आजदेखि विधिवत् रुपमा नेपाली नयाँ वर्ष अर्थात् २०८२ सुरु भएको छ। २०८१ ले सामाजिक, राजनीतिक, आर्थिकलगायत क्षेत्रमा घटेका विभिन्न घटनाका अनुभव छाडेर गएको छ। यो वर्ष देशभरि ठूला घटनाको सामना गर्नुपर्यो। बाढीपहिरोले धेरै स्थान तहसनहस बनाइदियो। काठमाडौं उपत्यकाका साथै देशभरि नै ठूलो जनधनको क्षति भयो। चितवनको भरतपुर महानगर–२९ अन्तर्गत नारायणगढ–मुग्लिन सडकको सिमलतालमा असार २८ गते गएको पहिरोमा परी त्रिशूली नदीमा २ वटा बस बेपत्ता भए भने अहिलेसम्म भेटिएका छैनन्। साउन ९ गते त्रिभुवन विमानस्थलमा नजिकै शौर्य एयर विमान दुर्घटना हुँदा १८ जनाको मृत्यु भयो। साउन २४ गते नुवाकोटको शिवपुरी गाउँपालिका–७ सूर्यचौरमा काठमाडौंबाट रसुवाको स्याफ्रुबेंसीतर्फ उडेको एयर डाइनेष्टीको नाइन एन–एजेडी कलसाइन भएको हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको थियो थियो। असोज ११ गते धादिङको धुनीबेंसी नगरपालिका–९ झ्याप्लेखोलामा पहिरोमा पुरिएर ३५ जनाको मृत्यु भएको थियो।
यस वर्ष देशलाई विश्वसामु चिनाउन पेरिस पाराओलम्पिक, २०२४ मा नेपाललाई पलेशा गोवर्द्धनले पदल दिलाइन्। कीर्तिमानी तथा प्रख्यात आरोही कामीरिता शेर्पाले आरोहणको इतिहासलाई तोड्दै सर्वोच्च शिखर सगरमाथा (८,८४८.८६) मिटरको ३०औं पटक आरोहण गर्दै नयाँ रेकर्ड कायम गरे। नेपाली महिलातर्फ १८ वर्ष उमेरमै पहिलो पटक विश्वका ८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल आरोहण गरेर दावा याङजुम र निमा रिन्जी शेर्पाले दुर्लभ कीर्तिमान कायम गरे।
कीर्तिमानी आरोही निर्मल पुर्जा र मिङ्माजी शेर्पाले बिनाअक्सिजन विश्वका १४ वटा हिमाल आरोहण गरेर यही वर्ष नयाँ कीर्तिमान बनाए। उनीहरुले ८ हजार मिटरभन्दा अग्ला १३ वटा हिमालको यसअघि नै विनाअक्सिजन आरोहण गरिसकेका थिए। फोटो पत्रकार पुर्णिमा श्रेष्ठले यस वर्षको वसन्त ऋतुमा तीन पटक सगरमाथा आरोहण गरेर एकै याममा तीन पटक सगरमाथा आरोहण गरेर विश्वको पहिलो महिला आरोहीको कीर्तिमान बनाइन्। मंसिर १५ नेपालमा पहिलो पटक नेपाली प्रिमियर लिग को आयोजना गरियो जुन खेल अन्तराष्ट्रिय स्तरमासमेत चर्चा भयो।
गत वर्षको सुरुआतमा वैशाख ३ गते मुलुकमा साढे ६ अर्ब स्वदेशी तथा विदेशी लगानी भित्र्याउने सम्झौतासहित तेस्रो लगानी सम्मेलन सम्पन्न भयो। तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डद्वारा वैशाख ३ गते नागढुंगा–सिस्नेखोला सुरूङमार्गको मुख्य सुरुङ ‘ब्रेक थ्रु’ भयो भयो भने असोज ३ गते सर्वसाधारणका लागि धरहरा खुला गरियो।
नेपाली राजनीतिमा यो वर्ष नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनपछि केपी शर्मा ओली चौथो पटक प्रधानमन्त्री नियुक्त भएसँगै असार ३१ गते पद तथा गोपनीयताको शपथ लिए। यसै वर्ष मंसिर १६ गते ३१ जिल्लाका विभिन्न स्थानीय निकायमा उपनिर्वाचन सम्पन्न भयो।




























नेपाल फोटो लाइब्रेरीद्वारा खिचिएका केही तस्बिर