काठमाडौं। डिजिटल भुक्तानीको करिब ८० प्रतिशत व्यवसाय ओगटेको फोन पेमार्फत एक दिन १० लाखभन्दा बढी क्यूआर कारोबार भएको छ।
कोरोना कालपछि नेपालमा सुरुवात भएको डिजिटल कारोबार प्रचलन अहिले दैनिक १० लाख बढी भएको फोनपे पेमेन्ट सर्भिसमा चिप अप्रेरिङ अफिसर (सिओओ) पारस कुँवरले बताए।
‘फोने पेको ३० मार्च २०२५ मा १ मिलियन क्यूआर भुक्तानीको गरेको छ, यो अहिलेसम्मकै सबैभन्दा बढी हो, यो कीर्तिमान तोडेर नयाँ कायम गर्ने चुनौती हामीलाई छ,’ कम्पनीका सिओओले क्यपिटल नेपालसँग भने, ‘अब समाज पूर्ण नगदरहित कारोबारमा अघि बढ्न थालेको छ, हामी अबको एक वर्षमै यसको दोब्बर कारोबार गर्न सक्छौँ भन्ने विश्वास छ।’
ग्राहकले फोन पेमार्फत् मार्च ३० अर्थात् चैत १७ गते २ अर्ब ६२ करोड ८ लाख ४५ हजार रुपैयाँ बराबरको १० लाख २ हजार ७०२ वटा क्यूआर कारोबार गरेका हुन्। जसमध्ये ७६ लाख रुपैयाँ बराबरको ३ हजार ३ सय वटा भारतीय पर्यटकले युपि पेमार्फत् फोन पे क्यूआर स्क्यान गरेका हुन्।
अहिले साना पसलदेखि ठूला मल, होटेललगायतका स्थानमा डिजिटल माध्यमबाट मानिसहरूले कारोबार गर्न थालेको हुँदा नेपालको डिजिटल भुक्तानीले फड्को मार्न सकेको उनको भनाइ छ।
नेपाल राष्ट्र बैंकले नगदरहित कारोबारलाई प्रोत्साहन गर्दै गरेको विभिन्न नीतिगत व्यवस्थाको कारणले फोन पेलाई कारोबारमा कीर्तिमान कायम गर्न सहज भएको उनको भनाइ छ।
‘हिजोको रिपोर्ट आज मात्रै रिपोर्टिङको क्रममा थाहा भएको हो, आजभन्दा ५ वर्षअघि दैनिक २५/३० हजार रुपैयाँ कारोबारबाट सुरु भएको आज दैनिक २ अर्ब बढी १० लाख वटा पुग्नु भनेको नेपालले डिजिटल भुक्तानी फाड्को मारेको हो, यसको सम्भावना अझै धेरै छ,’ उनले भने।
नेपाल राष्ट्र बैंकले नगदरहित कारोबारलाई प्रोत्साहन गर्दै गरेको विभिन्न नीतिगत व्यवस्थाको कारणले फोन पेलाई कारोबारमा कीर्तिमान कायम गर्न सहज भएको उनको भनाइ छ।
नेपालमा २०७७ साल माघदेखि फोन पेमार्फत् क्यूआर कारोबार सुरु भएको हो। फोन पेमार्फत आर्थिक वर्ष २०७७/७८ मा २० अर्ब २२ करोड रुपैयाँ ५४ लाख वटा, आव २०७८/७९ मा ९४ अर्ब १ करोड रुपैयाँ बराबरको २ करोड ६५ लाख वटा, आव ०७९/८० मा २ खर्ब ३२ अर्ब ४४ करोड रुपैयाँ बराबरको ७ करोड ७४ लाख वटा, आव ०८०/८१ ४ खर्ब ४६ अर्ब १८ करोड रुपैयाँ बराबरको १६ करोड ४२ लाख वटा र आव २०८१/८२ को फागुन मसान्तसम्म ४ खर्ब ४४ अर्ब रुपैयाँ बराबरको १७ करोड २० लाख वटा क्यूआर कारोबार फोनपे मार्फत् भएको छ।