काठमाडौं। अप्टिकल व्यवसायी संघ नेपालले अप्टिकल व्यवसायीको विशेष भेला आयोजना गरेको छ। आज पत्रकार सम्मेलन गरी आगामी चैत २३ गते चाबहिलको स्मार्ट प्यालेसमा अप्टिकल व्यवसायीको विशेष भेला आयोजना हुने जानकारी गराइएको हो।
भेलाले काठमाडौं र वरपरका अप्टिकल व्यवसायी, आपूर्तिकर्ता र नेत्र-स्वास्थ्य विशेषज्ञहरुलाई एउटै मञ्चमा ल्याउने आयोजकको विश्वास रहेको छ। अप्टिकल व्यवसायी महासंघले नेपालको अप्टिकल उद्योगलाई व्यावसायिक रूपमा सुदृढ बनाउने, नवीनतम प्रविधि तथा उत्पादनहरूको प्रवद्र्धन गर्ने र व्यवसायिक दक्षता अभिवृद्धि गर्ने लक्ष्य लिएको छ।
भेलामा विशेषज्ञहरूले सेमिनार र कार्यशाला सञ्चालन गर्ने, सदस्यता प्रमाणपत्र वितरण गरिने, व्यापार रणनीति, ग्राहक सेवा र बजार प्रवृत्तिहरूमा प्रशिक्षण दिइने बताइएको छ।्
त्यस्तै, भेलाबाट व्यावसायिक नेटवर्किङको अवसर र सहकार्य विस्तारको अपेक्षासमेत लिइएको छ। उत्पादन प्रदर्शनी र लाइभ डेमो, नवीनतम प्रविधि तथा उच्च गुणस्तरका उत्पादनको प्रत्यक्ष अवलोकना, प्यानल छलफल, उद्योगका नीतिगत विषय, व्यवसायको दिगोपन, र भविष्यका अवसरहरूबारे अन्तरक्रिया हुने बताइएको छ।