काठमाडौं। काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई झण्डै ८ लाख जरिवाना गरेको छ। राजधानीको तीनकुने क्षेत्रमा प्रदर्शन गरेका राजावादीले वातावरण प्रदूषण गरेकोलगायत शिर्षकमा महानगरले ७ लाख ९३ हजार जरिवाना गर्ने निर्णय गरेको हो।
शुक्रबार भएको राजावादीहरुको आन्दोलनका क्रममा तीनकुने, कोटेश्वरलगायत क्षेत्रमा तोडफोड र आगजनी भएको थियो। महानगरले वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७७ र काठमाडौं महानगरको आर्थिक ऐन बमोमिज जरिवाना गराएको हो।
महानगरले पूर्वराजा शाहलाई ८ वटा पत्र काटेको छ। पूर्वराजाको सहमतिमा शुक्रबार राजवादीले राजधानीको तीनकुने क्षेत्रमा प्रदर्शन गरेकामा फोहोरमैला गरेको कारण देखाउँदै जरिवाना र क्षतिपूर्ति माग गर्दै पत्र काटेको हो।
कुन शिर्षकमा कति जरिवाना?
कोटेश्वरको सडक तथा सडकपेटीमा जथाभावी फोहोर १ लाख
महादेवस्थानको सडक तथा सडकपेटीमा जथाभावी फोहोर १ लाख
तीनकुनेको सडक तथा सडकपेटीमा जथाभावी फोहोर १ लाख
जडीबुटीको सडक तथा सडकपेटीमा जथाभावी फोहोर १ लाख
बालकुमारीको सडक तथा सडकपेटीमा जथाभावी फोहोर १ लाख
सिनामंगलको सडक तथा सडकपेटीमा जथाभावी फोहोर १ लाख
दमकल तोडफोड १ लाख ३० हजार
तीनकुनेमा रुख, बिरुवा, रेलिङ तोडफोड ६३ हजार