काठमाडौं। केरला राज्यको तलिप्पारम्बा, कन्नूरकी ५९ वर्षीया वसन्ती चेरुवीट्टिलले एक अनौठो चुनौती पूरा गरेकी छन्। उनी एक्लै एभरेष्ट आधार शिविरको यात्रामा पुगेकी हुन्।
कुनै औपचारिक ट्रेकिङ अनुभव नभएकी वसन्तीले ट्रेकिङ प्रविधि, फिटनेस अभ्यास र संचारका लागि आधारभूत हिन्दीसमेत युट्युबबाट सिकेकी थिइन्।
फेब्रुअरी १५ मा नेपालको सुर्केबाट यात्रा सुरु गरेकी उनले फेब्रुअरी २३ मा ५ हजार ३६४ मिटर उचाइमा रहेको दक्षिण आधार शिविर पुगेर आफ्नो ट्रेक पूरा गरिन्। त्यहाँ उनले ट्रेकिङ सुटमाथि परम्परागत कासाभु सारी ओढेर भारतीय झण्डा फहराइन्।

गोरक शेपबाट लुक्ला फर्किने क्रममा उनले हेलिकोप्टर चढ्ने अर्को सपना पनि पूरा गरिन्। आपतकालीन खर्चका लागि उनले बचत गरेकी थिइन् भने आवश्यक परे छोराहरूले उनको सुन धितो राख्न सक्ने सल्लाह दिएकी थिइन्।
उनको यो यात्रा पूरा गर्न करिब एक लाख ७५ हजार लाख भारु खर्च भयो। अब उनले चीनको महान पर्खाल हेर्ने अर्को सपना देखेकी छन्। “यात्राले मनलाई ताजा बनाउँछ,” उनले भनिन्।
बेंगलुरुबाट काठमाडौं आउँदा उनको यात्रा सहज थिएन। लुक्लाका लागि उडान रद्द भएपछि उनलाई सुर्खेत पुग्नु परेको थियो। त्यहाँ भेटिएका जर्मन दम्पतीको सहयोगमा उनले एक जना भरिया व्यवस्था गरिन्। कुनै गाइडबिना, त्यही भरिया नै उनको ट्रेकिङ साथी बने।

यो यात्रा निकै कठिन थियो। उकालो चढाइ र साँघुरा बाटामा उनी दैनिक ६–७ घण्टा हिँड्थिन्। श्वासप्रश्वासलाई मिलाउन उनले बेलाबेला विश्राम लिँदै, लठ्ठीको सहायताले बिस्तारै हिँड्थिन्। प्रत्येक पाइला अघि बढेपछि पाँच पटक सास फेरेर मात्र अघि बढ्थिन्।