काठमाडौं । नेपाल टेलिकमले फोरजी सेवा विस्तार गरेको चार बर्षमा ३४ लाख ग्राहक पुर्याएको छ । ०७३ बैशाखमा पहिलो पटक पोखरा र काठमाडौंमा फोरजी सेवा विस्तार गरेको टेलिकमले ०७७ को बैशाखसम्म सबै स्थानीयतहमा पुर्याउने तयारी गरेको छ ।
२०७५ माघ २० गते टेलिकमले देशभर फोरजी सेवा पुर्याउने महत्वकांक्षी योजना अघि बढाएको थियो । घोषणापछि टेलिकमले कोर नेटवर्क विस्तारमा सबैभन्दा कम रकम कबुल गरेको चिनियाँ कम्पनी जेडटीई र दुईवटा रेडियो एक्सेस नेटवर्क (¥यान)का लागि चाइना कम्युनिकेसन सर्भिसेज इन्टरनेसनल (सीसीएसआई) हङ्कङ्सँग सम्झौता गरेको थियो ।
दुवै कम्पनीसँग १९ अर्ब लगानीमा एक बर्ष भित्र देशभर चौथो पुस्ताको फोरजी सेवा विस्तार गर्ने सम्झौता थियो । तर, अहिले प्रमुख सहरीक्षेत्र तथा महानगरपालिका, उपमहानगर पालिका, नगरपालिकाकामा मात्रै फोरजी पुगेको छ । ग्रामिण क्षेत्रम फोरजीको पर्खाइमा छ । टेलिकमले बैशाखभित्र सबै स्थानिय तहमा फोरजी पुग्ने बताएपनि प्राधिकरणका कर्मचारीहरु भने विश्वस्त छैन ।
टेलिकमले अहिलेसम्म दुई हजार बढी साइटका ३ हजार ६८३ टावरमा फोरजी प्रविधि जडान गरिसकेको तथा २ सय भन्दा बढी नयाँ टावरमा फोरजी सेवा दिइसकेको छ । यसले शहरी क्षेत्रमा फोरजी पुगे पनि उच्च हिमाली भेगमा भने चुनौति छ ।
नेपाल टेलिकमका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीले अगामी बैशाख भित्रसबै स्थानीय तहमा फोरजीको पहूँच पर्र्याउने तयारी भएको बताए । उनका अनुसार उच्च हिमाली क्षेत्रमा अझै हिउँ र चिसोका कारण काममा प्रभाविति भएको हो । ‘हामी फोरजी विस्तार गरिसकेपछि जस्तोसुकै प्रतिस्पर्धा गर्नपनि तयार छौं’ अधिकारीले भने । तर, टेलिकमको फोरजी पुगेकै स्थानमा पनि ढुक्कसँग फोरजीको डेटा तथा भ्वाइस सेवा लिने अवस्था भने छैन् ।
टेलिकमका एक पुर्व प्रबन्ध निर्देशक एउटा जिल्लामा एउटा फोरजीको टावर राखेर देशभर फारजी सेवा पुग्यो भनेर प्रचार गर्नु गलत भएको बताउँछन् । उनका अनुसार एउटा टावरमा भएको फोरजी सेवाले ३ सय मिटरसम्म मात्र पुग्छ । तर, अन्य क्षेत्र फोरजी सेवा विस्तार गर्न बञ्चित रहने अवस्था सिर्जना भएको छ ।
‘सहरी क्षेत्रमा पनि दुई वा तीन ओटा टावरले झारो टार्ने काम भएको छ’ ती अधिकारीले भने ‘टेलिकमले देशभर फोरजी विस्तार गरेर ग्राहकसंगै आम्दानी बढाउने हो तर, अहिले टेलिकमले देखाउनका लागि मात्र गरेको फोरजी विस्तारको काम ६० प्रतिशत मात्र काम सम्पन्न गरेको छ ।’ बाँकी काम गर्न टेलिकमलाई दुई बर्ष लाग्ने उनको भनाई छ ।