काठमाडौं। नेकपा एमालेबाट विभाजित भई २०७८ भदौ २ मा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालकाे नेतृत्वमा नेकपा एस दर्ता भएपछि पानी बाराबारको अवस्थामा दुई पार्टीबीचको द्वेष हट्ने संकेत देखिएको छ।
नेकपा एसलाई पार्टीको मान्यता नै नदिएका प्रधानमन्त्री केपी शर्मा ओली आज पहिलोपल्ट तीनकुनेस्थित नेकपा एसको पार्टी कार्यालय पुगेपछि एमालेसँगको सम्बन्धन पुनः ब्युँतिने संकेत देखिएको हो।
प्रधानमन्त्री ओली आइतबार दिवंगत वरिष्ठ पत्रकार तथा लेखक कमल कोइरालालाई अन्तिम श्रद्धाञ्जली दिन नेकपा एसको मुख्यालय पुगेका हुन्। स्व. कमल मातृकाप्रसाद कोइरालाका छोरा हुन्। कोइराला नेकपा एसप्रति सहानुभूति राख्थे।
प्रधानमन्त्री ओली पार्टी मुख्यालय पुग्दा नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, महासचिव घनश्याम भुसाललगायतका नेता उपस्थित थिए।
ओलीले उनीहरूसँग केही बेर बात मारे। कार्यालयभित्र पसेर चैत १५ मा राजावादी समूहबाट भएको आगजनीले पुर्याएको क्षतिको पनि अवलोकन गरेको कार्यालय सचिव रामकुमार भट्टराईले बताए।
प्रधानमन्त्री ओलीले घिसिङ बर्खास्तीबारेको विषय अदालतमा मुद्दा परिसकेकाले यसबारे थप चर्चा र बहस गर्न उपयुक्त नभएको बताए। प्रधानमन्त्रीले कुनै पनि कर्मचारीबाट विभागीय मन्त्रीले लोयल्टी फिल गरेन भने चेन अफ कमान्डले काम नगर्ने सुनाए।
विभागीय मन्त्रीले कर्मचारीबाट लोयल्टी फिल नगर्ने अवस्थामा सरुवा गर्ने, जगेडामा राख्ने, स्पष्टीकरण माग्ने, नसिहत–चेतावनी दिने वा पदमुक्त गर्नेसम्म काम यसअघि पनि भएका र अहिले पनि त्यही भएको उनको भनाइ छ।