काठमाडौं। सेयर बजारमा ४० अंकको सुधार आएको छ। साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४०.४७ अंकले बढेर २६२३.२१ विन्दुमा रोकिएको हो।
अघिल्लो कारोबार दिन मंगलबार भने नेप्से ५८.०५ अंकले घटेर २५८२.७३ विन्दुमा रोकिएको थियो। यस्तै, सोमबार नेप्से २६ अंकले बढेको थियो भने त्यसअघिका छ कारोबार दिन लगातार घटेको थियो।
बुधबार नेप्सेमा कुल ४ अर्ब २० करोड रुपैयाँ बराबरको कारोबार भएको छ। अघिल्लो कारोबार दिन मंगलबार ५ अर्ब ५ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो भने सोमबार ४ अर्ब ४१ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो।
बुधबार कारोबारमा आएकामध्ये २३१ कम्पनीको सेयर मूल्य बढ्दा १२ कम्पनीको घटेको छ। मंगलबार भने २४० कम्पनीको सेयर मूल्य घट्दा ४ कम्पनीको मात्रै बढेको थियो।
बुधबार बैंकिङ समूहको सेयर मूल्य १.२० प्रतिशतले बढ्दा विकास बैंक समूह १.२७ प्रतिशत, फाइनान्स समूह १.८८ प्रतिशत, होटल तथा पर्यटन समूह १.८१ प्रतिशत, जलविद्युत् समूह १.८१ प्रतिशत र लगानी समूह १.६७ प्रतिशतले उकालो लागेको छ।
यस्तै, जीवन बिमा समूह २.१४ प्रतिशत, उत्पादन समूह ०.९८ प्रतिशत, लघुवित्त समूह १.४३ प्रतिशत र निर्जीवन बिमा समूहको सेयर मूल्य १.७९ प्रतिशतले सुधार भएको छ।
अघिल्लो कारोबार दिन मंगलबार जविद्युत् समूहको सेयर मूल्यमा ३.०८ प्रतिशतको गिरावट आउँदा बैंकिङ समूहको सेयर मूल्य १.४० प्रतिशत, विकास बैंकको ३.२६ प्रतिशत, फाइनान्स समूहको ३.४१ प्रतिशत र होटल तथा पर्यटन समूहको २.८३ प्रतिशतले घटेको थियो।
यस्तै, मंगलबार लगानी समूहको सेयर मूल्य १.९८ प्रतिशत, जीवन बिमा समूहको २.२४ प्रतिशत, उत्पादन समूहको १.४९ प्रतिशत, लघुवित्त समूहको २.३० प्रतिशत र निर्जीवन बिमा समूहको सेयर मूल्य २.३८ प्रतिशतले संकुचित बनेको थियो।