काठमाडौं। राजावादी राष्ट्रिय प्रजातन्त्र पार्टीसहित मुख्य प्रतिपक्ष नेकपा माओवादीका कारण आइतबार अवरुद्ध संसद् बैठक आज पनि बस्ने कार्यसूची संसद् सचिवालयले सार्वजनिक गरेको छ।बैठक बिहान ११ बजेका लागि बोलाइएको छ।
आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विद्युत् प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङ हटाउनुको कारणबारे प्रतिनिधिसभा बैठकमा माओवादी माग पूरा गर्नेछन्।
यसअघि बिहीबार, शुक्रबार र आइतबारको बैठक माओवादीसहितका प्रतिपक्षीले अवरोध गरेका थिए। नेकपा माओवादी केन्द्रले घिसिङ प्रकरणमा प्रधानमन्त्रीको जवाफ माग्दै संसद् अवरुद्ध गरेको छ।
आजको बैठकमा बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरर्ने, पूर्वाधार विकास समितिका सभापति दिपकबहादुर सिंहले जलस्रोत विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८१ पे; गर्ने, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८१ पे; गर्नेलगायत कार्यसूची छ।
प्रधानमन्त्री ओलीले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन सहितको संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।
यस्तै, संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव प्रधानमन्त्रीले नै प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयको सूचनामा उल्लेख छ।