काठमाडौं। बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रालि पोखरामा चलिरहेको वाडा अटो शो २०२५ मा सहभागि भएको छ। पोखरा प्रदर्शनी केन्द्रमा आजदेखि सुरु भएर आगामी १८ गतेसम्म चल्ने उक्त अटो शोमा बीवाईडी सहभागि भएको हो।
उक्त शोमा बीवाईडीले दिगो यातायात समाधानको मिसनका साथ बीवाईडी डल्फिन, एट्टो ३ र एम६ गरी विभिन्न तीन मोडलका सवारीसाधन प्रदर्शन गरेको छ। सुरक्षित तथा स्मार्ट फेमिली कारको रुपमा परिचित बीवाईडी डल्फिनमा एड्भान्स्ड सेफ्टी, इनोभेटिभ टेक्नोलोजी र स्मुथ तथा सिटी–फ्रेन्ड्ली ड्राइभिङ एक्सपेरियन्सलगायतका विभिन्न फिचर रहेको कम्पनीले बताएको छ।
यस्तै बीवाईडी एट्टो ३ नेपालका नम्बर १ एसयूभी समेत बनेको उल्लेख गर्दै कम्पनीले उक्त गाडीमा सिटी ड्राइभिङ र लामो दुरीको यात्रा दुवैका लागि डिजाइन गरिएको बताएको छ। कम्पनीका अनुसार बीवाईडी एट्टो ३ स्पोर्टी एस्थेटिक्स, पावरफुल पर्फमेन्स र एड्भान्स्ड टेक्नोलोजीयुक्त रहेको छ।

नेपालको पहिलो प्रिमियम ७–सिटर इलेक्ट्रिक एमपीभीको रुपमा परिचित बीवाईडी एम६ स्पेसियस र लक्जरी मल्टी–परपोज भेइकल अर्थात एमपीभी हो। शून्य उत्सर्जनयुक्त ड्राइभिङको फाइदा र प्रिमियम कम्फर्ट खोज्ने परिवारका लागि यो उपयुक्त विकल्प भएको कम्पनीले बताएको छ।
आकर्षक ईभी मोडल प्रदर्शन गर्नुका साथै अटो शोमा सवारीसाधन किन्ने ग्राहकलाई सीमित समयका लागि अफर समेत ल्याइएको बीवाईडीले जनाएको छ। सो अफरअन्तर्गत २० प्रतिशत डाउन पेमेन्ट, १० वर्ष वा २ लाख किलोमिटर वारेन्टी, १ वर्ष फ्रि इन्स्योरेन्स,१ वर्ष रोड ट्याक्स कभरेज,आकर्षक नगद छुट,फ्रि एसेसरिजर फ्रि होम चार्जरलगायत सु्विधा रहेको कम्पनीले बताएको छ।
पोखराका लागि बीवाईडीको भिजन
नेपालभर इलेक्ट्रिक मोबिलिटीको प्रयोग बढ्दै गएको सन्दर्भमा बीवाईडीले विभिन्न ग्राहकको चाहना अनुरुप पोखरा र पुरै पश्चिमाञ्चल क्षेत्रमा दिगो यातायात समाधानका साथ आफ्नो उपस्थितिलाई बलियो बनाउने भिजन लिएको छ। वाडा अटो शो २०२५ का अवलोकनकर्ताहरुले बीवाईडीका अत्याधुनिक ईभीका साथै पछिल्लो समयमा भएका इनोभेसन तथा यसका लागि आवश्यक फाइनान्सिङ र सर्भिसका बारेमा बीवाईडी टिमबाट आवश्यक जानकारी समेत लिन सकिनेछ।
विश्वकै नम्बर १ इलेक्ट्रिक भेइकल सेल्स च्याम्पियनको रुपमा परिचित बीवाईडीले स्थानीय पार्टनरसँगको सहकार्यमार्फत नेपाली ग्राहकलाई दिगो यातायात प्रवर्धनका साथै पर्फमेन्स, सेफ्टी र विश्वसनियतासहितका अत्याधुनिक इलेक्ट्रिक भेइकल उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।
