काठमाडौं। एएसी ब्रिक उत्पादक संघ (एबीएमए)द्वारा 'पहिलो एएसी सम्मेलन नेपाल: दिगो भविष्य निर्माण' कार्यक्रम संघका अध्यक्ष निकोलस पाण्डेको अध्यक्षतामा आयोजना सम्पन्न भएको छ। काठमाडौंको लाजिम्पाटमा रहेको होटल दुषित प्रिन्सेसमा देशभरका वरिष्ठ इञ्जिनियर, निर्माण व्यवसायीलाई एएसी ब्लकबारे जानकारी गराइएको छ।
भारतीय एएसी विज्ञ तथा कंक्रिट टेक्नोलोजिष्ट मुकुन्द जोशी मुख्य वक्ताको रुपमा रुपमा रहेको र उनले एएसीको विश्व बजारमा यसको प्रयोगबारे जानकारी गराउनुका साथै नेपाल जस्तो भुकम्पिय जोखिम रहेको स्थानमा एएसी ब्लक एक विश्वसनिय निर्माण सामग्रीको रुपमा परम्परागत इट्टा तथा ब्लकको उत्तम विकल्प भएको बताए।
उनले तीन वर्षअगाडि टर्कीमा गएको विनाशकारी भूकम्प र यसबाट हुन गएको क्षति र तत्पश्चात टर्की सरकारले अवलम्वन गरेको निर्माण व्यवस्थालाई भूकम्पीय जोखिममा रहेको नेपालको हकमा पनि लागू गर्न सकिने जानकारी गराए।
-1742724206.jpg)
कार्यक्रममा भएको अन्र्तक्रियामा नेपाल सरकार, शहरी विकास मन्त्रालयका सचिव ई. गोपाल प्रसाद सिग्देलले सरकारको तर्फबाट एएसी ब्लकलाई प्रयोग गर्न आवश्यक नर्मस् तयार भई अनुमोदन समेत भइसकेको बताउँदै नेपाल गुणस्तर प्रमाणीकरणको मानक तयार भएको हुँदा सम्पूर्ण उद्योगहरुलाई उक्त गुणस्तर मानकअनुसार ब्लक उत्पादन गरी बिक्री वितरण गर्न अनुरोध गरे।
कार्यक्रममा शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मचाकाजी महर्जनले नेपाल सरकारबाट पारित भएको एएसी ब्लकको नर्मस्को विधिवत अनावरण गरे।
-1742724207.jpg)
कार्यक्रमलाई सम्वोधन गर्दै संघका अध्यक्ष निकोलस पाण्डेले यस कार्यक्रमबाट आफूहरु थप उत्साहित भएको र भविष्यमा सबै क्षेत्रबाट सहयोगको अपेक्षा रहेको बताए। हाल स्वदेशमा एएसी ब्लक उत्पादन गर्ने उद्योग ९ वटा संचालनमा रहेको छ।
यी उद्योगहरुमा करिब पाँच अर्बको लगानी रहेको छ। साथै, प्रत्यक्ष र अप्रत्यक्ष रुपमा करिव पाँच हजार जनाले रोजगारी पाएका छन्।