काठमाडौं। लगातार ६ दिनको गिरावटपछि सेयर बजारमा दोहोरो अंकको सुधार आएको छ। साताको कारोबारको दोस्रो दिन सोमबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३०.५२ अंकले बढेर २६४५.२० विन्दुमा रोकिएको छ।
यसअघिका ६ कारोबार दिनमा भने नेप्से लगातार घटेको थियो। अघिल्लो कारोबार दिन आइतबार नेप्से ५४.६२ अंकले घटेर २६१४.६८ विन्दुमा रोकिएको थियो।
आज नेप्से सुरुवाती समयमा घटेर २५९२.३२ विन्दुसम्म खुम्चिएको थियो भने त्यसपछि लगातार बढ्दै अन्तिममा २६४५.९९ विन्दुमा कामय भएको छ।
गत साताको पाँच कारोबार दिनमा पाँचै दिन घटेको नेप्से ६७ अंकले संकुचित भएको थियो। अघिल्लो साता पनि नेप्से ८२ अंकले घटेको थियो।
आज सूचक बढेपनि कारोबार रकम भने घटेको छ। सोमबार नेप्सेमा कुल ४ अर्ब ४८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। आइतबार भने नेप्सेमा कुल ६ अर्ब २६ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो।
सोमबार कारोबारमा आएकामध्ये २१० कम्पनीको सेयर मूल्य बढ्दा ३३ कम्पनीको घटेको छ।
आज गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको सेयर मूल्य सर्वाधिक अर्थात् ९.२९ प्रतिशतले बढ्दा अपर हेवाखोला हाइड्रोपावरको सेयर मूल्य ४.२९ प्रतिशतले घटेको छ।
सोमबार बैंकिङ समूहको सेयर मूल्य ०.९२ प्रतिशतले बढ्दा विकास बैंक समूहमा ०.७८ प्रतिशत, फाइनान्स समूहमा ३.७५ प्रतिशत, होटल तथा पर्यटन समूहमा १.१६ प्रतिशत, जलविद्युत् समूहमा १.०० प्रतिशत र लगानी समूहको सेयर मूल्यमा ०.९५ प्रतिशतको सुधार आएको छ।
यस्तै, जीवन बिमा समूहको सेयर मूल्य १.६४ प्रतिशत, उत्पादन समूहको ०.८० प्रतिशत, लघुवित्त समूहको ०.९० प्रतिशत, निर्जीवन बिमा समूहको ०.६१ प्रतिशत र व्यापार समूहको सेयर मूल्य १.५५ प्रतिशतले बढेको छ।
अघिल्लो दिन आइतबार भने बैंकिङ समूहको सेयर मूल्य १.४७ प्रतिशत, विकास बैंकको २.४२ प्रतिशत, फाइनान्स समूहको २.९९ प्रतिशत, होटल तथा पर्यटन समूहको २.२३ प्रतिशत, जलविद्युत् समूहको २.३३ प्रतिशत र लगानी समूहको सेयर मूल्य २.०५ प्रतिशतले घटेको थियो।
यस्तै, हिजो जीवन बिमा समूहको सेयर मूल्य १.८५ प्रतिशत, उत्पादन समूहको सेयर मूल्य १.४६ प्रतिशत, लघुवित्त समूहको २.३६ प्रतिशत र निर्जीवन बिमा समूहको सेयर मूल्य २.०७ प्रतिशतले घटेको थियो।