काठमाडौं। नेपाली बजारमा फोर ह्विल ड्राइभ अप्सनको रिडारा आरडी-६ सार्वजनिक भएको छ। नेपालका लागि रिडारा गाडीको आधिकारिक वितरक सिजी मोटर्सले नेपालकै पहिलो प्योर इलेक्ट्रिक पिकअप रिडारा सार्वजनिक गरेको हो। यो नेपाल आएको पहिलो फोर ह्विल ट्रक हो।
कम्पनीले सोमबार हात्तीवन रिसोर्टमा एक कार्यक्रम आयोजना गरी फोर ह्विल ड्राइभ अप्सन रिडारा ट्रक सार्वजनिक गरेको हो। यस अवसरमा बिक्रीसमेत सुरु गरिएको छ। कम्पनीले रिडारा तीन भेरियन्टमा बिक्री सुरु गरेको हो। सनरुफ नभएको रिडारा ७९ लाख ९९ हजार, सनरुफ भएको ८१ लाख ९९ हजार र डुअल टोनको ८२ लाख ९९ हजार मूल्य निर्धारण गरेको छ।
यो पिकअप ईभी सवारी क्षेत्रको दिगो भविष्यतर्फ ऐतिहासिक कदमको रुपमा आएको सिजी मोटर्सको निर्देशक हेमन्त अग्रवालले बताए। ‘यो पिकअप ईभी सवारी क्षेत्रको दिगो भविष्यतर्फको दिशामा ऐतिहासिक कदम हो,’ उनले भने, ‘अत्याधुनिक प्रविधि र उत्कृष्ट कार्यक्षमताका साथ डिजाइन गरिएका रिडाराले पिकअप सेग्मेन्टमा नयाँ स्तर स्थापित गर्ने छ।’

सिजीले नेपाली बजारमा ल्याएको रिडारामा ७३ किलोवाट आवरको ब्याट्री दिइएको छ। यसमा ३१५ किलोवाटको मोटर जडान गरिएको छ। जसले ४२४ किलोमिटर रेन्ज एनईडिसीले प्रमाणित गरेको छ।
नेपालको भूगोल र सडक अवस्थालाई मध्यनजर गर्दै रिडारा मा ७ फरक-फरक ड्राइभिङ मोड दिइएको छ। जसले सबै प्रकारका सडकमा सहज र सुरक्षित सवारी सुनिश्चित गर्छ।
रिडाराको क्याबिनमा १४.६ इन्चको टच स्क्रिन इन्फोटेन्मेन्ट डिस्प्ले, १०.२५ इन्चको इन्स्ट्रमेन्ट स्क्रिन, भ्वाइस कमाण्ड, ८ वटा स्पिकर, ५० वाटको वायरलेस स्मार्टफोन चार्जिङ प्याड, ड्युलजोन एयर कण्डिसन, रियर प्यासेन्जर एसी भेन्ट, प्यानारोमिक सनरुफ, सिक्सवे पावर एड्जस्टेबल फ्रन्टसिट, इलेक्ट्रिक मल्टिफङ्सनल स्टेरिङ ह्विल छ।
यो पिकअपमा आउटडोर क्याम्पिङको लागि ६ किलोवाटको पावर आउटपुट अप्सन (भीटूएल)समेत रहेको छ। साथै, ५४० डिग्री सराउण्ड भ्यु क्यामेरा प्रणालीसमेत समावेश गरिएको छ। जसले पूर्ण दृश्य प्रदान गरेर सवारी सुरक्षालाई थप मजबुत बनाउँछ।
सुरक्षाका लागि ६ वटा एयरब्याग, सबै पाङ्ग्राम डिसब्रेक, १४ फिचर भएको एडास सिस्टम, इलेक्ट्रिक स्टेबिलिटी कन्ट्रोल, ट्रयाक्सन कन्ट्रोल सिस्टम, हिल स्टार्ट असिस्ट, हिल डिसेन्ट कन्ट्रोल लगायत फिचर रहेको छ।
अफरोड क्यापेबल रेडारा फोरह्वील ड्राइभमा १८ इन्चको ह्विल तथा २२५ एमएमको ग्राउण्ड क्लियरेन्स रहेको छ। यो पिकअपमा स्याण्ड, मड, अफरोड, वेडिङ, इकोनमी, कम्फर्ट र स्पोट्स गरी ७ प्रकारको ड्राइभिङ मोड रहेको छ। यसको वाटर वेडिङ क्यापासिटी ८१५ एमएमको रहेको छ।
रेडारा ईभीको कार्गो बेडमा १२०० लिटरको कार्गोस्पेश रहेको छ। यसको कार्गो क्षमता १०३० केजीको हो। यसका अलावा अगाडि फ्रङ्कमा ७० लिटर तथा रियर प्यासेन्जर सिटमुनि ४८ लिटरको स्टोरेज स्पेशसमेत रहेको छ। रेडारा इलेक्ट्रिक पिकअपको ३ हजार किलोसम्मको टोइङ क्यापासिटी रहेको छ।