छोटो समयमा उल्लेखनीय प्रगति गरेको एफवान सफ्ट २२ वर्षमा प्रवेश गरेको छ। यसबीचमा अनेकन आरोह-अवरोह ब्यहोरेको एफवान सफ्ट नेपालको पायोनियर आइटी ग्रुप हो। नेपालको फिनटेक क्षेत्रमा उदाहरणीय कार्य गर्नुका साथै मुलुकको डिजिटल कारोबारलाई निरन्तर बढावा दिँदै आएको एफवान सफ्टले भर्खरै नयाँ ग्रुप प्रेसिडेन्टका रुपमा सिद्धान्त ठकुरी भित्रिएका छन्।
नेपालको विद्युतीय भुक्तानीको करिब ८० प्रतिशत हिस्सा ओगटेको फोनपे, इसेवा जस्ता कम्पनीहरूले ओगटिरहेका छन्। एफवान सफ्टको प्रमुख चुनौती भनेको उपयुक्त जनशक्ति अभाव, ग्राहकको डिजिटल साक्षरता र सरकारी नीतिगत अस्पष्टता हो।
कम्पनीको दीर्घकालीन रणनीति भनेको नेपालका सबै वर्गलाई डिजिटल सेवामा समेट्दै वित्तीय समावेशीता बढाउनु हो। नेपाली बजारमा डिजिटल रूपान्तरणलाई अघि बढाउन एफवान सफ्टले मोबाइल बैंकिङ एप, भुक्तानी गेटवे, साइबर सुरक्षा र डिजिटल केवाईसीजस्ता विभिन्न सेवासँग सम्बन्धित सफ्टवेयरे विकास गरिरहेको छ।
फिनटेकको क्षेत्रमा केही चुनौतीहरू पनि छन्। यस क्षेत्रमा प्राविधिक जनशक्ति अभाव, नीति निर्माण प्रक्रियामा ढिलाइ र नियामकीय अस्पष्टताका कारण नवप्रवर्तनमा अवरोध आइरहेको देखिन्छ। यस्ता चुानौती समाधान गर्दै काम गर्न एफवानको नयाँ नेतृत्वबाट नेपालको फिनटेकले र ग्रुपअन्तर्गतका कम्पनीले थप नयाँ के अपेक्षा गर्न सक्छ? कस्ता रणनीति बनाइएर समग्र फिनटेकको क्षेत्रमा देखिएका समस्या के हुन? र समाधान के हुन सक्छन्? लगायतका विषयमा दिलु कार्कीले गरेको कुराकानीको सम्पादित अंश
नबिल बैंकको जागिर छाडेर एफ वान सफ्टमा आएको चार वर्षमै यो स्थान हासिल गर्नुका पछाडि के-के हुन्? यस ग्रुपअन्तर्गतका कम्पनीको सेवा तल्लो तहसम्म पुर्याउन भावी योजना के बनाउनु भएको छ?
एफवान २१ वर्ष पूरा भएर २२ वर्षमा हिँडिरहेको छ। यो ग्रपअन्तर्गत धेरै कम्पनी छन्। नबिल बैंकको जागिर छाडेर चार वर्षअघि एफ वानमा आउँदा यही ग्रुपअन्तर्गतको फोनपेको प्रमुख सञ्चालक अधिकृतको भूमिकामा थिएँ।
यहाँ अझै धेरै कुरा गर्न बाँकी छ। स-सानो व्याटल जितियो होला। तर, त्यसमा मेरो मात्रै योगदान छैन। हाम्रो टिमले गर्दा यहाँसम्म आइपुगेको हो। ग्रुप यहाँसम्म आइपुग्न सबैको महत्वपूर्ण योगदान छ।
यस ग्रुपअन्तर्गतका कम्पनीले सफ्टवेयर बनाउने र बिक्री गर्ने गर्छ। नबिल बैंकमा हुँदा एउटै काममा केन्द्रित भएर काम गरेको थिइनँ। धेरै विभागमा काम गरेको हुँदा त्यो अनुभव एफ वान सफ्टमा काम गर्न धेरै सहयोग पुगेको छ।
विशेष गरी बैंकको प्रोडक्ट र सर्भिस बुझेर काम गर्न सहज भयो। हामी बैंकसँग एकदमै नजिक रहेर काम गर्छौं। ग्रुपअन्तर्गतका केही कम्पनी सेवाग्राही केन्द्रित भए पनि अधिकांश ग्राहक बैंकसँग सम्बन्धित छन्। हामीले बैंक तथा वित्त कम्पनीलाई प्रविधिमार्फत् काम गर्न सहयोग गर्छौं।
तर, यही ग्रुपअन्तर्गतको इसेवा भनेको राष्ट्र बैंकबाट लाइसेन्स लिएर सोझै आफै ग्राहकलाई सेवा दिने गरी स्थापना भएको कम्पनी हो। फोनपेले भने सोझै ग्राहकलाई सेवा नदिए पनि बैंकहरुले दिने सेवाको प्रोडक्ट निर्माण गर्छ।
फोनपेले बनाएको सर्भिसेस बैंकले आफ्ना ग्राहकलाई कभर गर्छ। क्रेडिट र डेभिट कार्डमा लेखिएको भिसा, मस्टर कार्ड नेपाली कम्पनी होइन। त्यो कार्डमा लेखिएको भिसा विदेशी कम्पनी हो। त्यो कम्पनीले नेपालका बैंकहरुलाई आफ्नो सदस्य बनाएर मेरो भिसा कार्डमार्फत आफ्ना ग्राहकलाई सर्भिस दिन सक्ने बनाएको छ।
फोनपेको उद्देश्य भनेको आफ्नो नेटवर्कमा भएका क्यूआर एसेप्ट १५/१६ लाख व्यवसायीले भर्चुअल क्रेडिट कार्डको भुक्तानी लिन सक्ने हुन भन्ने हो।
अब फोनपे अहिले ती कार्डहरुको भुक्तानीलाई भर्चुअल अर्थात् डिजिटल माध्यमबाट भुक्तानी गर्न मिल्ने प्रोडक्ट बनाए बैंकलाई दिएको हो। त्यो भनेको मोबाइल एपमा डेलिभरी हुने गरी बनाइएको छ। जसरी भिसा कम्पनीले आफ्नो प्रोडक्ट बेचेको छ। त्यसरी नै फोनपेले भर्चुअल कार्ड बैंकलाई बेचेको हो।
फोनपेको उद्देश्य भनेको आफ्नो नेटवर्कमा भएका क्यूआर एसेप्ट १५/१६ लाख व्यवसायीले भर्चुअल क्रेडिट कार्डको भुक्तानी लिन सक्ने हुन भन्ने हो। क्रेडिट कार्ड बोक्ने ग्राहकले पनि क्यूआर भुक्तानी गर्न पाउने भए। अर्को क्रेडिट कार्डको भित्र अर्को लोन लिने व्यवस्था हुन्छ।

त्यो पनि त्यसबाटै पाइने हुँदा ग्राहकले भुक्तानीको काम र उद्यारोको काम दुवै हुने भयो। त्यो प्रोसेसमा बैंकले कमाउँछ। उसको कमाइ पनि भयो भने बैंकले भिसा मास्टर कार्डलाई तिर्ने शुल्क पनि बच्यो। त्यो पैसा नेपालमै रहने भयो।
तपाई ग्रुप प्रेसिडेन्टको जिम्मेवारी सम्हालिरहँदा यो उचाईलाई अझै माथि पुर्याउने गरी के-कस्ता योजना बनाउनु भएको छ? आगामी रणनीति के हो?
हाम्रो बलियो पक्ष, कमजोरी, अवसरहरू के-के छन्, हामीले कन्ट्रोल गर्न नसक्ने चुनौती के-के हुन्? जसबाट हामी जोगिनु पर्छ भन्ने खालको रिसर्च सधैँ गरिरहेका हुन्छौँ। यो प्रक्रियामा हामीले सेवाग्राही माझमा गएर उनीहरुको प्रतिक्रिया लिएर त्यहीअनुसार सुधार गर्ने प्रयास गर्छौं।
ग्राहकसँगको प्रतिक्रिया र उनीहरूबाट प्राप्त सुझाव हाम्रा लागि नयाँ अवसर हुन सक्छन्। अहिले परिवर्तित बजारको मूल्यांकन गर्ने, टिमको उत्पादकत्व बढाउने, वार्षिक खर्च घटाउने, प्रोसेसर अझै राम्रो बनाउने, हामीले बनाएको प्रोडक्ट सर्भिस कतिको राम्रो छन्? योभन्दा राम्रो के गर्न सक्छौँ? एआईको प्रयोगलाई समेटेर थप के गर्न आवश्यक छ? यसमाथि हाम्रो टिमले सघन छलफल गरिरहेको छ।
हामीले ग्रोथ गर्ने ठाउँहरू कहाँ-कहाँ छन्? इन्जिनियरिङ, सर्पोट टिम, मार्केटिङ कम्युनिकेसनमा के गर्न सकिन्छ भनेर हेरिरहेका छौँ। प्रोडक्टिभिटी, ब्राण्ड इमेज, विजनेश, आम्दानी, वासतालको साइज आदिमा फरक पर्ने भए त्यसमा सुधार्छौं।
हाम्रो ग्रुपमा विभिन्न खाले कम्पनीहरु छन्। त्यहीअनुसार ग्राहकहरुले फरक/फरक प्रतिक्रिया दिने र चुनौतीहरु पनि फरक/फरक प्रकारका आउँछन्। हामीले दिएको सफ्टवेयर वा फोनपेको क्युआर एकछिन चलेन भने कोलाहल हुन्छ। बाहिरबाट देखिने समस्या एउटा भए पनि भित्री कुरा धेरै हुन्छन्।
ग्राहकलाई यो सबै कुरा थाहा हुँदैन। उसले २४ औं घण्टा सेवाको निरन्तरता खोज्छ। त्यही अपेक्षाले हामीलाई काम गर्न उत्साहित बनाएको हुन्छ। आएको समस्या स्र्कोल, इनफ्राष्टक्चर वा काम गर्ने टेक्निक्स नपुगेको हो? के कारणले भएको हो? हामीले नदेखेको कमी कमजोरी तेस्रो पक्षलाई ल्याएर पनि हेर्नु पर्छ। हाम्रो पक्षबाट गर्ने काम सधै गरिरहेका हुन्छौं।
नेपालको फिनटेकमा एफवानको योगदानको मूल्यांकन कतिको भएको पाउनु हुन्छ? अहिलेको अवस्थाबाट अझै माथि जान नेपालमा थप फिनटेक कम्पनीको आवश्यकता छ कि छैन?
नेपालको फिनटेकमा एफवानको योगदान धेरै छ। तर नेपालको फिनटेकको विकासमा एफवानको मात्रै योगदान भने पक्कै छैन। नियामक, बैंकहरु, मिडिया, ग्राहकलगायत अर्थतन्त्रको चक्र निर्माण नभएसम्म हामीले मात्रै गरेर केही हुँदैन।

इकोनोमिको इको सिस्टम एउटा मात्रै प्लेयर हौं। हामीले व्यापारको अवधाराणमा यस्तो सफ्टवेयर, टेक्नोलोजी बनाएर सेवाग्राहीलाई फाइनान्सियल सर्भिस लिन सहज बनाउँदै गएका छौं। यसमा योगदान सहकार्यबाट मात्रै आउँछ।
फाइनान्सियल सर्भिसेस्को टेक्नोलोजी बनाउने र पस्किनेमा हाम्रो भुमिका हो। त्यसको पछाडी राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थाहरु छन्। यद्यपि, भुमिका परिवर्तन भइरहेको हुन्छ। सबै सरोकारवालहरुको समन्यवमा नै नेपालको फिनटेक आज यहाँसम्म आइपुगेको हो।
भुक्तानी डिलिटलाइजेसनमा आएको परिवर्तनमा भने एफवान सफ्टले धेरै योगदान गर्न सकेको छ। गएको १५÷२० वर्षमा हेर्ने हो भने नेपाल विद्युतीय भुक्तानीमा धेरै फड्को मारेको छ। दक्षिण एसियामा नेपालीले भुक्तानीको डिलिटलाइजेसनमा धेरै काम गरेका छौं भनेर गौरव गर्ने अवस्था बनेको छ।
त्यो पर्याप्त हाेइन। यो क्षेत्रमा अझै धेरै काम गर्नुपर्ने छ। यो त सुरुवात मात्रै हो। हिजोका दिनमा नगद खर्च गर्ने, एटिएमबाट पैसा झिक्ने, स–सानो परिमाणका चेक साट्ने मानिसको आज व्यवहार विस्तारै परिवर्तन भएको छ।
विजुलीको बिल भुक्तानी गर्न एक जना छुट्टै व्यक्ति जागिरे हुन्थ्यो। बिजुलीको बिल तिर्न घण्टौ लाइन बस्नु पर्ने स्थिति थियो। समयमै बिल भुक्तानी गर्नेलाई विद्युत प्राधिकरणले छुट दिन्थ्यो।

आज ढिलाइ हुने वा जरिवाना लाग्ने बिषय हराउँदै गएको छ। इसेवाको सर्भिसले आज घरमै बसेर यस्ता भुक्तानी गर्न सकिने अवस्था छ। उठेको पैसा बैंकिङ सिस्टममा जाने र आवश्यक क्षेत्रमा लगानी हुने अवस्था बनेको छ। तर, अझै पनि पूर्ण डिजिटल भुक्तानीमा गर्नुपर्ने काम धेरै छन्।
डिजिटल भुक्तानीमा सेवाग्राहीलाई अव्यस्त बनाउन अझै पनि के–के चुनौति छन्?
हामी अझै पूर्ण डिजिटल कारोबारमा छैनौं। त्यहासम्म पुग्न धेरै समय लाग्छ। हामी प्रविधिलाई बुझ्नै खोज्दैनौं। त्यसबाट तर्किने बानीले पनि हामीलाई बुझाउन गाह्रो भइरहेको छ। बुझ्न खोज्दाका बखतमा केही समस्या हुँदैन। मानविकी, व्यवस्थापन, मार्केटिङलगायत विद्यार्थीले पनि बुझ्न सक्छन् तर, त्यसका लागि चासो हुनुपर्छ।
एफवान सफ्टले भनेको बैंकलाई सफ्टवयर बिक्री गरेपछि त्यसको प्रोडक्टको सपोर्टलगायत काम गर्ने बैंकको कालिगढ मात्रै हौं।
टेक्नोलोजी भन्ने बित्तिकै धेरै ग्राहो हुन्छ भनेर पछि हट्ने पनि छन्। पारदर्शीताको इस्यू पनि भएकाले धेरै मानिस यतातर्फ आकर्षित नभएको पनि देखिन्छ। यस्ता विषय हाम्रो लागि चुनौती हुन। तर, विस्तारै कम हुँदै गएका छन्।
डिजिटल भुक्तानीका सन्दर्भमा जेजस्ता समस्या आए पनि एफवानलाई नै दोषी करार गर्न थालिएको छ? खास कस्ता समस्याको दोष तपाइहरुको हो?
एफवान सफ्ट ग्रुपमा धेरै कम्पनीहरु छन्। यो गु्रपको फोनपेले बैंकहरुको फण्ड ट्रान्सफर सर्भिस बिक्री गरेको हुन्छ। तर, फण्ड ट्रान्सफरको काम एफवानको होइन। एफवान सफ्टले बैंकहरुलाई मोबाइल बैंकिङ सिस्टम मात्रै दिएको हो। एफवान सफ्टले दिएको मोबाइल बैंकिङ प्रोडक्ट एकातिर छ भने फोनपेको र एनसिएचएलको फण्ड ट्रान्सफर त्यही एमपमा छ।

बैंकले जे–जे भन्छ, एफवानले मोबाइल बैंकिङमा त्यही गरिदिने हो। एफवान सफ्ट टेक्नोलोजी प्रोभाइडर हो। फोनपे सर्भिस प्रोभाइडर हो। फोनपे भनेको छुट्टै कम्पनी हो। उनीहरुको आफ्नो छुट्टै म्यानेजमेन्ट छ, उनीहरुको आफ्नै रणनीति बन्छ। उनीहरुले आफ्नो सर्भिस प्रोडक्टहरु निकाल्छन्। यसमा एफवान सफ्ट र फोनपेलाई अलग÷अलग नै हुन। यसमा लगानीकर्ता बाहेक अरु केही एउटै (कमन) छैन।
त्यसो भए भोलिका दिनमा फोनपेले दिने सेवामा केही समस्या आए त्यसमा एफवान सफ्ट जिम्मेवार हुँदैन?
त्यो भनेको अध्ययनले भन्ने कुरा हो। प्राविधिक क्रुटि हो वा के कारणले समस्या भएको हो? मोबाइल बैंकिङको सन्दर्भमा भने सिस्टम प्रोभाइडर भएको कारणले केस हेरेर जिम्मेवार हुनुपर्छ। सिस्टमको प्राविधिक गडबढीका कारणले गर्दा केही समस्या भएका एफवान सफटलाई बैंकले भन्नुपर्छ।
एफवान माउ कम्पनी पनि हो। लगानी भएकाले हामी यसमा जिम्मेवार हुनुपर्छ र हुन्छौं। तर, बैंकमा आएका सबै समस्यामा हामी जिम्मेवार हुन सक्दैनौं। बैंकिङ एपमा प्राविधिक त्रुटि भयो भने बैंकले एफवानलाई भन्ने हो। तर, एफवानले बैंकको सेवाग्राहीलाई चिन्दैँन। हाम्रा ग्राहक भनेको बैंक हो। त्यसैले बैंकहरुले हामीलाई चिनेको हो। बाँकी केही होइन।
एफवान सफ्टले सोझै ग्राहक नचिने पनि फोनपे र इसेवाले त ग्राहक चिन्छ। २२ वर्ष पुगेको एफवान सफट हो, फोनपे पे होइन। मोबाइल बैंकिङ सर्भिस लिनेले एफवानलाई चिनेको मात्रै हो। अफवाह फैलिँदा इसेवा वा फोनपेको माउ कम्पनीलाई भन्न खोजिएको मात्रै हो। जानेर होस् या नजानेर पासवर्ड सेयर हुने, स्क्याममा पर्ने लगायतका मानवीय क्रुटी भएका छन्।
अधिकांश बैंकलाई आफ्नो सफ्टवयेर बिक्री गरेको एफवान सफ्टको यस्ता त्रुटिलाई हटाउने काममा कतिको सक्रिय छ?
प्राविधिक समस्या बाहेक अन्यलाई कसको गल्ती मान्ने भन्ने कुरा अध्ययनले देखाउँछ। हामी प्रविधि बनाउने कम्पनी हौं। हामी सेवाग्राहीसँग सोझै सम्पर्कमा नभएको हुँदा अहिले आएका पासवर्ड सेयर हुने, स्क्याममा पर्ने लगायतका मानवीय क्रुटिमा सचेतना दिने काम बैंकको हो। फाइनान्सियल रिक्स भनेको बैंकको हो। सेवाग्राहीको पैसा धरापमा पर्छ। लुटिन सक्छ भन्ने कुरा हो। यसमा बैंकिङ क्षेत्रले गर्नुपर्ने कामहरु छन्।

एफवान सफ्टले भनेको बैंकलाई सफ्टवयर बिक्री गरेपछि त्यसको प्रोडक्टको सपोर्टलगायत काम गर्ने बैंकको कालिगढ मात्रै हौं। हामीले दिएको प्रोडक्टमा समस्या भए बैंकले भन्छ र हामी फिक्स्ड गरिदिन्छौं। हाम्रो सम्बन्ध यतिमात्रै हो। त्यो प्रोडक्ट टेस्टिङ गर्ने, राम्रो/नराम्रो हेर्ने, आफ्ना सेवाग्राहीका लागि कति ठिक हुन्छ/हुँदैन हेरेर पास भएपछि मात्रै सेवाग्राहीकोमा पुग्छ। ग्राहक त बैंकको हो।
सम्भावित स्क्याम वा ठगीका बारेमा जति इसेवा र बैंकले सचेत गराउनुपर्ने हो, त्यसको तुलनामा एफवान सफ्टको भूमिका त्यति हुँदैन। यस्तो भुमिका बैंकसँगै फोनपे र इसेवाको बढी हुन्छ।
एफवान सफ्टले प्रोडक्ट बनाउँदा कसरी राम्रो बनाउने, त्यसका फिचरहरुमा ध्यान दिने, सेक्युरिटी राम्रो बनाउने, रिसर्चमा लगानी गर्ने, बैंकले भन्नुभन्दा अगाडि सुरक्षित प्रविधि अपनाउनेमा ध्यान दिनुपर्छ। जुन हामीले गरिरहेका छौं।
यही विषयमा अझ लगानी बढाउँदै जानुपर्ने छ। ताँकी बैंकलाई दिने सफ्टवेयर बलियो र भरपर्दो होस्। यसमा सिष्टमेटिक चुनौती कसैले दिन नसकुन। साइबर सेक्युरिटी हिसाबले बलियो हो।
साइबर सेक्युरिटी हाम्रोमा मात्रै आउँदैन। साइबर सेक्युरिटी भनेको वातावरणले दिने सुरक्षा हो। त्यसमा नेटवर्कको सेक्युरिटी लगायतका अन्य मुद्दाहरु हुन्छन्। यसमा सफ्टवयेर कोर्ड भनेको ठूलो कुरा होइन। सफ्टवेयर कोर्डले मात्रै मोबाइल बैंकिङ एप चलेको होइन। यसका पछाडी नदेखिने गरी धेरै विषयहरु समावेश भएका हुन्छन्।
मोबाइल बैंकिङ एपमा आएको समस्या के कारणले भएको हो त? त्यो अध्ययनको क्रममा आउँछ। प्रयोगकर्ताका कारणले हो, बैंकले कारणले वा एफवानले दिएको प्रोडक्टमा समस्या आएको कारणले? त्यो बैंकले नै हेर्ने कुरा हो।
सफ्टवेयरमा समस्या भएको अवस्थामा मात्रै हामीले हेर्नु सक्छौं। अरु मुद्दा जुन हामीसँग सरोकार राख्ने विषय नभएको अवस्थामा बैंकले अन्य ठाउँबाटै मिलाउँछन्। सेवाग्राहीका लागि फस्ट कन्ट्याक भनेको बैंक नै हो। साथै, समस्याको प्रकृतिअनुसार नियामक र अन्य निकायहरु छन्।
नेपालका मोबाइल बैकिङ एपहरुलाई विदेशी ह्याकरहरुले अट्याक गर्न किन सजिलो मानिरहेका छन्? नेपाली बैंकिङ सिस्टम कमजोर भएर उनीहरुको टार्गेट नेपाल नै भएको हो?
उनीहरुले नेपाललाई मात्र टार्गेट गरेको होइन। विश्वभर उनीहरुले ह्याक गर्ने प्रयास गरेकै हुन्छ। अहिले भिपिएनको प्रयोगले पनि लोकेसनमा फरक परेको हुन्छ। उनीहरुले कताबाट ह्याक गर्दै छ भन्ने एकीन हुँदैन। एटिएम ह्याकका विषय कार्डको टेक्नोलोजीसँग जोडिएको विषय हो। कार्डमा हुने प्रविधिको सुरक्षाको पाटो अर्को विषय हो।

अहिले हेर्दा पनि फोनपे, इसेवा वा बैंकहरुको टिममा अनवान्टेड रिक्वेस्ट कहाँबाट आइरहेको छ भनेर हेर्दा नेपालबाटै हुँदैन। विभिन्न देशको लेकेसन राखिएको हुन्छ। त्यसलाई ट्रेस गर्ने प्रविधि अझै बलियो बनाउन आवश्यक हुन्छ। हरेक सेकेन्डमा संसार भरी ह्याकरहरुले हिर्कारहेका हुन्छन्।
नेपाल छिर्ने बितिकै क्युआरमार्फत कारोबार हुन्छ भनेर प्रचार गर्न जरुरी छ।
नेपाललाई कुनै माया गरेर छानेको या कमजोर छ भनेर छानेको होइन। उनीहरुको व्यवसाय नै त्यसैलाई मानेका छन्। त्यसै कहाँ सफ्टकर्नर पाउँछन् त्यही हिर्काउने हुन्। उनीहरुबाट बच्नलाई नयाँ केही भएको भए अपग्रेड हुनुपर्यो पुरानोमा परिवर्तन गर्नुपर्यो। त्यसमा लगानी लाग्छ। समय खर्च सबै राम्रै लाग्छ।
हामीले एक वर्षअघि भारतमा अन्तरदेशीय भुक्तानी सुरु गरेका छौं तर यसमा दुईतर्फीं हुन नसक्नुको कारण के हो?
पहिले हामीले नेपालमा भारतीयले भुक्तानी गर्न मिल्ने बनायौं। अब नेपालीहरु भारतमा गएर भुक्तानी गर्न मिल्नेमा टेस्टिङको काम सकिसक्यो। भारतको एनपीसीआई कम्पनी सम्झौता भइसकेको छ।
भारतमा पनि नेपाली क्यूआरका लागि प्राविधिक काम भइसकेको छ। यसलाई सञ्चालनमा लिएर जान उहाँहरुले आरबीआइसँग स्वीकृति लिनुपर्ने केही काम बाँकी छ। अन्तरदेशिय क्यूआर भुक्तानीमा नीति, गाइडलाइन पर्खिनु भएको होला। नेपाल राष्ट्र बैंकका तर्फबाट भने रोकिएको होइन।
भातरतर्फको काम भएमा नेपालका वाणिज्य बैंक र विकास बैंकले अर्थोरेटी पाउँछ। ती बैंकका सेवाग्राहीहरुले भारतमा गएर क्युवारबाट भुक्तानी गर्न पाउँछन्। भुक्तानी लिमिट राष्ट्र बैंकको जिम्मेवारी हो।
उसले कसरी गर्छ भन्ने हो। हामीसँग राष्ट्र बैकले दिएका नजिरहरु छन्। कति ग्राहक कति दिनमा कति भुक्तानी गर्ने त्यो सबै गाइडलाइन बनिसकेका छन्। हामीले भारतमा एक वर्षअघि सुरु गरेका हौं। चीनतर्फ पनि केही समयमै सुरु गर्ने गरी काम अघि बढाएका छौं।
फोनपेले भारततर्फको क्रसब्रोर्डर पेमेन्ट सुरु गरेर नेपाल र इन्डियाबीच हुने ट्रेड र कमर्सका लागि पेमेन्टको प्याट्रन खोलेको हो। एलसी खोल्न होइन। यसलाई बढाउन प्रवद्र्धन आवश्यकता छ। यो भनेको फोनपेको व्यवसायको विषय मात्रै होइन। यसमा पर्यटन जोडिन्छ।
यो स–साना नेपाली व्यवसायीको व्यापार बढ्ने कुरालगायत समग्र नेपालको अर्थतन्त्र चलायमान बनाउने कुरासँग सम्बन्धित छ। पहिला यही काम नगद या भिसा मस्टर कार्ड बोकेर आउनु प¥थ्यो।
अब अहिलेको आधुनिक युगमा मोबाइल मात्र बोकेर आउँदा हुन्छ। त्यसकै कारण ट्रान्जेक्सन राम्रो बढेको छ। भारतीय पर्यटक बढी आउने क्षेत्रमा ट्रान्जेक्सन बढेको देखिन्छ। यसलाई वृहत तहमा पुर्याउन बैंक, राष्ट्र बैंक, पर्यटन बोर्डलगायत सबै तहबाट काम गर्नुपर्छ। भारतमा पनि नेपालमा क्यूआर चल्छ भनेर प्रमोशनमा धेरै काम गर्न बाँकी छ।
प्रमोशन गर्न थप के आवश्यक छ?
अहिले हामीले जति कारोबार गरीरहेका छौ, यति सोचेका थिएनौं। हामीले लञ्च गरेको एक वर्ष भयो। हामीले यसमा धेरै मेहेनेत गर्नुपर्ने छ। इन्डियन काउन्टर पार्टीको हिसाबले हर्ने हो भने उहाँहरुको आर्थिक क्यालेन्टर भनेको अप्रिलदेखि मार्चसम्म हुन्छ।
उहाँहरु अहिले बजेट बनाउने प्रक्रियामा हुनुहुन्छ। बारम्बार हामीले सहकार्य गरेर अघि बढौं भनेका छौ। संयुक्त रुपमा बोर्डरमा काम गरौ भनेका छौ। नेपाल छिर्ने बितिकै क्युआरमार्फत कारोबार हुन्छ भनेर प्रचार गर्न जरुरी छ। यसमा फाेन पेको टिम पनि लागेको छ।
बजारमा तपाईहरुको प्रतिस्पर्धी राष्ट्र बैंकको लगानी रहेको एसएचएल नै देखिन्छ? नियामकको लगानी भएको कम्पनीसँग प्रतिस्पर्धा गर्न कतिको गाह्रो हुन्छ?
नियामकले लगानी गरेर यस्ता कम्पनी ल्याउनु हुन्थ्यो कि हुँदैन थियो भन्ने विषयमा मेरा दुईथरी भनाइ छ। एउटा सैद्धान्तिक पाटो र अर्को स्वार्थको द्धन्द (कन्फिक्ट अफ इन्टेस्ट) अर्को पाटो हो।

नियामकले नै प्रतिस्पर्धी कम्पनी खडा गर्दा हामीलाई काम गर्न गाह्रो छ कि छैन एउटा कुरा हो। नियामकले यस्तो कार्य गर्नु हुन्छ हुँदैन अर्को विषय भयो। नियामकले कुनै हालतमा व्यवसाय गर्ने होइन।
आफै नियामक आफै सेवा प्रदायक कम्पनीमा लगानी गरेर व्यवसाय गर्ने? भोलि नियमन कसरी हुन्छ? आफूले लगानी गरेको कम्पनीलाई काख हामीलाई पाख नहोला भन्ने ग्यारेन्टी कसरी गर्न सकिन्छ?
फानेपे, इसेवा, एसिएचएल, खल्ती जस्तो कम्पनी वा कुनै बैंक होस्। उनीहरुले राष्ट्र बैंकले लगाएको काम गर्न बनाएको भेहिकल्स हुन्। राष्ट्र बैंक ऐनले मूल्यमा स्थिरता ल्याउने कामको जिम्मा नेपाल राष्ट्र बैंकलाई दिएको छ। मुद्रास्फीति सीमा राख्न वित्तीय सेवाको राम्रो व्यवस्थापन गर्ने काम राष्ट्र बैंकको हो।
यो कामका लागि राष्ट्र बैंक स्वयम्ले संस्थाहरु खडा गर्न सक्थ्यो। तर, राष्ट्र बैंकले यी कामका लागि विभिन्न संस्थाहरुलाई लाइसेन्स दिएको छ। जसमा भुक्तानीको क्षेत्रमा पिएओसोको लाइसेन्स फोनपे, एनसिएचएल जस्तो १० वटा संस्थालाई लाइसेन्स दिएको छ।
निश्चित कानुनको परिधिभित्र रहेर व्यवसायको लाइसेन्स दिएको हो। आफ्नो नियमनमा बसेर राम्रोसँग काम गर नाफा कमाउ भनेको छ। जब निजी क्षेत्रलाई लाइसेन्स दिने भइसकेपछि आफैले लगानी गरेर त्यस्तै कम्पनी चलायो भने ‘कन्फिक्ट अफ इन्टेस्ट’ हुने अवस्था जहिले पनि रहन्छ।
निजी क्षेत्रले गर्न नसकेर राष्ट्र बैंकले आफ्नो लगानीको कम्पनी खडा गरेको हो नी?
यसमा नेपाल राष्ट्र बैंकले कति गर्नुपर्छ त? आफैले गर्नु हुन्छ कि हुदैन, अरुलाई जिम्मा दिनुपर्छ कि, जस्तैः चेक क्लियरिङ भनेको राष्ट्र बैकले गर्ने काम हो। उसले पहिला एउटा भेहिकल बनायो, त्यसैमा बैंकहरुलाई लगानी गर्न लगाएर एउटा स्वायत्त संस्था भनेर खडा गर्यो। त्यो स्वायत्त संस्थालाई चेक क्लियरिङ दिएर काम गर्न दिने भन्यो।
चेक चेक क्लियरिङ गर्न दिने अवधारणमा एनसिएचएल स्थापाना गरियो। प्रतिस्पर्धी कम्पनी आवश्यक हुन्छ। एनसिएचल, फोनपे, भिसा, मास्टर कार्डबीच नेपालमा प्रतिस्पर्धा चलिरहेको हुन्छ। प्रतिस्पर्धाले इनोभेसन ल्याउँछ। मूल्य नियन्त्रण हुन्छ। सेवाग्राहीले नयाँ÷नयाँ अप्सनहरु पाइ राख्ने भए।
तर, राष्ट्र बैंकले हामीलाई नियमन पनि गर्ने र हामीजस्तै संस्थामा लगानी गरेर व्यवसाय पनि गर्ने? राष्ट्र बैंकले जे काम एनसिएचएलमार्फत गरिरहेको छ, त्यो असल अभ्यास होइन। नियामकले सेवा प्रदायकसँग प्रतिस्पर्धा गर्ने हो भने प्रणालीगत रिक्स हुन्छ। यसमा राष्ट्र आफैले सोच्ने कुरा हो। तर, सैद्दान्तिक अप्ठ्यारो भनेको पिएसओको लाइसेन्समा सबैलाई सहभागी गराएर राष्ट्र बैंकले म पनि पिएसओ चलाउँछु भन्नु कदापि राम्रो होइन।

उहाँहरुले सकेसम्म गाह्रो न हुने गरी काम गर्नु भएकै छ। तर, सम्भावित जोखिम छँदै छ। माथि तरबार झुन्ड्याँदा डर त भइहाल्छ। नियामक आफै लगानी गरेर पैसा कमाउन थालेपछि अन्य लगानीकर्ता आउन डराउँछन्। राष्ट्र बैंक आफै कम्पनी चलाएर बसेको देख्दा लगानीकर्तामाझ राम्रो सन्देश जाँदैनराष्ट्र बैंकले पिएसओको लाइसेन्स दिने नीति राम्रो छ।
एनसिएचएलका प्रोडक्ट ल्याएर अन्य पिएसओले काम गर्न नपाएको हो?
राष्ट्र बैंकले लाइसेन्स दिएको फोनपेले चेक क्लियरिङ गर्न पाउँछ। पिएसओका लाइसेन्स लिएका अन्य कम्पनीले पनि त्यो गर्न पाउँछन्। तर गरेका छैनन्। गर्छु भनेको अवस्थामा राष्ट्र बैंकले सहजीकरण गर्नुपर्छ।
फोनपेले कस्तो रणनीति बनाउँछ। हामीले अहिले चेक भुक्तानी गर्नदेखि एटिएम चलाउने सम्मका भौतिक भुक्तानी गर्ने काम छोडी सक्यौं। अरु कोही पिओसोले चेक क्लियरिङ गर्छु, यसको स्वीकृति देउ भनेर कोही गयो भने दिनुपर्छ।
गत आर्थिक वर्षको बजेटले विद्युतीय भुक्तानी कारोबार १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लगायो। त्यसको व्यापक विरोध पनि भयो। सरकारले पुनर्विचार गर्ने बताएको थियो। पछिल्लो अपडेट के छ?
नेपालको विद्युतीय भुक्तानीमा अझै पनि प्रोत्साहन अवश्यकता छ। यहीबीचमा सरकारले कारोबार शुल्कमा लगाएको भ्याटले गर्दा ग्राहकमा केही असहजताको अवस्था सिर्जना गरिदियो।
यसबीच पनि हामीले सरकार र सम्बन्धित पक्षसँग कुरा गरेका थियौं। अहिले बजेटमा सुझाव पनि भ्याट लगाउनु हुँदैन भनेर नै पठाएका छौं। प्राविधिको प्रयोगमा हामीले धेरै मेहेनेत गरेको छौं। क्युआर पेमेन्टले अनौपचारिक क्षेत्रमा भएका पैसालाई सिस्टममा ल्याउन ठूलो योगदान गरेको छ।
हामी ‘डिजिटल फुटपिन्ट’ निर्माण गरेका छौं। यो सबै राज्यको सम्पत्ति हो। यसले भोली कर नीति कस्तो बनाउने भन्ने विषयमा पनि प्रयोग गर्न सक्नु हुन्छ। नागरिकलाई करको दायरामा ल्याउन केही भुमिका क्यूआर पेमेन्टमार्फत पनि भएको छ।