काठमाडौं। गत वर्षको सिटी एक्सप्रेस मनी ट्रान्सफरले काठमाडौं कमलादीस्थित आफ्नै कार्यलय भवनमा '१८औं वर्षमा १८ गुणा, परिवारमा खुशी लाखौँ गुणा' योजनाको उपहार हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ।
कोरियाबाट निराजन ढकालले जि मनी ट्रान्समार्फत सिटी एक्सप्रेसमा आमा निर्मला तिवारीलाई रेमिटान्स पठाउँदा यो योजनाअनुसार आफूले पठाएको रकमको १८ गुणा गरी ७ लाख ५४ हजारभन्दा बढी जित्न सफल भएका थिए।
सोही रकम उनकी आमा निर्मला तिवारीलाई हस्तान्तरण गरिएको छ। उक्त कार्यक्रममा नेपाली चर्चित हास्य कलाकार साथै सिटी एक्सप्रेस मनी ट्रान्सफरका ब्राण्ड एम्बेसडर जितु नेपालको उपस्थिती रहेको थियो।
सोही योजनाअन्तर्गत लक्की ड्रमार्फत हरेक महिना २ जनालाई सामसुङको स्मार्ट फोन, हरेक हप्ता २ जनालाई सामसुङको स्मार्ट टिभी साथै ९० दिन लगातार हरेक दिन १८ जना विजेतालाई जनही पाँच सयको सिटी पे वालेट टप्अप् र अन्त्यमा एक जना भाग्यशाली बम्पर बिजेताले आफूले पठाएको रकमको १८ गुणा बढी रकम पाउने योजनामा रहेको थियो।

जसअन्तर्गत १६२० जनाले दैनिक उपहार (५०० को वालेट टप्अप), २४ जनाले साप्ताहिक उपहार (सामसुङको स्मार्ट टिभी) र ६ जनाले मासिक उपहार (सामसुङको स्मार्ट फोन) जित्न सफल भइसकेका छन्।
सोही कार्यक्रममा सिटी एक्सप्रेस मनी ट्रान्सफरले २०८२ सालको क्यालेन्डर पनि सार्वजनिक गरेको छ। हरेक वर्ष नयाँ नयाँ विषय वस्तुलाई समावेश गरेर क्यालेन्डर प्रकाशन गर्ने सिटी एक्सप्रेसले यस वर्ष भने आर्थिक समृद्धिको विषय वस्तुमा क्यालेन्डर तयार पारेको छ।
सिटी एक्सप्रेस मनी ट्रान्सफरले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै विगत १८ वर्षदेखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ। हालै सिटी एक्सप्रेस मनी ट्रान्सफरले सिटी पे वालेटमार्फत अनलाइन भुक्तानीको सेवा सुचारु गरेको छ। साथै सिटी पेबाट रेमिटेन्स भुक्तानी पनि गर्न सकिन्छ।