एजेन्सी । विश्वकै सर्वाधिक जनसंख्या भएको मुलुक चीनमा श्वासप्रश्वासको यो अनौठो हैजा फैलिएर घातक प्रभाव देखाउनुअघि एउटा आशलाग्दो उपायले वैश्विक अर्थतन्त्रको स्वस्थ चिन्तालाई सहज बनाएको छ ।
अमेरिका र चीन दुवैलाई क्षति पुर्याइरहेको व्यापार युद्धमा सामान्य विराम लागेको छ । अमेरिका र इरानबीच देखिएको दुस्मनी एउटा बिन्दुमा आएर अडिएको छ । युरोप सुस्त देखिए पनि, उक्त महादेशको सबैभन्दा ठूलो अर्थतन्त्र जर्मनी मन्दीको खतराबाट बाहिर आएको छ । अहिले विश्व नयाँ कुराबाट चिन्तित छ ।
चीनबाट एउटा खतरा उत्पन्न भएको छ, जुन उसको सीमाबाट पनि अनियन्त्रित भएर बाहिर गइसकेको छ । यसले एउटा ताजा त्रास पैदा गराएको छ । बजारलाई सम्पत्ति ध्वस्त बनाउने अवस्थामा पु¥याएको छ । विश्व अर्थतन्त्र अर्को समस्यामा जाने खतराको संकेत गराएको छ । विश्व भूराजनीतिमा देखिएको सहजता र व्यापार सम्झौताको फाइदालाई काउन्टर अट्याक गर्न यो नयाँ समस्या उत्पन्न भएको छ । विश्व व्यपारलाई घँुडा टेक्न नयाँ कारण दिएको छ ।
गत ९ फेब्रुअरीमा एसिया हुँदै युरोपदेखि उत्तरी अमेरिकासम्म लगानीकर्ताहरु स्टक एक्सचेन्जप्रति उदासीन रहेका थिए । लगानीकर्ताले आफ्नो पु“जीलाई आफ्नै सुरक्षित ठाउँमा थान्को लगाएर येन, डलर र सुनको मूल्यलाई माथि पु¥याएका थिए । यस्तै कमजोर अर्थतन्त्रमा तेलको खपत घट्ने त्रासमा तेलको मूल्यलाई गिराएका थिए ।
एक अर्ब ४० करोड जनसंख्या भएको मुलुकमा देखापरेको बढ्दो संकटलाई दृष्टिगत गर्दै पैसामा यस्तो प्रकारको नियन्त्रण हुन आएको हो । वैश्विक अर्थतन्त्रमा प्रमुख भूमिका खेल्ने उपभोक्ता र व्यवसायको मुलुक चीनले अहिले जोखिमप्रतिको आफ्नो एक्सपोजरलाई घटाउने बाटो खोजिरहेको छ ।
९ फेब्रुअरीसम्म चीनमा ९ सयभन्दा धेरै मानिसको मृत्यु भइसकेको छ । चीनमा मात्र ४५ सयभन्दा धेरै जना यो संक्रमणबाट प्रभावित भएका छन् । यस अलावा हङकङ, जापान, मकाउ, मलेसिया, नेपाल, सिंगापुर, दक्षिण कोरिया, ताइवान, थाइल्यान्ड र भियतनाममा पनि यो रोगको प्रकोप देखा परिसकेको छ भने क्यानडा, अस्ट्रेलिया र अमेरिकामा पनि देखिन थालेको छ ।
चीनले यस्तो प्रकारको संवेदनशील सूचनालाई लुकाएर मानिसमा जानकारी पुग्न दिएको थिएन । इन्भेस्टेक, लन्डनस्थित एक स्पेसलिस्ट बैंकका प्रमुख अर्थशास्त्री फिलिप स भन्छन्, ‘यो महामारीबीच वैश्विक अर्थतन्त्रले कसरी काम गर्छ भन्ने कुरा अनिश्चित छ ।’
यो महामारीको गाम्भीर्य, यसले फैलिने क्षेत्र र रहने अवधिले वैश्विक अर्थतन्त्रमा पर्ने प्रभावलाई निर्धारण गर्ने उनी बताउँछन् । तर, यी तीनै कुराको उत्तर अहिले कोहीसँग छैन ।
जापान र युरोपको स्टक बजार दुई प्रतिशतले गिरेको छ । न्युयोर्कको एस एन्ड पी ५०० इन्डेक्स पनि १.६ प्रतिशतले ओरालो लागेको छ । चीनमा बिक्री निर्भर भएका कम्पनीहरुको स्टक बजार सहजै प्रभावित हुने देखिएको छ । चीनको विशेष प्रशासनिक क्षेत्र मकाउको ग्याम्बलिङ हेभनमा क्यासिनो सञ्चालन गर्ने वायन रिजर्टको आर्थिक क्रियाकलाप ८ प्रतिशतले ओरालो लागेको छ ।
हाल देखिएको कोरोना भाइरसले २००२ देखि २००३ को बीचमा देखापरेको सिभर एक्युट रेस्पिरेटरी सिन्ड्रोम एसएआरएसको झल्को दिएको छ । उक्त रोगबाट तत्कालीन समय ८ सय जना मानिसको मृत्यु भएको थियो ।
वासिङ्टनस्थ्ति पिटरसन इन्स्टिच्युट फर इन्टरनेसनल इकोनोमिक्सका वरिष्ठ प्राज्ञ तथा चीनविज्ञ निकोलस आर लार्डी भन्छन्, ‘धेरै तरिकाले यी दुई उस्तै देखिन्छन् । केसको संख्या तीव्र बढिरहेको हामीले देख्दै आइरहेका छौँ । अस्पतालमा मानिस भरिभराउ छन् । लक्षण राम्ररी परीक्षण गर्न पाइरहेको छैन । यो केस अझै धेरै थपिँदै जाने देखिएको छ ।’
एसएआरएस प्रकोप फैलिँदा त्यसले चिनियाँ अर्थतन्त्रलाई उल्लेखनीय रुपमा सुस्त बनाएको थियो । २००३ को दोस्रो चौमासिक अवधिमा अघिल्लो वर्षको ११.१ वृद्धिदरको तुलनामा ९.१ प्रतिशतमा वार्षिक वृद्धि दरलाई झारेको अक्सफोर्ड इकोनोमिक्सको इन्डिपिन्डेन्ट रिसर्चले बताएको छ ।
हालको कोरोना प्रकोप चिनियाँको लुनार न्यु यरसँग जुध्न गयो जब करोडौ“ चिनियाँ नागरिक छुट्टी मनाउन आफ्ना आफन्त तथा नातागोताकहाँ गइरहेका थिए ।
यो भाइरसको प्रकोपलाई रोक्न चिनियाँ सरकारले हवाई, रेल तथा सडक यातायात सञ्जाललाई बन्द गरिदिँदा यसले होटल, रेस्टुरेन्ट तथा पर्यटन सम्बद्ध व्यवसायलाई धेरै ठूलो असर पु¥याएको छ ।
केही अर्थशास्त्रीहरु यो प्रभाव चाँडै नै हराएर जाने र यसले केही महिनाभित्रै उपभोक्ता अर्थतन्त्रलाई पुनरावृत्त गराउने अनुमान गर्छन् । २००३ मा पनि केही यस्तै भएको थियो ।
अक्सफोर्ड इकोनोमिक्सको हङकङ आधारित एसिया अर्थतन्त्रका प्रमुख लुइस कुजिस भन्छन्, ‘हाम्रो बेसलाइन भनेको कोरोनाको ठूलो प्रभाव हुनेछ तर यो तुलनात्मक रुपमा छोटो समय रहनेछ ।’
एउटा आशालाग्दो दृष्टिबाट हेर्दाचाहिँ चिनियाँ सरकारले प्रकोप उत्पन्न भएको वुहानलाई प्रभावकारी रुपमा क्वारेन्टाइन गरेर आर्थिक क्षति रोक्ने अपेक्षा गर्न सकिन्छ । १ करोड १० लाख जनसंख्याको वुहान र हुवेई राज्यका केही भाग चिनियाँ सरकारले क्वारेन्टाइन गरेर प्रकोपमाथि आक्रामक प्रतिक्रिया दिएको छ ।
तर वुहान उद्योगहरुको हब हो, जसलाई चीनको सिकागो पनि भनिन्छ । वुहानमाथिको क्वारेन्टाइनले राष्ट्रिय अर्थतन्त्रमा ‘क्वारेन्टाइन’ को प्रभावलाई तीव्र बनाएको छ ।
ल्यार्डी भन्छन्, ‘यो अकल्पनीय छ । यसको आर्थिक प्रभाव एसएआरएसको भन्दा धेरै हुन सक्छ । वुहान प्रमुख औद्योगिक सहर हो । यदि वुहान बन्द हुने हो भने यसले ठूलो प्रभाव पार्नेछ ।’
चीन सरकारले लुनार न्यु इयरको बिदालाई तीन दिन बढाएको छ । यससँगै उसले उद्योगमा काम गर्ने श्रमिकलाई नफर्कन उर्दी जारी गरेको थियो । यसले उत्पादनमा ठूलो प्रभाव पारेको थियो । सांघाई नजिक रहेको प्रमुख औधोगिक सहर सुझाउले फेब्रुअरी ८ तारिखसम्म बिदा लम्बाएको थियो ।
विश्व अर्थतन्त्रको एक तिहाइ स्रोत रहेको चिनियाँ अर्थतन्त्रमा भएको यो मन्दीको प्रभाव व्यापक पर्ने अनुमान गरिएको छ ।
सबैभन्दा धेरै चीनका छिमेकी मुलुक, जसको अर्थतन्त्र चिनियाँ पर्यटकमा निर्भर हङकङ, फिलिपिन्स, सिंगापुर, थाइल्यान्ड र भियतनामजस्ता मुलुकमा यसको प्रभाव धेरै पर्ने देखिएको छ । बितेको सातामा चीनले आफ्ना नागरिकको विदेश भ्रमणलाई रोकेको थियो ।
यदि चिनिया“ उद्योगमाथि यातायातजस्ता क्षेत्रमा हुने थप प्रतिबन्ध लागू गर्ने हो भने त्यसले औद्योगिक उत्पादनलाई सीमित बनाउनेछ । त्यो वैश्विक घटना हुनेछ । यसले अस्ट्रेलियाको फलाम खानीलाई क्षति पु¥याउनेछ । यस्तै, चीनमा कच्चा पदार्थ पठाउने भारतलाई पनि यसले प्रभाव पार्नेछ । मलेसिया र दक्षिण कोरियामा निर्माण हुने कम्प्युटर चिप्स र ग्लास प्यानल डिस्प्लेको बिक्रीलाई पनि यसले सीमित गराउनेछ ।
यसले जर्मनीमा उत्पादन हुने फ्याक्ट्री मेसिनरी बिक्रीलाई पनि कटौती गर्नेछ र चेक रिपब्लिक, हंगेरी र पोल्यान्डमा निर्माण हुने अटो पार्ट्स पनि घटाउनेछ । यस्तै, यसै महिना चीनसँगको व्यापार सम्झौतामा एउटा सहमतिको बुँदा रहेको अमेरिकाबाट थप कृषि वस्तु खरिद गर्ने सम्झौता पनि प्रभावित हुनेछ ।
चीन अहिले दशककै सुस्त आर्थिक वृद्धिमा अडिएको छ । चीनबाट निर्यात हुने सेवा र वस्तुमा भएको कटौतीले विभिन्न रोजगारीका क्षेत्रमा पनि असर पार्ने त्रास अहिले उत्पन्न भएको छ ।
चीनले अहिले आफनो संरचनागत तरिकामा सुस्तता ल्याइरहेको लन्डनस्थित हर्मिस इन्भेस्टमेन्ट म्यानेजमेन्टका वरिष्ठ अर्थविद सिल्भिया डाल एंगेलो बताउ“छन् । वृद्धिदर सुस्ताएको अवस्थामा वैश्विक अर्थतन्त्र पनि कमजोर देखि“दै गएको छ ।
तत्कालीन समय एसएआरएसको महामारी फैलिँदा चिनियाँ सरकारले अर्थतन्त्रलाई चलायमान बनाउन ठूला पूर्वाधारमा लगानी हुने क्रेडिटको मात्रालाई ह्वात्तै बढाएको थियो । तर यो समय चीनले जतिसुकै क्षतिको सामना गरिरहे पनि बढ्दो सार्वजनिक ऋणका कारण सरकारले यो महामारीलाई प्रतिक्रिया दिने आप्mनो चाहना सीमित राखेको छ ।
चीनविज्ञ लार्डी भन्छन्, ‘अहिले यहाँ धेरै बाधा छ । नेतृत्वले वित्तीय जोखिम घटाउन चाहेको भने पनि मानिसले नजरअन्दाज गर्दै आइरहेका छन ।
वैश्विक लगानीकतारु यो परिदृश्यलाई मापन गर्ने प्रयास गरिरहेका छन । तर चीनमा एउटा सदैवको समस्या के छ भने त्यहाँ सूचना अपर्याप्त पाइन्छ । प्रशासनमाथिको विश्वास पनि त्यहाँ कमी नै छ ।
यसअघि एसएआरएसको महामारी फैलिँदा पनि सरकारले उक्त भाइरसको फैलिएको विषयलाई स्वीकारेको थिएन । अझ स्थानीय सरकारले त्यस्ता घटनालाई लुकाएका थिए ।
यसपटक सरकार सतर्क बनेको छ । यो संकटलाई खुल्ला रुपमा समाधान गर्नतर्फ उन्मुख भएको छ । राष्ट्रपति सी चिनफिङले खतरालाई सार्वजनिक रुपमै स्वीकार्दै, स्थानीय सरकारलाई रिपोर्ट नलुकाउन चेतावनी दिएका छन् । तर अहिलको संकटको अवस्थामा अपर्याप्त सूचनाको उपलब्धतालाई खराब समाचारको रुपमा हेरिएको छ ।