काठमाडौं। नेपाल एसबिआई बैंक लिमिटेडले बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ग्लोबल मनी विक २०२५ को अवसरमा चैत्र ४ देखि १० गतेसम्म वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरेको छ।
बैंकले सातै प्रदेशमा आयोजना गरिएको उक्त कार्यक्रमले स्कुल तथा कलेजका विद्यार्थीहरूलाई बचतको महत्व, ऋण तथा लगानी, डिजिटल बैंकिङ, डिजिटल ठगीसम्बन्धी सचेतना र अन्य आधारभूत बैंकिङ तथा वित्तीय अवधारणालगायत विभिन्न विषयहरूमा जानकारी गराएको थियो।
उक्त कार्यक्रमहरू कोशी प्रदेशको धर्मदेवी, बेल्टार, धरान, लिमचुङबुङ, बर्गाछी (विराटनगर) र दमक, मधेस प्रदेशको राजगढ, लहान, चन्द्रनिगाहापुर, जनकपुर, हरिवन र सिमरा, बागमति प्रदेशको दरबारमार्ग, न्यूरोड रत्ननगर, हाकिमचोक, बट्टार, धादिङलगायत विभिन्न स्थानमा सञ्चालित कार्यक्रममा पन्ध्र सयभन्दा बढी बालबालिका तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो।
नेपाल एसबिआई बैंकले विगत ३१ वर्षदेखि बैकिङ सेवा प्रदान गर्दै आइरहेको छ। हाल बैंकका एक सय शाखा, २२ एक्स्टेन्सन काउन्टर, २१ शाखारहीत बैंकिङ, ७ प्रादेशिक कार्यालय, १२५ एटिएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन्।