काठमाडौं। नेपालकै अग्रणी अनलाइन किनमेल प्लेटफर्म दराज नेपालले बहुप्रतिक्षित ४.४ नववर्ष उत्सवको घोषणा गरेको छ । चैत २२ देखि १३ गतेसम्म बहुप्रतिक्षित ४.४ नव वर्ष उत्सव सञ्चालन हुने कम्पनीले जनाएको छ।
दराजको फ्ल्याश सेलमा ७० प्रतिशतसम्म छुट र १ करोड बराबरको भौचर तथा निःशुल्क डेलिभरी सुविधा रहने बताएको छ। उक्त सेलले ग्राहकलाई किनमेलको नयाँ अनुभव प्रदान गर्ने कम्पनीको विश्वास छ। उत्सव अवधिभर ग्राहकले हरेक दिन फ्ल्याश सेलमार्फत विभिन्न क्याटेगरी तथा सेटाफिल, मसलब्लेज, एईवीबी, ह्रोटो, माइक्रोलाइफ, एक्स—एज, ब्ल्याकशार्कलगायत साझेदार ब्रान्डमार्फत ७० प्रतिशतसम्म छुट पाउने कम्पनीले बताएको छ।
समित अवधिका लागि मात्र उपलब्ध हुने उक्त अफरहरू हरेक दिन अपडेट गरिने भएकाले ग्राहकलाई दराज एपको फ्ल्याश सेल सेक्शन विशेषरुपमा नियाल्दै मौकाको फाइदा उठाउन कम्पनीले अनुरोध गरेको छ। यस्तै, ४.४ सेलमा डिजिटल पूर्वभुक्तानीमा दराजले उपभोक्ताका लागि ७५० सम्मको छुट सुविधा उपलब्ध गराउने छ। यसका लागि दराजले नबिल बैंक, हिमालयन बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, सिटिजन्स बैंक, नेपाल बैंक, नेपाल एसबीआई बैंक, ज्योति विकास बैंक, महालक्ष्मी विकास बैंक तथा गरिमा विकास बैंक गरी ९ ओटा बैंकसँग सहकार्य गरेको छ।
किनमेलका लागि उक्त बैंकको क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकले अधिकतम १५ प्रतिशत छुट समेत पाउने कम्पनीले बताएको छ। यसैगरी डेबिट कार्ड प्रयाग गर्ने ग्राहकले १० प्रतिशत छुट प्राप्त गर्न सक्ने कम्पनीको भनाइ छ। ग्राहकका लागि ४४, ४४४, र ४,४४४ रुपैयाँको आकर्षक डिलहरु पनि उपलब्ध हुने दराजले विज्ञप्तिमार्फत जानकारी दिएको छ। दराजका अनुसार ९९, ३९९, ९९९, र १,९९९ रुपैयाँको छुट श्रेणीमा पनि विभिन्न उत्पादन खरिद गर्न सक्नेछ।
उक्त उत्सवको अवधिभर कम्तीमा ५ हजार बराबरको किनमेल गर्ने एक भाग्यशाली ग्राहकले २९ हजार ९९९ बराबरको वानप्लस नर्ड सीईएस लाइट जित्ने अवसर पाउने कम्पनीले बताएको छ। यसैगरी चार जना भाग्यशाली ग्राहकले १० हजार ३०० बराबरको यासुदा पर्सनल एयर कुलर जित्ने अवसर प्राप्त गर्ने कम्पनीले जानकारी दिएको छ।