काठमाडौं। दुई पांग्रे सवारीसाधन ब्रान्ड केटीएमले नयाँ फ्ल्यागशिप शोरुम सञ्चालनमा ल्याएको छ। केटीएमले नक्सालमा नयाँ शोरुम सञ्चलानमा ल्याएको हो।
केटीएम मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता हंशराज हुलाशचन्द एण्ड कम्पनीले ट्रायम्फ मोटरसाइकलको सोरुमसँगै केटीएमको नयाँ शोरुम सञ्चालनमा ल्याएको हो। यसअघि पनि कम्पनीले नक्सालमै सामान्य सोरुमबाट बिक्री सेवा दिँदै आएको थियो।
कम्पनीका अनुसार केटिएम बाइकको सोरुम १८ वटा पुगेको छ। कम्पनीका प्रबन्ध निर्देशक अभिमन्यू गोल्छाले चाँडै नेपाली बजारमा केटीएम ३९० एड्भेन्चर÷इन्ड्यूरो मोटरसाइकल बिक्री सुरू गर्ने तयारी थालेको बताएका छन्। निकट भविष्यमै केटीएमका विग बाइकहरु नेपाल आउने उनको भनाइ छ।
कम्पनीका अनुसार केटीएमको साहसी पहिचान र प्रिमियम ब्रान्ड छविलाई झल्काउने गरी यो शोरुम डिजाइन गरिएको छ। यो शोरुम नेपालमा मोटरसाइकल खुद्रा अनुभवमा नयाँ मापदण्डको रुपमा स्थापित भएको कम्पनीको दाबी छ। उद्घाटन कार्यक्रममा केटीएम राइडरहरु, ब्रान्डका शुभेच्छुकहरु र विशिष्ट अतिथिहरुको उल्लेखनीय सहभागिता रहेको कम्पनीले जनाएको छ।
यो शोरुमले ग्राहकलाई नयाँ स्तरको सेवा प्रदान गर्ने लक्ष्य राखेको छ। यसमा केटीएमका नयाँ मोडलहरुको अवलोकनदेखि जेन्युन एसेसरिजहरु, एक्सपर्ट सर्भिसिङ र राइडर केन्द्रित सपोर्ट प्रणालीजस्ता सुविधा छन्। यसमा मोटरसाइकल बिक्री र सर्भिसिङ मात्र नभई केटीएम समुदायका लागि कार्यक्रम, टेस्ट राइड इभेन्टहरु, प्राविधिक सत्र र विशेष राइडर गतिविधिहरु समेत आयोजना हुने बताइएको छ।
हंशराज हुलाश चन्द एण्ड कम्पनीले २०० सीसीदेखि ३९० सीसीसम्मका मोटरसाइकल नेपाली बजारमा बिक्री गर्दै आएको छ। कम्पनीले बिक्री गर्ने सबै मोटरसाइकल बीएस ६ इन्जिनका छन्।
नेपालमा बजारमा केटीएम डूक २००, केटीएम आरसी २००, केटीएम डूक ५५० जेन ३, केटीएम आरसी ३९०, केटीएम आरसी ३९०, केटीएम डूक ३९०, केटीएम २५० एड्भेन्चर र केटीएम ३९० एड्भेन्चर मोडलको मोटरसाइकल बिक्री हुँदै आएको छ।