राम्रो आम्दानी। परिवारसँगको सुरम्य जीवन। त्यसमाथि युरोपमा सुविधा सम्पन्न रहनसहन। राजु कार्कीको जीवनमा नपुग्दो केही थिएन। युरोपकै समृद्ध राष्ट्र फ्रान्समा उनका लागि सबै सुख सुविधा थियो।
विदेशको जीवनशैली, विकास र अवसरबाट राजुले सबै सुविधा पाएका थिए। तर, जीवनमा आफूले पाएका सबै विलासिताका बीच मनको कुनै कुनामा शून्यताले भरिएको थियो। राजुको मनमा भरिएका यही शून्यतामा लुकेको थियो, मातृभूमिप्रतिको अनुपम प्रेमको ज्वारभाटा। जुन दिनानुदिन बढ्दै गयो।
सिन्धुपाल्चोकमा जन्मिएका राजुको बाल्यकाल भोटेकोशी नदीको पानीका छालहरु र चट्टानमा रम्दै बित्यो। फ्रान्समा रहँदा बाल्यकालको सम्झनाले सिन्धुपाल्चोकलाई भुल्न सकेनन्। उनको मानसपटलमा भोटेकोशीको तीव्र छालको धङधङी ताजै थियो। त्यही भोटेकोशी, जुन रोमाञ्चक ह्वाइट वाटर र्याफ्टिङका लागि विश्वमै प्रसिद्ध छ।
उनलाई फ्रान्सबाट सबै काम चटक्कै छाडेर हिँडिहाल्न मन थिएन। तर सुविधा सम्पन्न जिन्दगीलाई छाडेर नेपालको भिर पाखाले राजुलाई तानिरह्यो।
सुसाउँदै गरेको भोटेकोशी, भिर पाखा र साहसिक र्याफ्टिङको रोमाञ्चकता। यी सबै राजुको बाल्यकालको जग थियो। भौतिक रूपमा उनी फ्रान्समा थिए। तर, उनको मनमा नेपाल सधैभरि थियो। उनको स्मृतिमा बाल्यकालका छालहरु बगिरहन्थे। जसरी भोटेकोशीमा पानी बगिरहेको छ। ‘फ्रान्सको सेन रिभरमा भोटेकोशी खोजेर कहाँ पाइन्थ्यो र!’, उनले सुनाए।
मातृभूमिप्रतिको माया र आफ्नो पहिचान खोज्ने हुटहुटीले उनलाई निरन्तर पिरोल्थ्यो। तर, उनलाई फ्रान्सबाट सबै काम चटक्कै छाडेर हिँडिहाल्न मन थिएन। तर सुविधा सम्पन्न जिन्दगीलाई छाडेर नेपालको भिर पाखाले राजुलाई तानिरह्यो।
-1742992467.jpg)
स्वदेश फर्किएपछि आफ्नो देशका लागि केही नयाँ काम गर्ने उत्साहले उनलाई उर्जा भरिरह्यो। उनको मानसपटलमा सधैं एउटै सोच थियो- पर्यटनको क्षेत्रमा केही गर्नुपर्छ।
धेरै वैचारिक मन्थन भयो।
बञ्जी जम्पको लोकप्रियता राजुलाई थाहा थियो। साहसिक खेलले पर्यटनलाई नयाँ उचाइमा पु¥याउन सकिन्छ, भन्ने बुझेका थिए। युरोप जानुअघि उनले केही वर्ष भोटेकोशीको बञ्जी जम्पमा आबद्ध भएर काम गरेका थिए। यही क्रममा उनले नेपालका विभिन्न स्थानमा अध्ययन थाले। नयाँ सम्भावनाहरु खोजी गरे। उनी भन्छन्, ‘नेपाल त आफ्नो हो, जहाँ गए नि, जता भए नि काम गर्न सक्छौँ भन्ने ऊर्जा थियो।’
झोलुङ्गे पुलको जिल्ला भनेर चिनिएको बागलुङ र पर्वतको सम्भावनाले उनलाई निकै प्रभावित गरेको थियो। त्यहाँका अग्ला पुलहरु, आकर्षक खोँच भएका भू-संरचनासँगै प्राकृतिक सुन्दरता अनि कालीगण्डकीको नागबेलीसँग उनी ठोक्किन पुगे। उनी त्यहाँ संसारकै अग्लोमध्येको एक बञ्जी जम्प सुरु गर्ने सोचमा पुगे। यो सोच उनले केबल मनोरञ्जनका लागि मात्र नभई, पर्यटनको परिभाषा बदल्नका लागि थियो। त्यसपछि कुस्मालाई साहसिक पर्यटनको मुख्य गन्तव्य बनाउने हुटहुटी उनीभित्र उब्जियो।
पर्यटकहरु एकैछिन पुगेर खेलेर मात्रै फर्किनुभन्दा दिनभर रमेर त्यही बस्न सक्ने वातावरण बनाउनु थियो। त्यहाँ उनले साहसिक खेलहरुसँगै पर्यटनको माध्यमबाट स्थानीय विकास र आर्थिक समृद्धि ल्याउने सपना देख्न थाले।
उनलाई फ्रान्सबाट सबै काम चटक्कै छाडेर हिँडिहाल्न मन थिएन। तर सुविधा सम्पन्न जिन्दगीलाई छाडेर नेपालको भिर पाखाले राजुलाई तानिरह्यो।
यो सोचाईलाई व्यवहारमा उतार्न कठिनाइ कम थिएनन्। उनी भन्छन्, ‘मैले जापानको प्रक्रियाको अध्ययन गरिरहेको थिएँ। जापानको सरकारी पुलमा निश्चित राजश्व बुझाएपछि साहसिक योजना लागू गर्न खोज्नेले अनुमति सहजै पाउने प्रावधान रहेछ। त्यही अवधारणामा नेपालमा किन काम नगर्ने? सबैभन्दा अग्लो हुनेवाला बन्दै गरेको पुलको मुनी बसेर म काम गर्छु भन्ने सोचले काम सुरु भयो।’
सरकारी प्रक्रियाको झन्झटले राजुको यात्रा थकाई लाग्दो बनेकै हो। दुई वर्षसम्मको अल्झनपछि, बल्लतल्ल तालुकदार मन्त्रालयबाट पाएको स्वीकृति स्थानीय विकास अधिकारीले बेवास्ता गरेपछि सपना झण्डै तुहिएको सम्झन्छन्, उनी।
‘सरकारी पुलमा दिने र?’
यो प्रश्नले बनाएको नकारात्मक भाष्यले काम गर्न गाह्रो बनाएको पल सम्झँदै गर्दा राजुको मन अमिलो भएको सहजै अनुमान लगाउन सकिन्थ्यो। त्यसपछि उनले सोच्न थाले, कुनै निजी जग्गामा आफ्नो योजना कार्यान्वयन गर्ने। सरकारी समस्याको पाठ राम्रै सिकेका उनले सरकारी जग्गा छुँदै नछुने निर्णय गर्यो। भाग्यले साथ यसरी दियो कि- उनीहरुले बागलुङ र पर्वतको बीचमा एउटा खोँच भेट्टाए। जसको वारिपारि आवश्यक जग्गाहरुको प्रबन्ध हुने मेसो मिल्यो। त्यो खोँच साहसिक खेलका लागि उपयुक्त थियो। तर, काम गर्न थुप्रै चुनौतीहरु थिए।
-1742992467.jpg)
काम गर्दै जाँदा कति साथी छुटे। कति साथी जोडिँदै गए। उनी सम्झन्छन्, ‘अहिलेको हाम्रो बोर्डमा भएको साथीहरु नयाँ पार्टनर हो। उहाँहरुसँग दोस्ती हुँदै गयो। मेरो धारणा बुझ्नुभयो। स्थानीय तहमा स्वीकृति लिने, जग्गा प्राप्तिमा सहयोग गर्ने सल्लाह गर्दै नयाँ टिम बन्यो।’
यही टिमले बञ्जी र स्वीङ गराउने योजनाका साथ निर्माण सुरु भयो- द क्लिफ। काम सुरु गर्दै जाँदा यतिले मात्र हुँदैन भन्ने छलफल भएपछि ‘फूल ब्रिज’का साथै रिसोर्ट थप्ने निधो भयो। सरकारले अहिलेसम्म नबनाएको मोडलमा एसियाकै नमुना पुल बन्यो, उनीहरुको लगानीमा। नयाँ प्रविधिमा काम गर्दा चुनौती धेरै आए। त्यो प्रविधि कार्यान्वयन गर्न नेपालमा जनशक्ति नभएपछि जनशक्तिको जोहो गरे। सबै जिम्मेवारी आफैले लिने भएपछि धेरै बाधा अड्चन आए। ३ वर्षमा सक्ने भनिएको काम दुई गुणा अर्थात ६ वर्ष लाग्यो।
क्लिफ सञ्चालकलाई जति खोल्ने हतारो थियो, उति नै हतारो त्यहाँ पुग्न चाहनेका लागि देखियो। सुरुआतदेखि नै क्लिफको चर्चा चुलिएकाले राम्रो भइरहेको थियो।
राजु भन्छन्, ‘पुल बनाउन चाहिने प्रविधि आफैंले विकास गर्दै जानुपर्ने भयो। नमुना काम गर्छु भन्दै गर्दा नमुना समस्या र चुनौती पार गर्दै आयौं।’ जब सबै संरचना तयार भयो, ओपनिङको बेला कोरोना भाइरस (कोभिड-१९)को मार खेप्नु पर्यो। ओपनिङ घोषणा गर्नेबित्तिकै नेपालमा लकडाउन भयो। राजुलाई लागेको थियो- अब त टाट पल्टिन्छ कि क्या हो!
६ वर्ष मानसिक दुःख सहेर कोभिडका बीच उद्घाटन गर्दै गर्दाको त्यो दिन कुस्मा बजारमा ट्राफिक जाम भएको सम्झन्छन्, उनी। क्लिफ सञ्चालकलाई जति खोल्ने हतारो थियो, उति नै हतारो त्यहाँ पुग्न चाहनेका लागि देखियो। सुरुआतदेखि नै क्लिफको चर्चा चुलिएकाले राम्रो भइरहेको थियो।
अनन्तः त्यहाँ पुग्ने युवाहरुको जोस र ऊर्जा नै राजुको टोलीलाई प्रेरणा बन्यो। उनी भन्छन्, ‘जुन दिनदेखि खुल्यो, हामीलाई साथ र मायाको कमी भएको छैन। कुनै भवितव्य नभए सिजनको बेला पूर्ण क्षमतामा जान सक्छौँ भनेर आशावादी छौं।’
द क्लिफमा बञ्जी र स्वीङ मात्र नभई अरु साहसिक खेलहरु पनि छन्। विश्वकै सबैभन्दा अग्लो र लामो व्यावसायिक स्काई साइक्लिङ, विश्वकै सबैभन्दा अग्लो स्काई क्याफे पनि यही छ। १२० मिटर लामो स्काई ग्लाइडिङ, क्लिफ साइड विसिङ्ग ह्याण्ड, क्रेजी ब्रिज, गुलेलिपिङ्ग, फेमिलीपिङ्ग, स्काई चेयर, वाल क्लाइम्बिङ जस्ता रोमाञ्चक खेलहरु यही खेल्न पाइन्छ।
द क्लिफमा वाल क्लाइम्बिङ्गसँगै अन्य गतिविधिहरु बढाउने योजना छ। स्टार होटेलको जस्तै सुविधा रहेको कटेज रुम र सफारी टेन्टहरुको मज्जा लिन सकिन्छ। आगामी दिनका लागि इन्फिनिटी स्वीमिङ पुलसहितको लक्जरियस भिल्ला निर्माण भइरहेको छ। सम्मेलन हल थपिँदै छ। क्लिफमा हालसम्म करिब ५० करोड रुपैयाँभन्दा बढीको लगानी भइसकेको राजुको भनाइ छ।
द क्लिफ यति बेला रोमाञ्चक खेलहरुसहित साहसिक पर्यटनको हब बनेको छ। यसरी ग्रेटर पोखराको अवधारणामा क्लिफले नयाँ आयाम थपेको छ। नेपालभरिका साहसिक खेल प्रेमीहरुको मात्र होइन, विदेशी पर्यटकहरुको बकेट लिष्टमा परेको छ, द क्लिफ। राजुको दृढता, साहस र अपार आत्मविश्वासले त्यो ठाउँलाई परिवर्तन गरिरहेको छ।
स्थानीय आर्थिक विकास र सामाजिक परिवर्तन
क्लिफले नेपालको साहसिक पर्यटनको क्षेत्रमा मात्र होइन, स्थानीय आर्थिक विकासलाई ठूलो टेवा पु¥याएको छ। स्थानीय होटेल व्यवसायी, ट्याक्सी चालक र साना व्यापारीहरु सबैको आम्दानीमा केही बल पुगेको छ।
द क्लिफले प्रत्यक्ष रुपमा एक सय जनालाई रोजगारी दिएको छ। त्यति मात्रै होइन, क्लिफले स्थानीय उत्पादन किनिदिने भएपछि कृषकलाई हौसला बढेको छ। कृषकलाई उत्पादन बिक्री गर्न नयाँ बजार खोज्नुपर्ने झण्झट हराएको छ। बाँझो जमिन हराभरा देखिएको छ।
पहिले हिलाम्मे र भत्किएको सडक स्थानीय निकायको सक्रियतामा कालोपत्र भएको छ। स्थानीय निकायले गरेको यो सहजीकरणको उनले खुलेरै प्रशंसा गर्छन्।
द क्लिफ नहुञ्जेल कुस्मातर्फ बाँदर लड्ने भीर थियो। बागलुङको बलेवातर्फ पातिघारी थियो। मान्छेको आवतजावत कम हुन्थ्यो। तर, अहिले कुस्मातर्फ तीन दर्जनभन्दा बढी नयाँ क्याफे/रेष्टुराँ सञ्चालनमा छन्। करिब चार सयभन्दा बढीले रोजगारी पाएका छन्। बसाइँसराइँ कमी आएको छ। गाउँ छाडेकाहरु थातथलो फर्किएका छन्। आसपासमा व्यवसाय सुरु गरेका छन्। उजाड भूमिमा हरियाली छाएको छ। बाँदर लड्ने भिरमा पर्यटकको चाम बढेको छ।
पहिले हिलाम्मे र भत्किएको सडक स्थानीय निकायको सक्रियतामा कालोपत्र भएको छ। स्थानीय निकायले गरेको यो सहजीकरणको उनले खुलेरै प्रशंसा गर्छन्। साहसिक पर्यटनले यसरी स्थानीय जीवनस्तरमा सकारात्मक प्रभाव पार्दा उनको टोलीले गर्व र सन्तोषको अनुभूति गरिरहेका छन्। उनी मुस्कुराउँदै भन्छन्, ‘हाम्रो कारणले यो परिवर्तन सम्भव भएकोमा छाती चौडा हुन्छ।’
कुस्मा साहसिक पर्यटनको केन्द्रविन्दु बन्नुमा द क्लिफको योगदानले स्थानीय जीवनशैली फेरिएको छ। यो परिवर्तन, आर्थिक समृद्धि र रोजगारी सिर्जनाको एउटा उत्कृष्ट नमुना बनेको छ। ८४ वर्षीय क्यानडियन नागरिक मिसेल जुत्रासले द क्लिफमा बञ्जी जम्प गर्दै सबैभन्दा बढी उमेरको रेकर्ड राखेका छन्। यो साहसिक यात्रामा सशस्त्र प्रहरी बलका प्रशिक्षार्थी अधिकृतहरुले बञ्जी गर्दै द क्लिफमा सहभागिता जनाएका छन्।
-1742992466.jpg)
राजुले द क्लिफमार्फत पर्यटन क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै सरकारले विक्रम सवतं २०७८ को संविधान दिवसको अवसरमा राष्ट्रपतिबाट जनसेवा श्री पदक प्रदान गरेको थियो। सन् २०२१ मा नेपाल जेसिजले उत्कृष्ट युवा पुरस्कारबाट सम्मान गरेको थियो। यसका साथै, ४२ औँ विश्व पर्यटन दिवसको अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले द क्लिफलाई पर्यटन क्षेत्रमा योगदान पुर्याएको भन्दै सम्मान गरेको थियो। द क्लिफलाई आन्तरिक राजश्व कार्यालय बागलुङले उत्कृष्ट करदाताको रूपमा समेत सम्मानित भएको छ।
अन्तर्राष्ट्रिय विस्तार
द क्लिफको उपस्थिति अब भारतमा पनि हुने भएको छ। केरलामा क्रेन बञ्जी, जायन्ट स्वीङ, स्काई साइकलिङलगायतका साहसिक खेलसहितको एड्भेञ्चर पार्कको सेटअपमा क्लिफले संलग्नता जनाएको छ। यो प्रोजेक्टमा बञ्जी मास्टर प्रकाश प्रधानसहितको प्राविधिक टोलीको दक्षता सदुपयोग भएको छ।
द क्लिफले नेपालका साहसिक खेलहरुलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने महत्वपूर्ण भूमिका खेलेको छ। द क्लिफले नेपाललाई साहसिक खेलहरुको अन्तर्राष्ट्रिय मानचित्रमा राख्ने कामसमेत गरेको छ।
फ्रान्स बस्दा देखेको उनको सपनाले मूर्त रूप पाउँदै गएको छ। उनले देखेको सपना अब केवल व्यक्तिगत सपना रहेन। त्यो सिङ्गो नेपालको साहसिक पर्यटनको एउटा प्रतीक बनेको छ। हिजोका दिनमा मुक्तिनाथ, बागलुङ कालिका पुग्ने पर्यटक मुस्किलले कुस्मामा बिसाउँथे। अहिले एडभेञ्चर हबका रूपमा विकास भएको द क्लिफ मै आउन थालेका छन्।