काठमाडौं। नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले ग्लोबल मनी विक अवसरमा देशव्यापी वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिएको जनाएको छ। बैंकले चैत ४ देखि १० गतेसम्म सातै प्रदेशका विभिन्न शाखा कार्यालयमार्फत वित्तीय साक्षरता सञ्चालन गरेको थियो।
बैंकले बागमतीका १६ शाखा, गण्डकीका १३, लुम्बिनीका १४, कोसीका १२, मधेसका १२, कर्णालीका ६ र सुदूरपश्चिम प्रदेशका १० गरी ८३ शाखा कार्यालयले वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको बैंकले जनाएको छ।
लुम्बिनी प्रादेशिक कार्यालय, हेटौंडा, धनगढी, हरिवन, लालबन्दी र स्याफ्रुबेंसीमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिएको बैंकले बताएको छ।
कार्यक्रममा बैंकले बैंकिङ प्रणली, बचत तथा कर्जाको योजना, बचतको आवश्यकता, खाताका प्रकार, मोबाइल बैंकिङ, डिजिटल बैंकिङ, क्युआर, पिन तथा पार्सवर्ड सुरक्षा, साइबर सुरक्षा, डिजिटल ठगीबाट जोगिने उपाय आदि विषयमा विद्यार्थीलाई वित्तीय साक्षरता दिइएको थियो।
हालै प्रकाशित वित्तीय साक्षारतामा आधारित चित्र पुस्तक डिजिटल बैंकिङको जादू र साइबर सुरक्षाअन्तर्गतका पर्चा सातै प्रदेशबाट विभिन्न विद्यालयका विद्यार्थीलाई वितरण गरिएको बैंकको विज्ञप्तिमा उल्लेख छ।