काठमाडौं। चिनियाँ प्रतिकार र विश्वव्यापी मन्दीको चेतावनी अझ चर्को हुँदै जाँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो कठोर भन्सार शुल्कमा अडान लिइरहेको बेला सोमबार विश्व बजार आतंकित भएको छ।
विश्वभरका देशले नयाँ अमेरिकी भन्सार शुल्कको धारलाई कम गर्न संघर्ष गरिरहेका छन्। तर, चीनले विश्वको दुई ठूला अर्थतन्त्रबीचको व्यापार युद्धलाई बढावा दिँदै भन्सार शुल्कको सामना गरिरहेको संकेत दिएको छ।
ट्रम्पले अमेरिकाका व्यापारिक साझेदारसँगको घाटामा कटौती गर्ने आफ्नो मागलाई दोब्बर तुल्याउँदै त्यो समाधान नभएसम्म कुनै सम्झौतामा कटौती नगर्ने बताएका थिए। 'कहिलेकाहीँ तपाईंले केही कुरा ठिक गर्न औषधि लिनुपर्छ,' ट्रम्पले भने।
ट्रम्पले गत हप्ता अमेरिकामा आउने सामानमा आधारभूत १० प्रतिशत आयात भन्सार शुल्क र युरोपेली संघ (इयु), जापान र ताइवानसहित धेरै देशका लागि उच्च दर घोषणा गरेका थिए। अधिकांश देशले जवाफी कारबाही गर्न छाडेका छन्। तर एसियाली बजार बन्द भएपछि चीनले शुक्रबार अप्रिल १० देखि सबै अमेरिकी सामानमा ३४ प्रतिशत प्रतिशोधात्मक भन्सार शुल्क लगाउने घोषणा गरेको छ।
'यो कठोर बल आर्थिक युद्ध हो,' एसपिआई एसेट म्यानेजमेन्टका स्टिफन इन्नेसले भने, 'बजारले तपाईंलाई सरल भाषामा भन्दैछ- विश्वव्यापी माग हराइरहेको छ, विश्वव्यापी मन्दी आउने वाला छ र तीव्रतामा आउँदै छ।'
विश्वव्यापी रूपमा खर्बौं डलरको स्टक घाटा भएको छ। जसका कारण लगानीकर्ता सुरक्षित सम्पत्तिमा सरेकाले सोमबार एसियाली इक्विटीहरूले अझ बढी क्षति बेहोरेका छन्।
जापानमा निक्केई ६ दशमलव पाँच प्रतिशतले घटेको छ। प्रारम्भिक कारोबारमा लगभग ८ प्रतिशतले घटेको थियो। हङकङमा ह्याङ सेङ लगभग १० प्रतिशत र सांघाई कम्पोजिट चार प्रतिशतभन्दा बढी घटेको छ। ताइवानको मुख्य सूचकांक करिब १० प्रतिशत र सिंगापुर ८ दशमलव पाँच प्रतिशतले घटेको छ।
न्युयोर्क स्टक एक्सचेन्जको मुख्य बोर्डका लागि फ्युचर कन्ट्र्याक्ट आइतबार तीव्र रूपमा गिरावट भएको थियो। यसले सोमबार बजार खुल्दा वाल स्ट्रिट स्टकका लागि थप गिरावट आएको थियो।
विश्वव्यापी मन्दीका कारण सन् २०२१ अप्रिलपछि पहिलोपटक अमेरिकी तेल प्रतिब्यारेल ६० डलरभन्दा तल झरेको छ।
यस कारण खराब
ट्रम्पका अर्थमन्त्री स्कट बेसेन्टले ५० वटा देशले सम्पर्क गरेको एनबिसीको मिट द प्रेसलाई बताएका छन्।
'मलाई लाग्छ कि यो राष्ट्रपति ट्रम्पको निर्णय हो,' ट्रम्पले उनीहरूसँग वार्ता गर्नुहुन्छ कि भन्ने प्रश्नमा बेसेन्टले भने, 'यस क्षणमा उहाँले आफ्नो लागि अधिकतम प्रभाव सिर्जना गर्नुभएको छ, मेरो विचारमा हामीले देशहरूले के प्रस्ताव गर्छन् र त्यो विश्वसनीय छ कि छैन हेर्नुपर्ने छ।'
सेयर बजारमा लगानीकर्तालाई ‘हामीले कहिल्यै देखेको सेयर बजारमा सबैभन्दा ठूलो बुम’को वाचा गर्दै ‘तपाईंले बेच्नु भएन भने पैसा गुमाउन सक्नुहुन्न’ भनी जोड दिएको छ।
अमेरिकामा उत्पादन बेच्ने विश्वभरका देशहरूले वास्तवमा अमेरिकीलाई ठगिरहेका छन् भनेर ट्रम्पले लामो समयदेखि बताउँदै आएका छन्। उनले त्यो गलतलाई सुधार्ने माध्यमका रूपमा भन्सार शुल्क बढाउने नीति लिएका हुन्।
'कुनै दिन मानिसहरूले बुझ्ने छन् कि भन्सार शुल्क, संयुक्त राज्य अमेरिकाका लागि, एक अत्यन्त सुन्दर कुरा हो,' ट्रम्पले आइतबार ट्रुथ सोसलमा लेखेका छन्। तर धेरै अर्थशास्त्रीले भन्सार शुल्क उपभोक्ताहरूमा हस्तान्तरण गरिन्छ र उनीहरूले घरमा मूल्य वृद्धि देख्न सक्छन् भन्दै चेतावनी दिएका छन्।