काठमाडौं। टिकटकले एनसेल नेपाल सुपर लिग (एनएसएल)सँग आगामी तेस्रो सिजनका लागि अफिसियल इन्टरटेनमेन्ट पार्टनरको रूपमा साझेदारी गरेको छ। यो सहकार्यसँगै टिकटकमा विशेष कन्टेन्ट, खेलाडीको संलग्नता र प्रतियोगिताका हाइलाइटमार्फत फ्यानलाई कार्यक्रमको अझै नजिक ल्याइने छ।
मार्च २९ देखि काठमाडौंमा आयोजना हुने एनसेल एनएसएल ३ को समयमा फुटबल प्रशंसकले अहिले विश्वभर एक अर्बभन्दा बढी सक्रिय प्रयोगकर्ता रहेको टिकटक प्लेटफर्ममा संलग्न हुने र कन्टेन्ट बनाउने अवसर पाउने छन्। प्रतिष्ठित दशरथ रंगशालामा आयोजना हुने एक महिना लामो फुटबल महोत्सव अप्रिल २६, २०२५ मा हुने फाइनलसँगै समाप्त हुनेछ।
टिकटक पछिल्ला केही वर्षमा नेपालमा खेलकुद र मनोरञ्जन कन्टेन्टको एक महत्त्वपूर्ण स्रोत एवम् जोशिला प्रशंसक र क्रियटरका लागि जमघट स्थलको रूपमा विकसित भएको छ। प्रत्येक दिन हजारौँ भिडियो साझेदारी गरिने प्लेटफर्मले मानिसलाई आफ्ना मनपर्नेटिम, खेलाडी र म्याच डे इभेन्टहरू छलफल गर्ने ठाउँ दिन्छ।
यो साझेदारीमार्फत देशभरका एनसेल एनएसएल फ्यानले खेलका हाइलाइट, खेलाडीसँगको पर्दा पछाडिका अन्तरक्रिया र भाइरल गेम डे ट्रेण्डबारे अपडेट रहन सक्छन्। जसले लिगलाई अझ अन्तरक्रियात्मक र आकर्षक बनाउँछ।
नेपालका फुटबल फ्यानले ह्यास एनएसएल र ह्यास नेपाल सुपर लिग ह्यासट्याग प्रयोग गरेर टिकटकमा यस प्रतियोगिताका अविस्मरणीय क्षणहरूसँगै सेलिब्रेट गर्न सक्ने छन्। साथै, ह्यास सेलिब्रेट फुटबल ह्यास ट्यागले टिकटकमा युनिक कन्टेन्टहरूप्रस्तुत गर्नेछजसले युजर डिस्कभरी र एनएसएल कन्टेन्टसँग संलग्नता बढाउँछ। यसबाहेक, ह्यास सेलिब्रेट फुटबलले फ्यानहरूलाई नेपाली फुटबलमा यस अघि कहिल्यै नभएको एक्सक्लुसिभ बिहाइन्ड द सिन एक्सेसपनि प्रदान गर्ने छ।
फ्यानलाई एकताबद्ध गर्ने, नेपालको सबैभन्दा ठूलो फुटबल लिगको उत्साह बढाउने र फ्यान अनुभवलाई समृद्ध बनाई फुटबललाई प्लेटफर्मका डिजिटल दर्शकको नजिक विश्वव्यापी रूपमा लैजाने टिकटकको प्रतिबद्धता अनुसार यो सहकार्य गरिएको हो।
टिकटकको दक्षिण एसियाकी कन्टेन्ट अपरेसन प्रमुख पूजा दत्ताले भनिन्, 'हामी नेपालको सबैभन्दा ठूलो खेलकुद कार्यक्रमहरूमध्ये एकएनसेल एनएसएल ३ को अफिसियल इन्टरटेनमेन्ट पार्टनर बन्न पाउँदा उत्साहित छौँ। यस साझेदारीसँगै हामीले टिकटकमा यस सिजनभरि नै लिगका फ्यान माझ यस भव्य प्रतियोगिताको भावना र जोश ल्याउने लक्ष्य राखेका छौँ।'
एनएसएलका प्रबन्ध निर्देशक श्रेयान्स कार्कीले थपे, 'एनएसएलसधैंभरि फुटबलमा फ्यानहरूको अनुभवलाई पुनस् परिभाषित गर्ने प्रयास गर्दछ। यो सहकार्यले उनीहरूलाई लिग र आफ्ना मनपर्ने खेलाडीहरूसँग पहिलो पटक नजिक ल्याउने छ। फुटबल केवल खेल मात्र होइन,यो जोश, समाज र साझा अनुभवहरूको बारेमा पनि हो। यहाँ हामी एनएसएल प्रेमीहरूलाई नजिक ल्याउन र टिकटक मार्फत फुटबलप्रतिको उनीहरूको प्रेम सेलिब्रेट गर्न सक्छौँ।'