काठमाडौं। पछिल्लो समय युरोपमा विद्युतीय कार कम्पनी टेस्लाको बजार हिस्सा घट्दै गएको छ। तर, अन्य ब्राण्डको बिक्री बढेको छ। समग्रमा विश्वभर विद्युतीय सवारी साधान दर्ता बढ्दै गए पनि पूर्ण विद्युतीय कार निर्माण कम्पनीको हिस्सा भने घट्दै गएको हो।
प्रतिस्पर्धा बढ्दै जाँदा र युरोपेली अर्थतन्त्रमा आएको मन्दीका कारण कुल कार बिक्रीमा बाधा हुँदै गर्दा खर्बपति व्यापारी एलोन मस्कको ब्याट्री–इलेक्ट्रिक भेहिकल (बिईभी)ले यस वर्ष युरोपमा अहिलेसम्मकै कम सवारी साधान बेचेको हो।
युरोपेली संघ, संयुक्त अधिराज्य र युरोपेली स्वतन्त्र व्यापार संघ (ईएफटीए)मा ईभी दर्ता ३ लाख ३० हजार ५८४ एकाई पुगेको छ। जुन गत वर्षको सोही अवधिको तुलनामा ३१.४ प्रतिशतले वृद्धि हो। यसैबीच, युरोपेली अटोमोबाइल उत्पादक संघ (एसीईए)का अनुसार सोही क्षेत्रमा टेस्ला कम्पनीको गाडी दर्ता विगतको तुलनामा ४२.६ प्रतिशतले घटेको छ।
सन् २०२४ को जनवरी र फेब्रुअरीमा टेस्लाको बिक्री ४६ हजार ३४३ युनिट भएको थियो। यस वर्ष घटेर २६ हजार ६१९ युनिट मात्र बिक्री भएको छ। फेब्रुअरीमा टेस्लाले कुल बजारको १.८ प्रतिशत र ब्याट्री इलेक्ट्रिक भेहिकल बजारको १०.३ प्रतिशत ओगटेको थियो। जुन गत वर्षको तुलनामा २.८ प्रतिशत र २१.६ प्रतिशतभन्दा कम हो।
यसले युरोपेली संघ, बेलायत र युरोपेली स्वतन्त्र व्यापार संघ देशहरूमा १७ हजारभन्दा कम कार बेचेको थियो। जुन २०२४ मा सोही महिनामा २८ हजारभन्दा बढी थियो।
यस महिना आफ्नो नयाँ मोडेल वाई मध्यम आकारको यसयुभीको सुरुवातअघि टेस्लाले हाल युरोपमा धेरै चुनौतीहरूको सामना गरिरहेको छ। अन्य ईभी निर्मातासँग सानो, पुरानो लाइनअप छ।
फेब्रुअरीमा युरोपेली संघ (ईयु)मा कुल नयाँ कार दर्ता ३.४ प्रतिशतले घटेको छ। बिईभीको बिक्री २३.७ प्रतिशत र हाइब्रिड कारको बिक्री १९ प्रतिशतले बढेको छ। बिईभीको यो लगातार दोस्रो वृद्धि हो।
युरोपको विद्युतीय अटो बजारका लागि २०२५ साच्चै उज्ज्वल सुरुवात भएको ई-मोबिलिटी युरोपका महासचिव क्रिस हेरोनले बताए। ‘हामी ईयुको निर्धारित सीओटु सीमा पूरा गर्ने निर्माता योजनाको प्रारम्भिक प्रभाव देखिरहेका छौँ,’ उनले भने।
युरोपका शीर्ष बिक्री हुने ब्राण्डमध्ये, फक्सवागन र रेनोको बिक्री फेब्रुअरीमा ईयु, बेलायत र युरोपेली स्वतन्त्र व्यापार संघ देशमा क्रमशः ४ प्रतिशत र १०.८ प्रतिशतले बढेको छ। यता, स्टेलान्टिसको बिक्री १६.२ प्रतिशतले घटेको छ।
चिनियाँ-निर्मित ईभीमा ईयु ट्यारिफको प्रभावको बाबजुद एसएआइसी मोटरको बिक्री २६.१ प्रतिशतले बढेको छ। जीलीको स्वामित्वमा रहेको भोल्भोमा तिनीहरू १५ प्रतिशतले घटेका छन्।