काठमाडौं। गत मंसिरमा अष्ट्रेलियाको सिड्नी सहरदेखि दक्षिणमा रहेको हर्स्टभिलको पार्क रोड घर नम्बर १५१ मा रहेको ‘नेपाल रेमिट्यान्स’बाट सुलभ श्रेष्ठ (नाम परिवर्तन)ले नेपालमा ७ लाख रुपैयाँ पैसा पठाए।
रेमिट्यान्स कम्पनीले उनलाई प्रापकको खाता विवरण लिएर २४ घण्टाभित्र त्यसमा पैसा जम्मा हुने उल्लेख गर्यो। उक्त समय एक अष्ट्रेलियन डलर (एयुडी) बराबर ८४ रुपैयाँ ४० पैसा सटहीदर नेपाल राष्ट्र बैंकले निर्धारण गरेको थियो। तर, कम्पनीले उनलाई १ एयुडी बराबर ८९ रुपैयाँ दिएर पैसा लिएको थियो। रेमिट कम्पनीले उनीसँग सेवा शुल्कसमेत लिएको थिएन।
सुलभले नेपालमा रहेको आफ्नै बैंक खातामा पैसा जम्मा गर्न भनेर खाता विवरण दिएर काममा फर्किएका थिए। सुलभ एक महिनाअघि मात्रै आएको हुँदा सो रेमिट्यान्स कम्पनीबाट कारोबार गरेका थिएनन्। अष्ट्रेलियाबाट उनले आफ्नै नामको बैंक खातामा पैसा पठाउने र उक्त खाताको एटिएम कार्ड परिवारको सदस्यलाई प्रयोग गर्न नेपालमै छोडेका थिए।
कम्पनीले खातामा पैसा जम्मा गर्न ३ दिन समय लगायो। उनले कम्पनीमा फोन गरेर सोधेको २ घण्टापछि उनको खातामा ३ लाख रुपैयाँ जम्मा भयो
पढाइका शिलसिलामा २ वर्षअघि अष्ट्रेलिया आएका शुलभले यसअघिसम्म नेपाल पैसा पठाउँदा राष्ट्र बैंकले तोकेको रेटभन्दा बढी पाएका थिएनन् भने ०.५ प्रतिशतसम्म सेवा शुल्क तिर्ने गरेका थिए। सुलभले नयाँ व्यवसाय विस्तार योजना कम्पनीले गरेको होला भनेर आफूले पाएको छुट र बढी रेटमा कुनै प्रश्न गरेनन्।
कम्पनीले खातामा पैसा जम्मा गर्न ३ दिन समय लगायो। उनले कम्पनीमा फोन गरेर सोधेको २ घण्टापछि उनको खातामा ३ लाख रुपैयाँ जम्मा भयो तर, नेपाल रेमिटको नामबाट नभएर प्रभु शाह (नाम परिवर्तन)को खाताबाट। यसबारेमा कम्पनीसँग कुरा गर्दा उनलाई शाह आफ्नो एजेन्ट भएको हुँदा उसैको खाताबाट पैसा ट्रान्सफर भएको जवाफ रेमिट कम्पनीबाट आयो। कम्पनीले खातामा जसको नामबाट भए पनि पैसा जम्मा गरिदियो भनेर शुलभ आफ्नो नियमित काममा व्यस्त भए।
शुलभको परिवार नेपालमा काठमाडौं जिल्ला शंकरापुर नगरपालिकामा बस्छन्। उनले खाता पैसा पठाएर परिवारले आवश्यक काममा खर्च गरिसकेको १ महिनापछि उनको फोनमा नेपालस्थित वैदेशिक रोजगार विभागबाट उनको नाममा ठगी मुद्दा दर्ता भएको जानकारी गराइयो।
पैसा फिर्ता नभए प्रभु शाह अदालतसम्म जान सक्ने र आफू फारर अभियुक्त बन्ने भएपछि शुलभले बहिनीलाई पैसा पठाइदिए।
उनको नाममा प्रभु शाहले अष्ट्रेलिया पठाउने नाममा ३ लाख रुपैयाँ ठगेको आरोप लगाएर निवेदन दर्ता गराएको थियो। विभागमा उनको बहिनी कुसुम श्रेष्ठ (नाम परिवर्तन)ले मुद्दा बुझ्न जाँदा प्रभु शाहले शुलभको खातामा ७ लाख रुपैयाँ अन्य व्यक्तिले जम्मा गर्न भनेपछि गरेका रहेछन्। प्रभु शाहलाई अष्ट्रेलिया पठाउने नाममा शुलभको खातामा ३ लाख रुपैयाँ जम्मा गर्न लगाउने तेस्रो व्यक्ति सम्पर्कविहीन भएपछि खाता नम्बरको आधारमा प्रभु शाहले शुलभलाई ठगी मुद्दा हालेका थिए।
विभागले शुलभको नाम रहेको उजुरीमा छानबिन गर्दा वैदेशिक रोजगारमा पठाउने नाममा ठगी भएको ठहर गरेर उक्त पैसा फिर्ता गर्नुपर्ने निर्णय गर्यो। पैसा फिर्ता नभए प्रभु शाह अदालतसम्म जान सक्ने र आफू फारर अभियुक्त बन्ने भएपछि शुलभले बहिनीलाई पैसा पठाइदिए। यद्यपि, अहिले शुलभ अष्ट्रेलियाको नेपाल रेमिटमा बारम्बार धाएपछि मात्रै पैसा पाए।
माथि उल्लेखित घटना प्रतिधिनि मात्रै हो। विदेशमा हुण्डी कारोबार गर्नेले नेपालमा भुक्तान गर्न अर्कोको खाता प्रयोग गर्ने, विभिन्न वालेटको एजेन्ट भएर खाता प्रयोग गर्ने, वैदेशिक रोाजगारीमा जान चाहने व्यक्तिलाई सोझै रेमिट्यान्स प्राप्त गर्नेको खातामा पैसा जम्मा गर्न लगाउने, सुनचाँदी, लागू पदार्थलगायतको तस्करीमार्फत आर्जित कालो धनलाई सेतो बनाउन रेमिट्यान्सको बेनिफिसरीलाई मतियार बनाएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ता सुधिर राज शाही बताउँछन्।
आधिकारीक रेमिट्यान्सकै खाताबाट नभएर अन्य व्यक्ति संस्थाको नाममा आएको पैसा सबै हुण्डी गरिएको उनको बुझाइ छ।
‘अहिले ट्रेडिसनल हुण्डी (व्यक्तिमार्फत् हुने) भन्दा बढी भर्चुअल/डिजिटल माध्यमबाट सिस्टम प्रयोग गरेर नै हुण्डी बढेको छ। अनलाईन स्क्याम र अन्य माध्यममार्फत् ठगी गर्नेहरूले पैसा विभिन्न वालेट र खातामा पार्किङ गरेर राखेका हुन्छन्, त्यसबाट यहाँको मान्छेलाई दिनु पर्दा दिने गर्छन्,’ सिआईबी प्रवक्ता शाहीले क्यापिटल नेपालसँग भने, ‘विदेशमा छोरा/छोरी कमाएको पसिनाको कमाइ यहाँ आमाबुवा र आफन्तले पाउँदा डट्टी मनि पाउँछन्। यस्तो मनि भोलि अनुसन्धान गर्दै जाँदा निर्दोश व्यक्ति परिरहेका हुन्छन्। अन्तम डेस्टिनेशन रेमिट्यान्स भुक्तान लिने व्यक्ति देखिने हुँदा प्रहरीले उनीहरुलाई पनि अनुसन्धानको दायरामा राख्न बाध्य हुन्छ।’
उनकाअनुसार विदेश जानेले नेपालमा परिवारलाई पैसा पठाउन त्यहाँको एजेन्टसँग सम्पर्क गरेर पठाउँछन्। तर, त्यो पैसा भुक्तान गर्न भने यहाँको एजेन्टले विभिन्न माध्यममार्फत् गैरकानुनी पैसा दिन्छ। आधिकारीक रेमिट्यान्सकै खाताबाट नभएर अन्य व्यक्ति संस्थाको नाममा आएको पैसा सबै हुण्डी गरिएको उनको बुझाइ छ।
‘यस्ता ग्रुपले धेरै प्रकारको मान्छे नेपालमा पनि परिचालन गरेका हुन्छन्। एउटै ग्रुपको धेरै फरक-फरक प्रकृतिको गैरकानुनी काम हुन्छ,’ उनले भने, ‘विदेशमा संकलित पैसा क्रिप्टोमा इन्भेष्ट गर्ने र रेमिट्यान्सको पैसा नेपाल भुक्तानी गर्न अनलाइन स्क्याम, वैदेशिक रोजगारी पठाउन लिएको पैसा, सुनचाँदी तस्करीको पैसा लगाउन गैरकानुनी धन्दाबाट आर्जित पैसा प्रयोग भएको पाइन्छ।’
जसमध्ये रेमिट्यान्स भुक्तानीमा वैदेशिक रोजगारीमा पठाउने पैसा भुक्तानीको विषय जोडिएको विभागको अनुसन्धान तथा मुद्दा शाखाका निर्देशक भिमसेन काफ्ले बताउँछन्।
सिआइबिले रेमिट्यान्स भनेर विदेशमा यहाँको वैधानिक रेमिट्यान्स कम्पनीको नाममा पैसा संकलन गरी भएका गैरकानुनी काम कारबाहीको विषयमा राष्ट्र बैंकसँग पनि विभिन्न समयमा छलफल गरिरहेको छ। तर, समस्या समधानका लागि यकीन काम हुन नसकेको उनले जानकारी दिए।
वैदेशिक रोजगार विभागमा मुद्दाको चाङ
पछिल्लो समय हुण्डीवालाहरुले नेपालमा भुक्तानीको माध्यम वैदेशिक रोजगारीको भुक्तानीलाई बनाउन थालेका छन्। चालु आर्थिक वर्षमा वैदेशिक रोजागार विभागमा ३६ सय ठगीमा परेको मुद्दा दर्ता भएका छन्। जसमध्ये रेमिट्यान्स भुक्तानीमा वैदेशिक रोजगारीमा पठाउने पैसा भुक्तानीको विषय जोडिएको विभागको अनुसन्धान तथा मुद्दा शाखाका निर्देशक भिमसेन काफ्ले बताउँछन्।
‘चालु वर्षमा परेको मुद्दामध्ये आधाभन्दा बढी रेमिट्यान्सको भुक्तानी गर्दा वैदेशिक रोजगारीमा जान भुक्तान गरिएको र अर्काको खाता प्रयोग गरिएको विषय छन्,’ विभागका निर्देशक काफ्लेले क्यापिटल नेपालसँग भने, ‘कुनै उजुरीमा रेमिट्यान्स कम्पनीको नाम उल्लेख गरिएको हुन्छ भने कुनैमा जो व्यक्तिको नाममा रेमिट्यान्स पठाइएको हो पैसा बुझ्नेको नाममा उजुरी परेको हुन्छ।
‘विदेशबाट आफ्नोले पठाएको पैसा भनेर ढुक्क भएर यहाँ लिने तर, त्यो पैसा यस्तै ठगी गर्नेहरुलेले हाल्दिएका हुन्छन्। पछि फस्ने भनेको निर्देशहरू नै हुन्छन्।
कम योयता तथा सिप नभएका व्यक्तिहरु युरोपियन तथा अन्य मुलुकमा भाषा तथा सिप परिक्षण बिना नै जानलाई विभिन्न व्यक्तिको सम्पर्कमा पुगेर लाखौँ रकम ठगीमा परिरहेका छन्। यसरी सेटिङमा वैदेशिक रोजगारमा पठाउने भनेर ठूलो रकम तय गरी त्यो पैसा रेमिट्यान्सको पैसा भुक्तानी गर्नु पर्ने खातामा जम्मा गर्न लगाउने गरिएको पाइन्छ। तर, आफू ठगिएको थाहा पाएपछि वैदेशिक रोजगार विभागमा उजुरी दिँदा खातावाला व्यक्तिको नाममा उजुरीपर्ने हुन्छ।
‘विदेशबाट आफ्नोले पठाएको पैसा भनेर ढुक्क भएर यहाँ लिने तर, त्यो पैसा यस्तै ठगी गर्नेहरुलेले हाल्दिएका हुन्छन्। पछि फस्ने भनेको निर्देशहरू नै हुन्छन्। त्यसैले विदेशबाट पैसा पठाउनेले पनि हुण्डीको वा आधिकारीक हो बुझेरमात्रै पैसा पठाए यस्ता ठगहरुको क्रियाकलाप केही नियन्त्रण हुन्छ’ वैदेशिक रोजगार विभागका निर्देशक काफ्ले भन्छन्।
विभागले यस्ता उजुरीमा केवाइसी फारम भराएर सम्बन्धित व्यक्तिको यकीन गरेर जायरी लिन्छ। व्यक्ति एकिन भएको अवस्थामा विभागले अदालतबाट अनुमतिपत्र लिएर अनुसन्धान गरी मुद्दा चलाउछ। यस्तो मुद्दाको आपसी समझदारी गर्न विभाग सुझाउने समेत गरेको छ। समझारी गर्दा रेमिट्यान्सको नाममा भएको ठगीलाई भने विदेशी रेमिट्यान्स कम्पनीले सम्बन्धित व्यक्तिलाई पैसा फिर्ता गर्ने र यहाँ पैसा बुझ्ने व्यक्तिले उजुरी गर्ने व्यक्तिलाई फिर्ता गराए मिलापत्र गरेर विषयको टुङ्गो लगाउने गरिएको छ। तर, विदेशमा नेपाल रेमिट्यान्स पठाउने भनेर पैसा संकलन गर्ने कम्पनीलाईक कानुनी दायराभित्र ल्याउने विषयमा भने सरकारी निकायले समेत केही गर्न सकेको देखिन्दैन।
‘लेनदेन मिलेको प्रमाण पेश गरेपछि विभागले मिलापत्र गराइदिन्छ तर, विभागले कसले के गर्ने भनेर निर्देशन दिँदैन्, विदेशबाट आएको पैसा भने पनि यहाँ वैदेशिक रोजगार पठाउने नाममा भुक्तानीको लागि खाता प्रयोग भएको रहेछ भने कसुर खातावाला व्यक्ति हुन्छ। त्यसैले आफ्नो पैसा कहाँबाट आएको भनेर थाहा पाउन आवश्यक छ’ काफ्लेले भने।