काठमाडौं। नेपाली बजारमा अत्याधिक रुचाइएको बहुप्रतिक्षित क्रेटा ईभी सार्वजनिक गरिएको छ। लामो समयको प्रतिक्षापछि लक्ष्मी इन्टरकन्टिनेन्टलले सार्वजनिक गरेको क्रेटाको सुरुवाती मूल्य एक्जुकेटिभ ५१ लाख ९६ हजार रहेको छ। स्मार्ट भेरियन्ट ५४ लाख ९६ हजार स्मार्ट ओ ५६ लाख ९६ हजार र प्रिमियम भेरियन्ट ५९ लाख ९६ हजार रुपैयाँ कायम गरेको छ।
पेट्रोलियम भर्सनमा लोकप्रिय बनेको क्रेटा विद्युतीयमा भारतमा सार्वजनिक भएपछि नेपाली ग्राहकहरुले लामो समयदेखि प्रतिक्षा गरिरहेका थिए। नेपाली नयाँ वर्षलाई लक्षित गरी सार्वजनिक गरिएको क्रेटा ईभी अन्य ब्राण्डका ईभीको फिचरभन्दा फरक र एडभान्स भएको दाबी कम्पनीले गरेको छ।
कोरियाली ब्राण्ड हुण्डाईले आफ्नो भारतीय प्लान्टमा उत्पादन गरेको क्रेटा ईभी केही समयअघि भारतको नयाँ दिल्लीमा आयोजना भएको भारत मोबिलिटी ग्लोबल अटो एक्स्पोमा सार्वजनिक गरेको थियो।

क्रेटा ईभीमा भएको डुअल जोन एसी, उच्च ग्राउन्ड क्लियरेन्स, स्पेयर टायर, ओबिसीलयागतका फरक खाले एड्भान्स फिचरले नेपाली सडकका लागि पर्फेक्ट रहेको दाबी कम्पनीको छ।
आकर्षक ग्राउण्ड क्लियरेन्स
हुण्डाई क्रेटा ईभीको सबैभन्दा राम्रो पक्ष भनेको यसको ग्राउण्ड क्लियरेन्स हो। क्रेटा ईभीमा २०० एमएमको ग्राउण्ड क्लियरेन्स छ। यसमा प्लस अर्को भनेको आजकल धेरै जसो म्यानुफ्याक्चरले डिक्लेर गरिरहेका हुन्छन। यसको ब्रेक ओभर याङगल।
कुनै पनि भेहिकल अफ रोडको लागि ब्रेक ओभर याङगल सफिसेन्ली राम्रो भएको हुनुपर्छ किनभने यसको सबैभन्दा महंगो पार्ट भनेको यसको ब्याट्री हो। जुन गाडीको तल हुन्छ। ब्याट्री तल भएको कारणले गाडीको ह्वीलबेस जति लामो भयो, त्यो गाडी ठोक्किने सम्भावना त्यति धेरै हुन्छ।

ब्रेक ओभर याङगल भनेको जहिले पनि १४ डिग्री अथवा १५ डिग्रीभन्दा माथि भएको हुनुपर्छ। गाडी अफरोडिङ अर्बेन्ट (सिटीमा बिग्रीएको बाटो) ठाउँमा सजिलै म्यान ओभर गर्न सक्छ। १५-१६ भन्दा माथिको ब्रेक ओभर याङगल जसको छ त्यो गाडीलाई अफरोडिङ क्यापाबिलिटी भएको गाडी भन्न मिल्छ। हुन्डाई क्रेटामा १७.५ डिग्रीभन्दा माथि छ। सोही कारण दुवै हिसाबले यो गाडी नेपाली सडक सुहाउँदो देखिएको छ।
ओबिसी
हुन्डाई क्रेटा ईभीमा ओबिसी (अनपोर्ट चार्जिङ क्यापाबिलिटी), जुन गाडी आफैंले ११ किलोवाट इनटेक गर्न सक्छ। नेपाल आउने गाडीका लागि यो फिचर एकदमै राम्रो हो। काठमाडौंमा धेरै फास्ट चार्जिङ स्टेसन छैनन्।

सबैले घरमै चार्ज गरिरहेका हुन्छन्। नर्मल धेरैजसो गाडीले सानो चार्जरबाट गरिरहेका हुन्छन्। हुन्डाई क्रेटाले भने ११ किलोवाटको एसी चार्जर प्रयोग गर्ने भएकाले अन्य ईभीको भन्दा यो डबल भयो। हुन्डाई क्रेटा घरमै एसी चार्जरले ४ घन्टामा फुल चार्ज गर्न सकिन्छ।
स्पेयर्स टायर
अर्को कुरा, नेपालको सडक राम्रो नभएका कारण ईभी लिएर बाहिर हिँड्दा गाडी पन्चड हुने समस्या आइरहेको हुन्छ। हुन्डाई क्रेटा ईभीमा फुल साइजको स्पेयर टायर दिइएको छ। यसले गर्दा ग्राहकमा डर कम हुन्छ।
एनएमसी ब्याट्री
ईभी गाडी किन्ने ग्राहकको चिन्ताको विषय भनेको गाडीको रेन्ज हो। क्रेटा ईभीमा ४२ र ५१.४ किलोवाट आवर क्षमताको ब्याट्री समावेश गरिएको छ।
सोहीअनुसार एआरएआइले प्रमाणित गरेको रेन्ज ३९० र ४७३ किलोमिटर छ। सामान्यतया ३०० किलोमिटर रेन्ज मानिसले ध्यानमा राखेर यात्रा गर्दा त्यहाँसम्म जान गाडीले एक पटकको चार्जमा दिन सकोस् भन्ने हुन्छ। क्रेटा ईभीमा प्रयोग गरिएको एनएमसी ब्याट्री हो।

लिथियम आयोनमा इनर्जी डेनसिटी उच्च छ। सबैभन्दा बढी इनर्जी डेनसिटी २५० वाट आवर पर किलोग्राम छ। त्यो इनर्जी डेनसिटीयुक्त एनएमसी ब्याट्री भएकाले हुन्डाई क्रेटा ईभीले लगभग ८.२ पर किलोवाट आवर रेन्ज सजिलै दिन सक्छ। यो एउटा क्रेटा ईभीको राम्रो विशेषता भनेको नेपालको सडकका लागि सुहाउँदो छ।
डुअल जोन एसी
गाडीमा कहिलेकाहीँ फरक-फरक सोचका मानिसले यात्रा गरिरहेका हुन्छन। कसैलाई जाडो र कसैलाई गर्मी मन नपर्ने हुन्छ। त्यसमा पनि ड्राइभर र उछेउ बस्ने मानिसले फरक फरक तापक्रम सेट गर्न मिल्छ।