काठमाडौं। बिवाईडी एसिया प्यासिफिक-२०२५ डिलर कन्फ्रेन्समा 'साइमेक्स इंक' सम्मानित भएको छ। नेपालका लागि बिवाईडी गाडीको आधिकारिक वितरक साइमेक्स इंक चीनको सेन्झेनमा सम्पन्न बिवाईडी एसिया प्यासिफिक २०२५ डिलर कन्फ्रेन्समा प्रतिष्ठित पुरस्कारबाट सम्मानित भएको हो।
कनेक्टेड, इन्स्पायर्ड, युनाइटेड थिममा आयोजित उक्त कार्यक्रममा एसिया प्यासिफिक क्षेत्रमा उत्कृष्ट कार्य गरेका पार्टनरलाई अभूतपूर्व योगदानका लागि सम्मानित गरिएको थियो। नेपालमा दिगो मोबिलिटीलाई अगाडि बढाउन नेतृत्व लिएवापत साइमेक्स इंक विभिन्न प्रतिष्ठित पुरस्कारबाट सम्मानित भएको छ।
साइमेक्स इंकले अल ब्रान्ड टप सेल्स अवार्ड, एसिया प्यासिफिक आउटस्ट्यान्डिङ स्ट्राटेजिक पार्टनर अवार्ड, २०२४ एक्सिलेन्ट पार्टनर अवार्ड र टप २० स्टोर अवार्ड प्राप्त गरेको छ। साथै, बिक्री कार्यमा असाधारण उपलब्धिका योगदान गरेवापत लुज महर्जन, निराजन खनाल र सनम शेखले टप सेल्स अवार्ड प्राप्त गरेका छन्।
नेपालमा बिवाईडीलाई सफल बनाउन महत्वपूर्ण भूमिका खेल्ने डिलर नेटवर्कको उपलब्धिमा समेत साइमेक्स इंक सहभागी बनेको थियो। यसअनुसार बिवाईडीको दाङका लागि आधिकारिक डिलर टिम एलेभेन ईभी वल्र्ड प्रालिले २०२४ आउटस्ट्यान्डिङ मार्केटिङ डिलर अवार्ड प्राप्त गर्यो।
चितवनको डिलर युरो अटो ग्रिन प्रालिले २०२४ एक्सिलेन्ट पार्टनर अवार्ड र विरगञ्ज डिलर निरज अटोमोबाइल्लले २०२४ बेस्ट सेल्स ग्रोथ डिलर अवार्ड प्राप्त गरेका छन्। यी प्रतिष्ठित पुरस्कार नेपालमा भएका साइमेक्स टिम डिलर पार्टनरको समर्पण र कडा परिश्रमका प्रतीकको रुपमा रहेको साइमेक्स इंकका अध्यक्ष अनिल श्रेष्ठले बताएका छन्।
‘ईभी क्रान्तिमा हामीले नेतृत्व लिइरहेको अवस्थामा आगामी दिनमा हाम्रा ग्राहकलाई नवप्रवर्तन र दिगो मोबिलिटी समाधान उपलब्ध गराउने कार्यमा हामी प्रतिबद्ध छौँ,’ उनले भने, ‘बीवाईडीले कडा परिश्रमलाई पहिचान गरेकोमा गर्व र कृतज्ञ महसुस गरेको छु।’