काठमाडौं। अमेरिकी खर्बपति व्यापारी एलन मस्कको विद्युतीय कार कम्पनी टेस्ला पछिल्ला केही महिनामा अमेरिका र युरोपका धेरै ठाउँ आक्रमणको निसानामा परेको छ। मिडिया रिपोर्टका अनुसार अहिलेसम्म करिब एक सय टेस्लाका कारमा आगजनी वा तोडफोड गरिएको छ।
अमेरिका र युरोपमा टेस्ला कारमा आगलागी हुँदा मस्क र उनको कम्पनीले ठूलो क्षति बेहोर्नु परेको छ। अमेरिकी अनुसन्धान एजेन्सी एफबीआईले मार्च २५ मा टेस्लामा भएको आक्रमणको अनुसन्धान गर्न विशेष कार्यदलको घोषणा गरेको छ।
किन टेस्लालाई बहिष्कार गरिरहेका छन्?
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सरकारी प्रणालीमा सुधार गर्न एलन मस्कलाई सरकार दक्षता विभाग (डोज)को प्रमुखको रूपमा नियुक्त गरेका थिए। यो विभागले सरकारी खर्च घटाउन जोड दिइरहेको छ।
मस्कको विभागले सरकारको लागत घटाउन सरकारी जागिरबाट लगभग २० हजारभन्दा बढी कर्मचारी बर्खास्त गरेको छ। जबकि ७५ हजार मानिसहरूले खरिद गर्ने (स्वेच्छाले जागिर छोड्ने) निर्णय गरेका छन्।

मस्कको विभागको सल्लाहमा राष्ट्रपति ट्रम्पले अन्तर्राष्ट्रिय विकास एजेन्सी ९युएसएड०अन्तर्गत विश्वभरका गरिब र विकासशील देशहरूलाई दिइने सहायता बन्द गरेका थिए।
मस्कले कति गुमाए?
विश्वभर टेस्लाको बहिष्कार र कार जलाउने काम भएसँगै मस्क र उनको कम्पनीलाई ठूलो धक्का लागेको छ। मार्चमा टेस्लाको सेयर १५ प्रतिशतले घट्यो। जुन सेप्टेम्बर २०२० पछिको बजारमा सबैभन्दा खराब अवस्था हो। कम्पनीको बजार पुँजीकरण लगभग ८०० अर्ब अमेरिकी डलरले घटेको थियो।
यसले मस्कको कुल सम्पत्तिमा पनि असर पारेको थियो। जनवरी २०२५ देखि मार्चसम्म मस्कको कुल सम्पत्ति १३२ अर्ब डलर घटेको छ। यसमा मार्च महिनामा एकै दिनमा २९ अर्ब डलरको गिरावट समावेश छ।
टेस्लाले मस्कलाई कसरी बनायो धनी?
मस्कको सम्पत्तिको मुख्य स्रोत टेस्ला हो। उनले सन् २००४ मा लगभग एक अर्ब रुपैयाँ लगानी गरेर टेस्लाको स्थापना गरेका थिए।

यो लगानीले उनलाई सबैभन्दा ठूलो सेयरधारक बनायो। पछि सीईओ र उत्पादनकर्ता पनि बने। उनले वर्षौंसम्म आफ्नो स्वामित्व हिस्सेदारी कायम राखे। जसले गर्दा उनको सम्पत्ति निरन्तर बढ्दै गयो। टेस्लाले २०१० मा आफ्नो आईपीओ सार्वजनिक गरेको थियो। त्यतिबेला एउटा सेयरको मूल्य तीन हजार रुपैयाँ पुगेको थियो।
विस्तारै, टेस्ला कारको बढ्दो माग र यसको सेयरमा भारी लगानीका कारण यसको सेयर मूल्य बढ्यो। २०२१ मा टेस्लाको एउटा सेयरको डेढ लाख रुपैयाँ पुग्यो। यसले मस्कको सम्पत्तिमा ठूलो वृद्धि भयो।
मस्कले तलब पाउँदैनन्। तर, उनलाई प्रदर्शनमा आधारित सेयर विकल्प दिइएको छ। २०१८ मा, टेस्लाको बोर्डले उनलाई ठूलो आर्थिक प्याकेज दियो। जुन विश्वको सबैभन्दा ठूलो सीईओले पाउने तलबको सम्झौता बन्यो।
यी स्टक विकल्पहरूले उनलाई छुट मूल्यमा टेस्लाको सेयर खरिद गर्न अनुमति दिएको थियो। जसले उनको सम्पत्ति थप बढेको थियो।
सन् २०२१ मा टेस्लाको बजार पुँजीकरण १ ट्रिलियन डलर ९एक हजार अर्ब०भन्दा माथि पुग्यो। मस्कको टेस्लामा २५ प्रतिशत सेयर भएकाले टेस्लासँगै उनको कुल सम्पत्ति बढ्यो। जब टेस्लाको सेयर बढ्छ उनको सम्पत्ति स्वतः बढ्दै आएको छ।
कम्पनीले २०२१/२०२३ मा सबैभन्दा धेरै नाफा कमाएको थियो। विद्युतीय सवारी साधन बजारमा नम्बर १ स्थान हासिल गरेको यो कम्पनीको सफलताका कारण मस्कको कुल सम्पत्ति २५०-३०० अर्ब डलर पुगेको छ।
टेस्लामाथि आक्रमण हुँदा बिवाईडीलाई फाइदाजनक
चिनियाँ ईभी सवारी साधन बिवाईडी (बिल्ड योर ड्रीम्स) चीनकै सबैभन्दा ठूलो गाडी निर्माता कम्पनी हो। यो कम्पनीले सुरुमा ब्याट्री निर्माणमा विशेषज्ञता हासिल गरेको थियो। पछि यसले विद्युतीय र हाइब्रिड कारको उत्पादन सुरु गरेको थियो।

आज, बिवाईडी विश्वको सबैभन्दा ठूलो ईभी निर्माता बनेको छ। कारहरूमा मात्र नभई विद्युतीय बस, ट्रक र ब्याट्री प्रविधिमा अग्रणी बन्दै गएको छ। बिवाईडीको सेगु ११ ह्याचब्याक जम्मा ९९०० अमेरिकी डलरमा किन्न सकिन्छ। जबकि, टेस्लाको सबैभन्दा सस्तो मोडेलको कार किन्न ३३ हजार ५०० डलर खर्च गर्नुपर्ने हुन्छ।
बिवाईडीको सबैभन्दा ठूलो शक्ति 'ब्लेड ब्याट्री' हो। जुन सुरक्षित छ र लामो आयुका लागि परिचित बनेको छ। बिवाईडीको बिक्री निरन्तर बढेको छ। २०२३ को अन्तिम त्रैमासिकमा बिवाईडीले ५२ लाख कार बेचेको थियो। यता टेस्लाले ४८ लाख कार मात्र बेच्न सक्यो।
बिवाईडीको नयाँ चार्जिङ प्लेटफर्मले कारलाई ५ मिनेटमा ४०० किलोमिटरसम्म चार्ज गर्न सक्ने क्षमता बनाएको छ। जुन टेस्लाभन्दा छिटो छ। चिनियाँ सरकारले बिवाईडीलाई अनुदान दिएको छ। जसले आगामी दिनमा विश्वभर टेस्लालाई पछि पार्दै पहिलो स्थानमा जाने अवसर दिएको छ। एजेन्सीको सहयोगमा