ने देखिन्छ।
व्यक्तिगत बैंकहरु मूल्यांकन गर्दा उक्त अवधिमा एभरेष्ट बैंकले सबैभन्दा धेरै वितरण योग्य नाफा कमाएर ३४.०९ प्रतिशत लाभांश वितरणको क्षमता राखेको छ। उक्त अवधिमा बैंकले ३ अर्ब ६७ करोड रुपैयाँ वितरण योग्य नाफा कमाएको हो।
यस्तै, उक्त अवधिमा नबिल बैंकले २ अर्ब ८७ करोड रुपैयाँ वितरण योग्य नाफा कमाएर १२.६८ प्रतिशत लाभांश क्षमता, सानिमा बैंकले २ अर्ब १९ करोड रुपैयाँ वितरण योग्य नाफा कमाएर १८.९२ प्रतिशत लाभांश क्षमता, कृषि विकास बैंकले १ अर्ब ९१ करोड रुपैयाँ वितरण योग्य नाफा कमाएर १२.२५ प्रतिशत लाभांश क्षमता राखेको छ।
यस्तै, प्राइम कर्मर्सियल बैंकले १ अर्ब ७३ करोड रुपैयाँ वितरण योग्य नाफा कमाएर १०.५७ प्रतिशत लाभांश क्षमता, स्ट्याण्डर्ड चार्टर्ड बैंकले १ अर्ब ४७ करोड रुपैयाँ वितरण योग्य नाफा कमाएर १९.३५ प्रतिशत लाभांश क्षमता र एनएमबि बैंकले १ अर्ब ३१ करोड रुपैयाँ वितरण योग्य नाफा कमाएर ६.६५ प्रतिशत लाभांश क्षमता राखेको छ।
साथै, उक्त अवधिमा नेपाल एसबिआईले १ अर्ब ५ करोड वितरण योग्य नाफा कमाएर ११.१० प्रतिशत लाभांश क्षमता, ग्लोबल आईएमईले ३५ करोड रुपैयाँ वितरण योग्य नाफा कमाएर १२.०४ प्रतिशत लाभांश क्षमता, नेपाल बैंकले ३० करोड वितरण योग्य नाफा कमाएर २.७८ प्रतिशत लाभांश क्षमता, सिद्धार्थले १८ करोड वितरण योग्य नाफा कमाएर १.७५ प्रतिशत लाभांश क्षमता, सिटिजन्स बैंकले १६ करोड रुपैयाँ वितरण योग्य नाफा कमाएर १.६९ प्रतिशत लाभांश क्षमता, लक्ष्मी सनराइजले ७ करोड रुपैयाँ वितरण योग्य नाफा कमाएर ३.१७ प्रतिशत लाभांश क्षमता र माछापुच्छ्रे बैंकले ७ करोड रुपैयाँ वितरण योग्य नाफा कमाएर ०.३६ प्रतिशत लाभांश क्षमता राखेको छ।
उक्त अवधिमा एनआईसी एशिया, हिमालयन बैंक, कुमारी बैंक, प्रभु बैंक, नेपाल इनभेष्टमेन्ट मेगा बैंक र राष्ट्रिय वाणिज्य बैंकको वितरण योग्य नाफा नकारात्मक हुँदा सेयरधनीालाई लाभांश दिन क्षमता राख्न सक्दैन्।
