टर्किस एयरलाइन्स नेपाल र युरोपलाई जोड्ने एक मात्र एयरलाइन्स हो । टर्किस एयर नेपाल भ्रमण वर्ष–२०२० को आधिकारिक एयरलाइन्स पनि हो । सन् २०१३ बाट नेपाल उडान गर्दै आएको टर्किसले नेपालसहित ३ सय २० वटा गन्तव्यमा उडान भर्दै आएको छ । पछिल्लो समय नेपालमा हवाई इन्धन महँगो भएको भन्दै टर्किसले सेवा बन्द गर्ने चेतावनी दिँदै आएको छ । टर्किस सेवा र हवाई भाडाका विषयमा केन्द्रित रहेर टर्किस एयरलाइन्स नेपालका महाप्रबन्धक अब्दुल्ला टुयुन्सर क्यासीसीसँग गरिएको कुराकानी :
नेपालमा टर्किस एयरलाइन्सको उडान अनुभव कस्तो रहेको छ ?
हामीले नेपालमा सन् २०१३ सेप्टेम्बर १३ देखि निरन्तर उडान गर्दै आएका छौ“ । खुसी छौ“ किनकि हामीले नेपालको पर्यटन क्षेत्रमा निरन्तर सेवा पु¥याउ“दै आएका छौ“ । एक्लो युरोपियन यात्रु बोक्ने विमान कम्पनी भएकाले हामीले नेपालमा युरोपलगायत ३ सय २० गन्तव्यबाट विदेशी पर्यटक भित्र्याएका छौ“ ।
हवाई इन्धन र ग्राउन्ड ह्यान्डलिङको चर्को मूल्यले गर्दा हवाई भाडा बढी लिएको भन्ने गर्नुहुन्छ ? इन्धन र ग्राउन्ड ह्यान्डलिङकै कारण भाडा महँगो गरेको भन्न मिल्छ ?
चर्को मूल्यले हवाई क्षेत्रमा सकारात्मक परिणाम कहिल्यै दिँदैन । वायुसेवा कम्पनीले सहज रुपमा सेवा सञ्चालन गर्नुपर्छ र छिमेकी मुलुकको तुलनामा महँगो शुल्कमा सेवा सञ्चालन गर्न हुँदैन । हवाई सेवा विदेशी पर्यटक ल्याउने मात्र नभई विदेशी मुलुकमा छिटो व्यापार गर्ने माध्यम पनि हो ।
एयरलाइन्सले नेपाल उडानबाट आफ्नो कम्पनीको सञ्चालन खर्चसमेत नउठाइरहेका बेला उडान गरेर नेपालको पर्यटन क्षेत्रमा महङ्खवपूर्ण भूमिका खेल्दै आएको छ । २०१३ मा नेपाल र टर्कीबीच सुरु भएको हवाई उडानले दुई मुलुकबीचको व्यापार पाँच गुणा बढेको छ । टर्कीमा मात्र नभएर, टर्किस एयरलाइन्सले सेवा दिएका अन्य मुलुकसँगको व्यापार पनि बढ्दो छ । हवाई सेवामार्फत व्यापार गर्दा केही महँगो पर्ने भए पनि अवसर धेरै खुला भएका छन ।
नेपालमा हवाई उडानका लागि के–के समस्या रहेको देख्नुहुन्छ ?
सञ्चालन खर्च कम गर्न हवाई इन्धन र ग्राउन्ड ह्यान्डलिङको मूल्य कम गर्नुपर्छ । यसका लागि केही पहल भइरहेका छन् । हामी आशावादी छौँ, सरकार र सम्बन्धित निकायले यस विषयलाई गम्भीरतापूर्वक लिई चाँडै सकारात्मक निर्णय गर्नेछन् ।
नेपाल भ्रमण वर्ष–२०२० को प्रवद्र्धनका लागि टर्किस एयरलाइन्सले आफ्नो भूमिका कसरी वहन गर्छ ?
युरोपबाट नेपालमा वायुसेवा सेवा प्रदान गर्ने एक मात्र एयरलाइन्स भएकाले भ्रमण वर्ष–२०२० मा हामीले महङ्खवपूर्ण भूमिका निर्वाह गर्छौं । सबैभन्दा बढी गन्तव्य र सबैभन्दा बढी देशमा उडान गर्ने कम्पनी भएकाले पनि हामीमाथि भ्रमण वर्षको जिम्मेवारी अरुको भन्दा बढी छ । पर्यटनका लागि सञ्जाल (कनेक्टिभिटी) सबैभन्दा महङ्खवपूर्ण कुरा हो । हामी सञ्जालका हिसाबले अब्बल छौ“ । त्यसैले धेरैभन्दा धेरै पर्यटक ल्याउन हाम्रो कोसिस रहनेछ ।
नेपाल सरकारले नेपालको पर्यटन प्रवद्र्धन गर्न के कुरा परिवर्तन गर्नुपर्छजस्तो लाग्छ ?
आफ्नो मुलुकको प्रवद्र्धन कसरी गर्ने भन्ने कुरा हामीले भन्दा पनि सरकार आफैँले जिम्मेवारी लिने कुरा हो । तर, हामी पनि नेपालको पर्यटन प्रवद्र्धनमा सहयात्री हौ“ भन्ने अनुभूति नेपाल सरकारले दिनुपर्छ । यस विषयमा हामीले धेरै पटक सम्बन्धित पक्षसँग बैठक र छलफल गरेका छौ“ । पर्यटन तथा हवाई सेवा प्रवद्र्धनका लागि के राम्रो हुन सक्छ भनेर सल्लाह दिइरहेका छौँ ।
नेपाल पर्यटनका लागि ठूलो सम्भावना भएको मुलुक हो । धेरै कुराको सकारात्मक परिवर्तनका लागि दीर्घकालीन योजना हुनुपर्छ । र, यसका लागि छिटोभन्दा छिटो सरकारी संयन्त्रले नै पहल थाल्नुपर्छ । अथवा, मुलुकमा रहेका र बाहिरका सरोकारवाला पक्षलाई यसको हिस्सा बन्ने गरी नेपाल सरकारले काम गर्नुपर्छ ।
नेपाल उडानका लागि टर्किस एयरलाइन्सको आगामी रणनीति के हुन सक्छ ?
टर्किस एयरलाइन्स टर्कीको राष्ट्रिय ध्वजावाहक एयरलाइन्स हो । टर्किसले उडान भरेका क्षेत्रमा सम्बन्धित देश, संस्कृति, स्थानीय, व्यवसायीबीच ‘पुल’ को काम गर्ने रणनीति अँगाल्दै आएको छ । टर्किस एयरलाइन्सले आफ्नो उडानमा दीर्घकालीन वृद्धिमा जोड दिँदै आएको छ । हामी नेपालको पर्यटन अभिवृद्धिका लागि निरन्तर लागिपर्छाैं ।
नेपालको पर्यटन बढाउन हामी हिस्सेदार हुने नै छौँ । नेपालसँग प्राकृतिक सुन्दरता छ । अद्भुत हिमाल छन् । हँसिला मान्छे छन् । संस्कृतिमा मुलुक धनी छ । विश्वभर नेपालको सुन्दरता र मनमोहक प्राकृतिक छटाको बयान गर्न टर्किस एयरलाइन्स पछि पर्दैन ।