काठमाडौं। आजदेखि पोखरामा सुरु भएको वाडा अटो शो २०२५ मा बराल ग्रुपले आकर्षक अफरहरु सार्वजनिक गरेको छ। बराल ग्रुपअन्तर्गत रहेको आधिकारिक डिलर एसएसएल र एलिट मोटर्सले वाडा अटो शो २०२५ का लागि आकर्षक अफरहरु सार्वजनिक गरेका हुन्।
नेपालका लागि निसान, ओमोडा एन्ड जेइको र जिकर गाडीको आधिकारिक डिलर एलिट मोटर्स हो। लिपमोटर र सिट्रोन गाडीको लागि आधिकारिक डिलर एसएसएल मोटर्स हो। आजदेखि सुरु भएको ‘वाडा अटो सो २०२५’ पोखराको अमरसिंह मैदानमा १८ गतेसम्म सञ्चालन हुने छ।
अटो प्रदर्शनीमा एलिट मोटर्सले विभिन्न प्रिमियम अटोमोटिभ ब्रान्डहरू प्रस्तुत गरेको छ। प्रदर्शनीमा शारडा ग्रुपअन्तर्गतको ओमोडा एन्ड जेइको, निसान र जिकर ब्रान्ड स्टल नम्बर ‘ए–सिक्स’ र ‘ए–सेभेन’मा राखिएको छ।
यस्तै,गोल्छा ग्रुपअन्तर्गतको लिपमोटर र सिट्रोन ब्रान्डका गाडी स्टल नम्बर ‘ए–टु’ मा राखिएको छ। सिमित अवधिका लागि ग्राहकले ओमोडा एन्ड जेइको गाडी ५५ लाख ९९ हजारको सुरुवाती मूल्यबाट बुकिङ तथा खरिद गर्न सक्ने कम्पनीले जनाएको छ। जसमा ५ लाख १५ हजार बराबरको लाभ लिन सकिनेछ। यी लाभहरूमा नगद छुट, आकर्षक एक्सचेन्ज बोनस, एक वर्षको निःशुल्क बिमा, साथै ब्याट्री र मोटरमा ८ वर्ष वा १ लाख ६० हजार किलोमिटरको उत्कृष्ट वारेन्टी समावेश गरिएको छ।
त्यसैगरी, ग्राहकले निःशुल्क ७ किलोवाट चार्जर र एक वर्षको निःशुल्क सडक कर पनि छुट पाउने छन्। जिकर ब्रान्डका गाडी खरिद गर्ने ग्राहकले नगद छुट, एक्सचेन्ज बोनस, निःशुल्क ७ किलोवाटको चार्जर र चालु आर्थिक वर्षको लागि निःशुल्क सडक कर छुट पाउने छन्। यस्तै, निसान म्याग्नाइटको नयाँ फेसलिफ्टको सुरुवाती मूल्य ३४ लाख ७५ हजार रुपैयाँ कायम गरी प्रदर्शनमा राखिएको छ। जसमा २६ हजार ३२० को मासिक किस्तासहित आकर्षक फाइनान्सिङ सुविधाहरू दिइएको छ।
यसैगरी ग्राहकहरूले एक वर्षको विस्तृत बिमा,चालु आर्थिक वर्षको लागि निःशुल्क सडक कर र तीन वर्षसम्म निःशुल्क सर्भिसिङ तथा वारेन्टीको सुविधा प्राप्त गर्नेछन्। वाडा अटो शोमा लिपमोटर सि–१० ६७ लाख ९९ हजार रुपैयाँमा बुक गर्न सकिने कम्पनीले जनाएको छ। वाडा शो अवधिभरमा लिपमोट सि–१० २० प्रतिशत डाउनपेमेन्ट गरी खरिद गर्न सकिनेछ। जसमा निःशुल्क ७ किलोवाटको चार्जर, निःशुल्क सडक कर छुट पाउनेछन्।
एलिट मोटर्स र एसएसएल मोटर्स दुवैले ग्राहकहरूको अटोमोटिभ तथा ड्राइभिङ अनुभवलाई अझ सहज, किफायती र उत्साहजनक बनाउन निरन्तर प्रयास गर्दै आइरहेको छ। एलिट मोटर्स बराल ग्रुपअन्तर्गतको कम्पनी हो। जसले गण्डकी र धौलागिरी क्षेत्रका लागि निसान, ओमोडा एन्ड जेइको र जिकर ब्रान्डको आधिकारिक डिलरको रूपमा सेवा दिदै आएको छ। यस्तै, बराल ग्रुपअन्तर्गत नै रहेको एसएसएल मोटर्सले गण्डकी र धौलागिरी क्षेत्रका लागि लिपमोटर्स र सिट्रनको गाडीको आधिकारिक डिलरको रूपमा काम गर्दै आएको छ।