काठमाडौं। पछिल्लो समय देशको राजधानी काठमाडौंमा आन्दोलनको माहोल चलिरहेको छ। दैनिक आन्दोलन हुँदै आए पनि हिजोआज विभिन्न माग राख्दै आन्दोलन गर्ने लहर चलेको हो।
गत १५ गते आफूलाई गणतन्त्रवादी भन्ने कित्ता र राजावादी भन्ने कित्ताबीच आन्दोलन भयो। यी दुई आन्दोलनलाई काठमाडौं जिल्ला प्रशासनले दुई ठाउँलाई निर्धारण गरेको थियो।
प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रसहित चार दल मिलेर बनेको समाजवादी मोर्चाको आन्दोलनका लागि भृकुटीमण्डप तोकिएको थियो। यता, राजावादी आन्दोलनका लागि तीनकुने क्षेत्रमा तोकियो।
मुलुककै गर्वको रुपमा स्थापित बनेको ‘जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड’को २८ करोड बराबरको सम्पत्ति आगोमा खरानी बन्यो।
गणतन्त्रवादीले गरेको आन्दोलन भव्य रुपमा सम्पन्न भएको गृह प्रशासनको दाबी थियो। तर, राजावादी आन्दोलनकारीको बितण्डा छरपष्ट बन्यो। यस आन्दोलनमा परी एक पत्रकारसहित दुई जनाले ज्यान गुमाए। तीनकुनेको एक घरमा आगलागी हुँदा रिर्पोटिङ गरिरहेका पत्रकार सुरेश रजकसहित आन्दोलनमा पुगेका युवकले ज्यान गुमाए।

राजावादी आन्दोलनका कारण अर्बौं मूल्य बराबरको भौतिक सम्पत्तिमा क्षति पुगेको छ। आफैमा बलियो अवस्था रहेको ‘सञ्चो’ उत्पादन गर्ने सरकारी संस्थान थला पर्नुपर्ने अवस्था आएको छ। मुलुककै गर्वको रुपमा स्थापित बनेको ‘जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड’को २८ करोड बराबरको सम्पत्ति आगोमा खरानी बन्यो।
यसबाहेक दजर्नौं घरमा ढुंगामुढा भए। निजी सम्पत्ति लुटपाट गरियो। यस घटनामा संलग्न भएका आरोपीहरूलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ। राजावादी आन्दोलनको जनकमाण्डर बनेका मेडिकल व्यवसायी दुर्गा प्रसाईं फरार भएका छन्। प्रहरीको टोलीमाथि गाडी चलाएर भिडलाई आक्रोश बनाएका उनको खोजी तीव्र पारिएको छ। राजावादी विचारधारा भएको पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केही नेताहरू प्रहरी हिरासतमा छन्।
बल्खुमा भएको आन्दोलनमार्फत राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री निवास बालुवाटार घेरेर खाना पानी बन्द गरिदिने चेतावनी दिए।
चैत्र १५ गतेको आन्दोलनबाट हौसिएको राप्रपाले १० दिनपछि अर्थात यही २६ गते आन्दोलन गरेको छ। बल्खुमा भएको आन्दोलनमार्फत राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री निवास बालुवाटार घेरेर खाना पानी बन्द गरिदिने चेतावनी दिए।
‘म फेरि पनि भन्छु। नसुध्रने हो भने हामी गोली चलाउँछौँ त भन्छिनँ। तर, बालुवाटार घेरेर भात-पानी बन्द गरिदिन सक्छौँ। यो कुरा याद राख,’ उनले भने। राप्रपाले आन्दोलन गर्नुको मूल एजेण्डा राजा चाहियो भन्ने हो। गणतन्त्र आएको दुई दशकपछि पूर्वराजा ज्ञानेन्द्र शाहलाई गद्दीमा राख्नुपर्ने राप्रपाको माग छ।
यता, पछिल्लो एक साता शिक्षकहरूले देशको कानुन बनाउने मूल केन्द्र संसद भवननजिकै आन्दोलन गरिरहेका छन्। विद्यार्थीहरूको परीक्षा सकेर शिक्षकहरू आन्दोलनमा उत्रिएका हुन्।

यसअघि शिक्षकहरू गत वर्ष पनि आन्दोलन गर्न काठमाडौं आइपुगेका थिए। उनीहरूले आफ्नो माग राखेर आन्दोलन गरेको वर्ष दिन पूरा हुँदासमेत सरकारले बेवस्था गरेपछि शिक्षकहरू पुनः आन्दोलनमा उत्रिएका हुन्।
शिक्षकहरू आन्दोलनमा उत्रिएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले समेत चासो व्यक्त गरेका छन्। आन्दोलन सुरु भएको छटौँ दिनमा उनले शिक्षकहरूको माग सम्बोधन गर्ने प्रतिवद्धता व्यक्त गरे।
जसले नयाँ शैक्षिक सत्र सुरु हुने अवस्थामा विद्यार्थीका भविष्य अन्योलमा धकेलिएको छ। एसईईको परीक्षा प्रकाशनमा प्रभाव पर्ने भएको छ।
‘शिक्षकहरूका मागबारे आज अर्थ मन्त्री, गृह मन्त्री, शिक्षा मन्त्री मुख्य सचिव र सचिवहरूसँग छलफल भएको छ। नेपाल शिक्षक महासंघका प्रतिनिधिहरूसँग संवादमार्फत समस्याको समाधान खोजिने छ,’ उनले भने।
शिक्षकहरूले यसअघि विं.सं. २०७५, ०७८ र ०८०मा आन्दोलन गरेका थिए। यो वर्ष शिक्षकहरू यही चैत्र २० गतेदेनि सडकमा छन्। यस वर्ष पनि उनीहरूले आफ्नो माग पूरा नहुँदासम्म आन्दोलन गर्ने चेतावनी दिएका छन्। जसले नयाँ शैक्षिक सत्र सुरु हुने अवस्थामा विद्यार्थीका भविष्य अन्योलमा धकेलिएको छ। एसईईको परीक्षा प्रकाशनमा प्रभाव पर्ने भएको छ।
यसैगरी काठमाडौंमा अर्को आन्दोलन उत्रिएका छन्, आवासीय चिकित्सक। सरकारले निजी मेडिकल कलेजमा चिकित्सा शिक्षा स्नातकोत्तर तह (पीजी) अध्ययन गरेका आवासीय चितित्सकलाई मासिक ४८ हजार रुपैयाँ निर्वाह भत्ता दिने निर्णय गरेको थियो। तर, सरकारको निर्णय लागू नभएको भन्दै आवासीय चिकित्सक विगत पाँच दिनदेखि आन्दोलित भएका छन्।

यसअघि काठमाडौंको सडकमा सहकारी पीडित उत्रिएका थिए। उनीहरू विगत दुई वर्षदेखि आफ्नो बचत फिर्ता गर्नुपर्ने माग राख्दै आन्दोलनमा छन्। महिनौँ वर्षौंदेखि भइरहेको सहकारी पीडितको आन्दोलनले सत्तादेखि प्रतिपक्ष दल हुँदै संसदमा ठूलो बहस चलेको थियो।
सरकारले सहकारी पीडितको बचत फिर्ता गर्नका लागि सयन्त्र बनाए पनि काम हुन नसक्दा पीडितहरू प्रधानमन्त्री निवास बालुवाटर घेर्न पुगेका थिए। सहकारी र लघुवित्तको बचत हिनामिना गरेर सञ्चालकहरू फरार हुँदा आन्दोलन कहिले टुंगिने हो निश्चित छैन।
आन्दोलन गर्ने पक्षले राजधानीबाहेक बाहिरी जिल्लाबाट आफ्नो समर्थन ल्याउन सहज हुने हुँदा पनि चैत्र महिना आन्दोलनको मौसम बनेको बनेको हो।
योसँगै आन्दोलनका लागि माइतीघर मण्डलामा अघोषित मञ्च हो। यहाँ हरेक दिन आन्दोलन भइरहेको हुन्छ। यसको प्रभाव कति पर्छ भन्ने यकीन हुन सकेको छैन। तर, नागरिकहरू आफ्नो माग पूरा गर्न माइतीघर पुगेका हुन्छन्।
आन्दोलनको क्रम नरोकिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले असन्तुष्ट बने। उनले भ्रष्टाचार र कमिशनतन्त्रले राजनीति र नेताप्रति जनताको वितृष्णा बढेको बताए। मधेस प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनतामा नेताहरूप्रति वितृष्णा बढेकोप्रति जनप्रतिनिधि सतर्क हुनुपर्ने बताए।
आन्दोलनको मौसम
मूलतः नेपालमा आन्दोलन नयाँ वर्षको सुरुवात हुने बेलामा भएको पाइन्छ। आन्दोलन गर्ने पक्षले राजधानीबाहेक बाहिरी जिल्लाबाट आफ्नो समर्थन ल्याउन सहज हुने हुँदा पनि चैत्र महिना आन्दोलनको मौसम बनेको बनेको हो।
खासगरी, चैत्र महिनामा गाउँमा कामको चाप हुँदैन। बाली लगाउने र भित्र्याउने मौसम नपरेको हुँदा आन्दोलनका पक्षधरले जनतालाई सहजै आन्दोलनका लागि काठमाडौं ल्याउन सक्ने भएकाले यस अवधिलाई आन्दोलनको मौसम पनि भन्ने गरिन्छ।