काठमाडौं। माछापुच्छ्रे क्यापिटल लिमिटेडले निष्काशन, बिक्री प्रबन्धक र सेयर रजिष्ट्रेशनको अनुमति पाएको छ।क्यापिटलले नेपाल धितोपत्र बोर्डबाट उक्त अनुमति पाएको हो।
सोही अनुमतिअनुसार क्यापिटलले प्राथमिक सार्वजनिक निष्काशन, हकप्रद सेयर, ऋणपत्र र अन्य धितोपत्रहरुको निष्काशन, बिक्री तथा वितरण प्रक्रिया व्यवस्थापन गर्न सक्ने छ। यस्तै सेयर रजिष्ट्रारको रुपमा सेयरधनीहरुको विवरण व्यवस्थापन, लाभांश वितरण, स्वामित्व हस्तान्तरण लगायतका थप सेवा प्रदान गर्न सकिने क्यापिटलले बताएको छ।
माछापुच्छ्रे क्यापिटल, माछापुच्छ्रे बैंकको सहायक कम्पनी हो। पब्लीक लिमिटेड कम्पनीको रुपमा स्थापित धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) कम्पनी, माछापुच्छ्रे क्यापिटलले धितोपत्र बोर्डमार्फत धितोपत्र प्रत्याभूति, लगानी व्यवस्थापन, संस्थागत परामर्श सेवा, निक्षेप सदस्य तथा सामूहिक लगानी कोषको इजाजत प्राप्त गरी सेवा प्रदान गरिरहेको छ। हालसालै क्यापिटलले सामूहिक लगानी कोषअन्तर्गत आफ्नो पहिलो बन्दमुखी योजना “एमबीएल इक्विटी फण्ड”पनि सार्वजनिक निष्काशन गरी सम्पूर्ण इकाइहरु पूर्ण बिक्री गर्न सफल भएको थियो।
थप इजाजतहरु प्राप्त भएसँगै अब कम्पनीसँग मर्चेन्ट बैंकले उपलब्ध गराउने सम्पूर्ण सेवा सुविधा उपलब्ध रहेको छ। कम्पनीले अझ सशक्तरुपमा सर्वसाधारण, संस्थागत लगानीकर्ता तथा अन्य स्टेकहोल्डरहरुलाई भरपर्दो र पारदर्शी सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।